प्रोस्टेटलाई हितकारी योगासन

yoga_1प्रोस्टेट ग्रन्थिको आकार बढ्दा पिसाब सम्बन्धी समस्या आइपर्छ ।  पीडित पुरुषले राम्रोसँग पिसाब गर्न सक्दैन र पिसाब चुहिने हुनसक्छ ।  एकैपटकमा मूत्रथैली खाली नहुने र पिसाब फालेको एकैछिनमा पुनः पिसाबले च्यापेको जस्तो लाग्छ ।  पुरुषको उमेर बढ्दै जाँदा हर्मोनमा आउने परिवर्तनले चिकित्सा विज्ञानले भन्ने गरेको विनाइन प्रोस्टेटिक हाइपरप्लासिया (बीपीएच) हुनेगर्छ ।  बुढेसकालसँग जोडिएको यो एउटा शारीरिक समस्या नै हो र यो खतरनाक हुँदैन ।  
तथापि प्रोस्टेटको आकार बढ्दा पिसाब सम्बन्धी समस्याले पुरुषमा मानसिक तनाव देखिन्छ र उनीहरू समस्या समाधानका लागि उपाय खोज्न थाल्छन् ।  बीपीएच भनेको प्रोस्टेट ग्रन्थिको आकार बढ्नु हो ।  प्रोस्टेट ग्रन्थि ओखर आकारको हुन्छ ।  पुरुषमा मात्र हुने यो ग्रन्थिले प्रजनन प्रणालीमा भूमिका खेल्छ ।  मूत्रथैलीबाट आउने पिसाबको नलीसँगै प्रोस्टेट ग्रन्थि हुन्छ ।  जब प्रोस्टेट ग्रन्थिको आकार बढ्न थाल्छ त्यसले पिसाबको नली च्यापिएर पुरुषलाई पिसाब बाहिर निकाल्न गाह्रो पर्छ ।  प्रोस्टेट ग्रन्थिको आकार बढ्ने समस्याको उपचारका लागि प्रायः मानिस चिकित्सकको सल्लाह लिएर औषधि खाने गर्छन् तर योगले पनि यस समस्यामा राहत दिनसक्छ ।  सन् २००६ मा गरिएको एउटा अनुसन्धानले व्यायाम गर्दा बीपीएचको जोखिम कम गर्न सहयोग पुग्ने स्पष्ट पारेको थियो ।  
व्यायामसँगै जोडिएको योगले बीपीएचका लक्षण कम गर्न सहयोग पु¥याउन सक्ने विभिन्न अनुसन्धानले सुझाव दिएका छन् ।  सन् २०११ मा एउटा अनुसन्धान टोलीले योग गर्दा प्रोस्टेट वरिपरिको मांसपेशी बलियो हुने निष्कर्ष निकालेको थियो ।  गुप्ताङ्ग रहेको क्षेत्रको मांसपेशी बलियो हुँदा मूत्रथैली र पिसाबको नलीलाई सहज हुन्छ ।  जसबाट पिसाब निस्कने प्रक्रियामा उत्पन्न अवरोध कम भएर जान्छ ।  
बीपीएचका लागि उपयोगी योगासन
-   बद्ध कोणासन ः यस आसनले गुप्ताङ्गका मांसपेशीमा उत्पन्न तनाव कम गर्छ ।  
-    वीरासन ः बसेरै गर्नुपर्ने यस आसनले पनि प्रोस्टेट वरिपरिका मांसपेशीमा उत्पन्न तनाव घटाउँछ ।  एकपटकमा करिब पाँच मिनेटसम्म यो आसन गर्नुपर्छ ।  
-    सुप्त पादनगुष्ठासन ः यो आसन उत्तानो परेर गरिन्छ र यसमा श्वासप्रश्वास प्रक्रिया पनि नियन्त्रणमा रख्नुपर्छ ।  
-    जानुशीर्षासन ः यसले पनि गुप्ताङ्गका मांसपेशी सबल पार्छ ।  
-   धनुरासन ः एकपटकमा ३० सेकेन्ड हातले गोडा समातेर समग्रमा दुईपटक यो आसन गर्नुपर्छ ।  
-   विपरीत करनी मुद्रा ः यस आसनमा श्वासप्रश्वासको महत्त्वपूर्ण भूमिका रहन्छ ।  गहिरो सास लिएर सक्दो समय सास रोकेर राख्नुपर्छ ।  एजेन्सी


 

प्रकाशित मिति: २०७४/७/२०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना