दस वर्षमा प्रतिव्यक्ति आय पाँच हजार डलर पु¥याइने

CPN UML and CPN moaist center dwara aaj samyukta chunabi ghosana patra sarbjanik garindai 2_bikash dwareकाठमाडौंँ, कात्तिक २२ गते ।  नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र)सहितको बाम गठबन्धनको घोषणापत्रमा आर्थिक नीति लोककल्याणकारी राज्यको अवधारणामा केन्द्रित गरिएको छ ।  मङ्गलबार सार्वजनिक गरिएको घोषणापत्रमा आर्थिक स्थायित्व स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षालाई राज्यको मूल दायित्वका रूपमा ग्रहण गरिएकोे छ ।  
घोषणापत्रमा नवउदारवादको अन्ध पक्षपोषणको विरोध गर्दै राष्ट्रिय उत्पादनशील पुँजी, श्रम र रोजगारी केन्द्रित अर्थतन्त्र अवलम्बन गरिने जनाइको छ ।  घोषणापत्रमा देशको कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्ने र त्यस्तो लगानीमध्ये ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत मात्र गैरप्राविधिक जनशक्ति विकास गर्नेमा खर्च गरिने उल्लेख गरिएको छ ।  
 हाल शिक्षा क्षेत्रमा राज्यको लगानी मुख्यत गैरप्राविधिक जनशक्ति विकासमा केन्द्रित रहेको छ ।  घोषणापत्रमा आगामी १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा पाँच हजार डलर बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।  सन् २०९९ सम्म देशलाई समुन्नत राष्ट्रका रूपमा विकास गरिसक्ने प्रस्ताव गरिएको छ ।
आर्थिक विकासको मेरुदण्डका रूपमा भूमि व्यवस्थापनअन्तर्गत कृषिको आधुनिकीकरण, पर्यटन तथा ऊर्जाको विकास, यातायात पूर्वाधार विकासलाई मुख्य आधार मानिएको छ ।  ‘दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्न, माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाइनेछ, घोषणापत्रमा भनिएको छ, कृषि पूर्वाधारमा ठूलो मात्रामा लगानी गरिनेछ ।  दस वर्षभित्र कृषि उत्पादकत्वमा दोब्बर वृद्धि गरिनेछ ।  
गठबन्धनले पाँच वर्षभित्र सम्पूर्ण सिँचाइयोग्य कृषिभूमिमा आधुनिक सिँचाइ प्रणाली लागू गरिसक्ने बताएको छ ।  त्यस्तै १० वर्षभित्र २० हजार मेगावाट विद्युत् उत्पादन गरिने बताइएको छ ।  हाल नेपालको कुल विद्युत् उत्पादन वर्षायाममा मात्र आठ सय मेघावाट रहेको छ ।  हिउँदमा यो निक्कै तल झर्ने गर्छ ।  
एउटै घोषणापत्रमा संयुक्त चुनावी मैदानमा उत्रिएको गठबन्धनले पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई ६ लेनको बनाउने, हुलाकी राजमार्गलाई ४ लेनमा स्तरोन्नति गर्ने, मध्यपहाडी पुष्पलाल राजमार्गलाई चार लेनमा स्तरोन्नति गरिसक्ने, हिमाली जिल्ला सदरमुकामदेखि चीन जोड्ने २ देखि ४ लेनसम्मको सडक विस्तार गर्ने घोषणा पनि गरेको छ ।  प्रत्येक प्रदेशका केन्द्रलाई ४ देखि ६ लेनको आधुनिक सडकले जोड्ने उल्लेख गरिएको छ ।  
घोषणापत्रमा राजधानी काठमाडाँैलाई छिमेकी मुलुकका रेलमार्गसँग जोड्ने, १० वर्षभित्र अहिले निर्माण भएका सबै सडकको निर्माण सम्पन्न गर्ने, विराटनगर, नेपालगञ्ज, सुर्खेत तथा धनगढीलाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गरिने  उल्लेख गरिएको छ ।  देशका यी दुई प्रमुख दलले १० वर्षभित्र पर्यटनको सङ्ख्या ५० लाख पु¥याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।  पर्यटनको विकासका लागि छुट्टै पर्यटन विश्वविद्यालय खोलिने घोषणापत्रमा उल्लेख गरिएको छ ।  त्यस्तै १० वर्षभित्र बृहत् औद्योगिक विकास गरी १० लाख रोजगारी सिर्जना गर्ने तथा सरकारी कर्मचारीको पोसाक स्वदेशमै उत्पादन गरिने विषय पनि घोषणापत्रमा समेटिएको छ ।  
राज्यलाई लोकल्याणकारी भूमिकातर्फ अगाडि बढाउने गरी घोषणापत्रमा सबै नागरिकको स्वास्थ्य बीमा गरिने तथा गरिबीको रेखामुनि रहेका नागरिकको ५० प्रतिशत बीमा सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ ।  पन्ध्र वर्षमुनिका बालबालिका र ६५ वर्ष माथिका वृद्धवृद्धाको सम्पूर्ण स्वास्थ्य उपचार सरकार गर्ने उल्लेख गरिएको छ ।  घोषणापत्रमा हरेक गाउँपालिकाको केन्द्रमा कम्तीमा २५ तथा नगरपालिकाको केन्द्रमा ५० शय्याको सुविधासम्पन्न अस्पताल सञ्चालनमा ल्याइने पनि उल्लेख गरिएको छ ।  
एमाले र माओवादीले प्रत्येक प्रदेशको केन्द्रमा एक हजार शय्याको अस्पताल सञ्चालनमा ल्याइने, सरकारी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब दुई गुणा वृद्धि गरिने उल्लेख गरिएको छ ।  घोषणापत्रमा हुलाकी राजमार्गका नयाँ स्थानमा १०, पूर्व पश्चिम राजमार्गका किनारमा थप १०, भित्री तराई राजमार्गका विभिन्न स्थानमा २० र पुष्पलाल मध्यपहाडी राजमार्गका तोकिएका १० स्थानमा नयाँ सहर निर्माण गरिनेछ ।  



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना