वाम गठबन्धनको घोषणापत्र आज

uml-maobadiकाठमाडौँ, कात्तिक २१ गते ।   वाम गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि तयार पारेको चुनावी घोषणापत्र मङ्गलबार सार्वजनिक गर्ने भएको छ ।   
घोषणापत्रमा विगतका वामपन्थी सरकारले अगाडि सारेको आफ्नो गाउँ आफै बनाऔँ,   नेपालको पानी जनताको लगानी, घरघरमा बिजुली जनजन जनमा सेयरजस्ता  नारालाई समावेश गरेको बताइएको छ ।    आगामी दश वर्षभित्र २० हजार मेगावाट विद्युत्, आगामी पाँच वर्षभित्र दुई हजार ३५० किमि रेलमार्ग निर्माण तथा अन्य भौतिक पूर्वाधारको विकास र विस्तारमा वामपन्थी नेतृत्वको सरकार आवश्यक रहेको घोषणापत्रमा समावेश छ ।   
पाँच वर्षभित्र मुलुकको आर्थिक सामाजिक तथा सांस्कृतिक क्षेत्रमा गरिने परिवर्तनका सपनालाई घोषणापत्रमा समावेश गरिएको छ ।   नेकपा (एमाले)का केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले मङ्गलबार वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिने जानकारी दिनुभयो ।   
गठबन्धनलाई भोट किन भन्दै कम्युनिस्ट पार्टीबाहेक देशका अन्य कुनै पनि पार्टीले राष्ट्र एवम् जनताको सच्चा हितको प्रतिनिधित्व गर्न नसक्ने उल्लेख गरिएको छ ।   घोषणापत्रमा नेपाल राष्ट्रको पुनःनिर्माण, स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, स्वाभिमान र अखण्डताको रक्षा तथा जनताको समृद्धिको नेतृत्व  नेपाली कम्युनिस्टले मात्र गर्न सक्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।       

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना