निर्वाचनको मर्यादा

dinanath_sharmaदीनानाथ शर्मा


मंसिर १० र २१ गते हुने प्रतिनिधिसभाका १६५ स्थान र प्रदेशसभाका ३३० स्थानका लागि शान्तिपूर्ण र उल्लासमय वातावरणमा उम्मेदवारी दिने काम सम्पन्न भएको छ ।  समानुपातिक उम्मेदवारका लागि दलहरूले पेश गरेको बन्दसूची निर्वाचन आयोगले विधिवत सार्वजनिक गरिसकेको छ ।  निर्वाचन आयोगले आफ्नो तयारी पूरा गर्दैछ ।  निर्वाचनलाई शान्तिपूर्ण बनाउन सुरक्षाको व्यवस्था भैसकेको छ ।  उम्मेदवार भोट माग्न जनताको घरघरमा पुगिसेकका छन् ।  जनता मतदानको दिनको व्यग्र प्रतीक्षामा छन् ।  जनताले शान्त, समृद्ध, सामाजिक न्यायसहितको समतामूलक समाजको सपना देखेका छन् ।  राजनीतिक स्थायित्व, स्थिरता सुशासन र सार्वभौम देशका स्वाभिमानी नागरिक भएर बाँच्ने सुन्दर सपनासहित आफ्ना प्रतिनिधि छान्न आतुर छन् ।  
नयाँ इतिहास कोरिँदै छ
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविाधानको कार्यान्वयनका लागि निर्वाचन एक ऐतिहासिक कोसेढुङ्गा हो ।  केन्द्रिकृत एकात्मक शासनप्रणालीको अन्त भएको छ ।  सिंहदरवारको सम्पूर्ण आर्थिक राजनीतिक अधिकार जनताको घरदैलोमा पु¥याउन स्थानीयतहको निर्वाचन सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिलाई जिम्मेवारी सुम्पिएको छ ।  केन्द्रिकृत प्रशासनिक निकायहरू जनताको सेवाका लागि गाउँपालिका, नगरपालिका र वडाहरूमा धमाधम स्थापना हुँदैछन् ।  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि राजनीनिक संक्रमणको अन्त हुनेछ ।  पुरानो युगको अन्तिम दाहसंस्कार हँुदैछ, नयाँ इतिहास कोरिँदैछ ।  अग्रगामी परिवर्तनका बाहक नेपालका राजनीतिक पार्टी र तिनीहरूसित आबद्ध नेपाली जनताका होनहार सपुत र सम्पूर्ण जनताको क्रान्तिकारी बलिदानबाट नेपाल विश्वसमुदायबीच उदाहरणीय बन्नेसम्भव भएको कुरा बिर्सन सकिँदैन ।  आसन्न निर्वाचन शान्तिपूर्ण, स्वच्छ र मर्यादित रूपले सम्पन्न गरेर नयाँ परम्पराको थालनी गर्न हामी सबै इमान्दार बन्नु आजको आवश्यकता हो ।  निर्वाचन विगतकालमा पनि भएका थिए ।  यो निर्वाचन विगतका निर्वाचनभन्दा तात्विक रूपले नै नयाँ र मौलिक छ ।  यो निर्वाचनले नयाँ युगको निर्माण गर्दैछ ।  नयाँ नेपालको नयाँ इतिहास कोरिँदै छ ।  राजा महाराजाको इतिहास होइन स्वयं नेपाली जनताको इतिहास प्रस्तरका अक्षरले कोरिँदै छ ।  त्यसैले यो निर्वाचनको मौलिकता अहम् महìवको छ ।  नेपाली जनताले एक गर्विलो इतिहासको रचना गरेका छन् ।  नयाँ र मौलिक शासनसत्ता स्थापना गर्न सफल भएका छन् ।  रगत र पसिनाले आर्जन गरेको गणतन्त्रात्मक सङ्घीय लोकतन्त्रलाई संस्थागत गर्दैछन् आफ्नै हातले आफ्ना असल प्रतिनिधिलाई मतदान गरेर ।  
देश आर्थिक समृद्धिको दिशामा अगाडि बढ्दैछ
सामन्ती अधिनायकवादी अर्थराजनीतिको अन्त भएको छ ।  सामाजिक न्याय सहितको समाजवाद उन्मुख आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास संवैधानिक व्यवस्था हो ।  राजनीतिक स्थायित्वले मात्रै त्यो लक्षमा पुग्न सम्भव छ ।  लामो र चिच्चाहटलाग्दो राजनीतिक संक्रमणबाट राष्ट्रमाथि उठिसकेको छ ।  अबको युद्ध गरिबी र पछौटेपनका विरुद्ध लक्षित हुनेछ ।  विभेद र असमनताकोअन्त गरेर सुन्दर र समृद्ध राष्ट्र निर्माणमा सम्पूर्ण राष्ट्र एक ढिक्का भएर लाग्ने संकल्प युगको माग हो ।  सबै राजनीतिक दलहरूले आफ्नो निर्वाचन घोषणापत्रमा आर्थिक समृद्धि र विकाससाई प्राथमिकतामा राखेका छन् ।  दुई ठूला छिमेकीहरूको तीव्र आर्थिक समृद्धि र विकास हाम्रो लागि महìवपूर्ण अवसरको रूपमा विद्यमान छ ।  विकास, समृद्धि र सुशासन जनताको चाहना हो ।  जनताले यो निर्वाचनमा परिवर्तनको बाधक अग्रगामी व्यक्तिहरूलाई मतदान गरेर राष्ट्रको मुहार फेर्न सघाउने छन् भन्ने विश्वास छ ।  
लोकतन्त्रको रक्षा
लोकतन्त्र गीत र भजन होइन ।  लोकतन्त्रको भजन गाएर लोकतन्त्रको पिठ्यँुमा छुरा रोप्नेहरू लोकतन्त्रवादी हुन सक्दैनन् ।  सच्चा लोकतन्त्रवादीले मात्रै लोकतन्त्रको रक्षा गर्न सक्छ ।  लोकतन्त्रको रामनामी ओडेर प्रतिगमनको सेवा गर्ने र स्वार्थ साध्य  गर्ने संस्कार संस्कृति हामी माथि उठ्नै पर्छ ।  लोकतन्त्र राजनीतिक प्रणाली हो ।  सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति र संस्थागत विकासका लागि बलिदानी सङ्घर्ष गर्नेलाई अलोकतान्त्रिक भन्न मिल्दैन ।  अधिनायकवाद र सर्वसत्तावादले लोकतान्त्रिक मूल्य, मान्यता, संस्कार र संस्कृतिलाई आत्मसात् गर्न सक्दैन् ।  भिन्न मतलाई सम्मान गर्न सक्नु नै एक्काइसौँ शताब्दीको समावेशी लोकतन्त्रको सुन्दरता हो ।  नेपाली काङ्गे्रसले आफूलाई मात्रै लोकतन्त्रको मसिहा ठान्दै अरुलाई अलोकतान्त्रिक भन्ने गर्छ ।  यो उसको आत्मश्लाघा मात्रै हो ।   ०७ को परिवर्तनलाई रक्षा गर्न सकेन ।  ०४६ को परिवर्तनको रक्षा गर्न सकेन ।  सामन्ती अधिनायकवादी अवशेष बोकेर लोकतन्त्रको रक्षा सम्भव थिएन र भएन भन्ने कुराको आत्मसमीक्षा अनिवार्य छ ।   नेपालको वामपन्थी शक्ति नै राष्ट्रियता तथा सङ्घीय लोकतान्त्रिक प्रणालीको बाहक र रक्षक दुवै हो ।  यो शक्तिले नै सबभन्दा बढी राष्ट्रका लागि बलिदान गरेको छ र राजनीतिक स्थिरता स्थायित्व र विकासका लागि बढी जिम्मेवारी छ भन्ने कुरा प्रस्ट छ ।  निर्वाचनलाई मर्यादित बनाउँ
राष्ट्र निर्वाचनको सङ्घारमा छ ।   निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउनु हामी सबैको कर्तव्य हो ।  दलहरूले प्रस्तुत गरेका कतिपय उम्मेदवारको बारेमा जनस्तरबाट विभिन्न टीकाटिप्पणी भएको छ ।  जहाँनियाँ अवशेषको कतै पुनरावृत्ति त हुँदै छैन पनि भन्छन् कतिले ।  पैसावालले मात्रैले प्रथमिकता पाउने हो भने राजनीति जनताको हातमा कहिले पुग्ने छैन ।  जनताले टिप्पणी गर्ने ठाउँ रह्यो भने दलहरूप्रतिको जनविश्वास कमजोर हुनेछ ।  यसले दल मात्रै होइन दलीय प्रणालीप्रति नै अविश्वास हुनेछ ।  
प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीमा दलको अस्तित्व स्वीकार गर्नुपर्छ ।  परिवर्तित परिस्थितिमा उन्नत लोकतान्त्रिक संस्कार र संस्कृतिको विकास अनिवार्य छ ।  निर्वाचनको मर्यादा कायम हुन सकेन भने परिवर्तन संस्थागत हुन असहज हुनेछ ।   सत्ता शक्ति र पैसाको बलमा जनमतलाई प्रभावित गर्ने जस्ता नितान्त अराजनीतिक अमर्यादित गतिविधि कतैबाट हुनु हुँदैन ।  मोटो रकम खर्च गर्न सक्ने दलाल, तस्कर, भ्रष्ट, ठेकेदारहरू सत्तामा पुग्ने स्थिति बन्यो भने सुन्दर नेपालको सभ्यसमाज देख्ने नयाँ पुस्ताको सपनामा तुषारापात हुनेछ ।  निर्वाचनमा धाँधली पञ्चायतकालदेखि नै घृणित विकृतिको रूपमा सर्दै आएको हो ।  पुरानो रोगको समूल नष्ट गरेर जनतालाई स्वतन्त्र र मौलिक रूपले फैसला गर्न दिनु सबै दल, प्रशासनयन्त्र, सुरक्षा निकाय र निर्वाचन आयोगको दायित्व हो ।  संस्कार बदल्न आफू पनि बदलिनुपर्छ ।   संस्कार छोड्न निकै कठिन हुन्छ ।  सत्ता, शक्ति र धाँधलीमा अभ्यस्त राजनीतिले लोकतन्त्रको रक्षा हुन सक्दैन् ।  जनताको मतलाई सम्मान गर्नुपर्छ पराजयबाट भयाक्रान्त र विजयको मृगमरिची दुवै अतिबाट बचौँ ।   निर्वाचनलाई मर्यादित बनाउन सबै जिम्मेवार बनौँ ।  
मतको रक्षाका लागि निर्वाचन शिक्षा अनिवार्य छ ।  निर्वाचन आयोगको पहल र प्रयत्न मात्रै प्रयाप्त छैन ।  सबै राजनीतिक दल तिनका भ्रातृसंगठन र स्वयं निर्वाचन प्रचार अभियानमा संलग्न अभियन्ताहरू राजनीतिक प्रचार, आत्म प्रसंशा, र अरुको आलोचनामा मात्रै समय खर्चिने गरेको पाइन्छ ।  आ–आफ्ना प्रचार अभियानमा मतदातालाई मतदान गर्ने तरिका सिकाउनु उत्तिकै महìवपूर्ण छ ।  प्राविधिक र व्यावहारिक ज्ञानको कमीले हजारौँ हजार मतपत्र बदर हुने गरेका छन् ।  बदर मतले परिणाममा ठूलो असर र अन्तर आउन सक्छ ।  
आचारसंहिता पालना
निर्वाचनलाई स्वच्छ र मर्यादित गराउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता सार्वजनिक गरेको छ ।  आचारसंहिता पालना गराउनु सरकारको दायित्व हो ।  स्वयं सरकार र सत्तारुढदलबाट आचारसंहिता उल्लङ्घन हुनु विडम्बनाको हो ।  मन्त्रीको नियुक्ति, कर्मचारीको सरुवा, सुरक्षा निकायका ३०० भन्दा बढी अधिकृतको सरुवा आचारसंहिताको गम्भीर उल्लङ्घन हो ।  विधिको शासनलाई आत्मसात् गर्न नसक्ने दलले लोकतन्त्रको दुहाई दिनु हास्यास्पद छ ।  निर्वाचन कार्यतालिका घोषणा भैसकेपछि राज्यशक्तिको प्रयोग गर्दै कार्यकर्ताको भरणपोषण र आर्थिक अवचलनले आसन्न निर्वाचन प्रभावित हुँदैछ ।  यो निर्वाचनको चरित्र हिजो हिजोका निर्वाचन भन्दा मौलिक रूपले भिन्न छ ।  लोकतन्त्रको संस्थागत विकासका लागि यो निर्वाचन प्रस्थान विन्दु हो ।  आचारसंहिताको अपमान गर्नु ठूलो अपराध हो ।  निर्वाचन आयोगले कानुनको बर्खिलाप गर्नेलाई कानुनको दायरामा ल्याउने हिम्मत गर्नुपर्छ ।  सबै राजनीतिक दल र तिनका उमेदवारहरू जिम्मेवार बन्दै आचारसंहिता पालन गरेर उदाहरण पेश गर्न सक्नुपर्छ ।  
निर्वाचनको मिति नजिकिँदै छ ।  प्रचार अभियान तीव्र हुँदैछ ।  नयाँ संविधान कार्यान्वयन हुँदैछ ।  परिवर्तन विरोधी शक्ति विक्षिप्त र उदासिन बन्दैछ ।  सधैँ अस्थिरता चाहने र त्यसमै आफ्नो सुरक्षानुभूति गर्ने शक्तिमा घबराहट पैदा भएको छ ।  वाम तालमेलको हौवा देखाएर चुनाव रोक्ने भयाक्रान्त ग्रन्थीहरू निस्तेज भएका छन् ।  आम जनता निर्वाचनमार्फत संविधान कार्यान्वयन गर्न आतुर छन् ।  जनेच्छाका अगाडि सबै नतमस्तक छन् ।  इतिहास अविराम अगाडि बढेको छ, बढ्दै जानेछ ।  निहित स्वार्थ र यथास्थितिलाई समयले पछि छाड्नेछ ।  निर्वाचनलाई महान् पर्वको रूपमा सम्पन्न गरौँ ।  नयाँ अध्यायको थालनी गरौँ ।  

प्रकाशित मिति : २०७४/७/१९

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना