क्यान्सर रोक्ने २७ जिन

cancer_1मानिसमा हुने १२ प्रकारका क्यान्सरमा उत्तरदायी दुई हजारभन्दा बढी ट्युमरको विश्लेषणबाट वैज्ञानिकले क्यान्सर रोक्न सक्ने २७ नयाँ जिन पहिचान गरेका छन् ।  अनुसन्धान टोलीका अनुसार यी जिन खोजिएपछि क्यान्सरको उपचार व्यक्ति विशेष अनुसार गर्न बाटो खुल्नेछ ।  बेलायतको फ्रान्सिस क्रिक इन्स्टिच्युटमा कार्यरत योनास डिम्युलेमिस्टरको टोलीले गरेको यस अनुसन्धानको जानकारी नेचर कम्युनिकेसन्स जर्नलमा दिइएको छ ।  कोषमा असामान्य वृद्धि र विभाजन हुन थाल्यो र त्यसबाट ट्युमर विकास भएर क्यान्सर उत्पन्न हुन्छ ।  
मानिसका कोषमा सामान्यतया ट्युमर बन्न नदिने जिनका दुई प्रतिलिपि हुन्छन् ।  कोषको विभाजन र वृद्धि सुस्त राखेर यी जिनले ट्युमर बन्न दिँदैनन् ।  जब यी जिन कोषमा आउने उत्परिवर्तनले समाप्त हुन्छन् क्यान्सर विकास हुने वातावरण तयार हुन्छ ।  ट्युमर सिर्जना हुन कोषमा रहने जिनका दुवै प्रतिलिपि या त समाप्त हुनुपर्छ या असामान्य अवस्थामा पुग्नुपर्छ ।  जिनको एउटा मात्र प्रतिलिपि सक्रिय रहँदा पनि त्यसले कोषको विभाजन र वृद्धि नियन्त्रण गर्ने प्रोटिन बनाउँछ तर ती जिनमा उत्पन्न हुने विकारको प्रक्रिया बुभ्mनु अत्यन्त चुनौतीपूर्ण थियो ।  एउटा समस्या के थियो भने ट्युमरमा प्रायः विभिन्न स्तरमा स्वस्थ र क्यान्सर युक्त कोष रहेका हुन्छन् ।  जसले गर्दा क्यान्सर युक्त कोषमा ट्युमर बन्न नदिने एउटा वा दुवै जिन गायब छन् कि छैनन् भन्ने थाहा पाउन कठिन थियो ।  
अनुसन्धान टोलीले स्तन, फोक्सो, कोलोरेक्टल, डिम्बाशय, दिमागको क्यान्सर लगायत १२ प्रकारमा क्यान्सरमा जिम्मेवार २२ सय १८ ट्युमरमा नयाँ ढङ्गले अनुसन्धान गरेर ट्युमर निस्तेज पार्ने जिनको खोजी सुरु ग¥यो ।  जसबाट अनुसन्धान टोलीले ट्युमरमा कुल ९६ वटा जिन समाप्त भएको फेला पा¥यो ।  जसमा ४३ वटा ट्युमर निस्तेज पार्ने जिन थिए ।  विश्वमा अहिले पनि क्यान्सर ठूलो स्वास्थ्य समस्याका रूपमा रहेको छ ।  सन् २०१२ मा विश्वमा क्यान्सरका एक करोड ४१ लाख नयाँ रोगी फेलापरेका थिए ।  जसमा फोक्सो, स्तन र कोलोरेक्टल क्यान्सरका रोगी बढी थिए ।  नयाँ खोजले व्यक्ति विशेषलाई लक्षित गरेर क्यान्सरको उपचार गर्न सकिने सम्भावना बढाएको छ ।  अर्थात् रोगीको वंशाणु संरचनालाई विश्लेषण गरेर उसको उपचार गरिनेछ ।     एजेन्सी

 

प्रकाशित मिति: २०७४/७/२०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना