नेपालमा घरेलु साना उद्योग

ghamvir b hadaगम्भीरबहादुर हाडा

 

घरेलु उद्योगले घर घरमा सञ्चालन गर्ने उद्योगलाई बुझाउँछ । यसको साथै नेपालको ग्रामीण क्षेत्रमा खेर गइरहेको स्थानीय कच्चा सामानलाई परम्परागत रूपमा प्रयोग गरी कृषिबाट फुर्सद हुने समयमा आफ्नो परिवारका सदस्यको श्रमबाट पारिवारिक आवश्यक पूर्तिका लागि गर्ने व्यवसायलाई घरेलु उद्योग हो । घरेलु तथा साना उद्योगअन्तर्गत उनी तथा सुती कपडा उद्योग, घरेलु कागज उद्योग, घरेलु धातु उद्योग, काष्ठ उद्योग, बिडी उद्योग माटो उद्योग, दुग्ध उद्योग, बाँस–वेतसम्बन्धी उद्योग, धान कुट्ने तेल र उखु पेल्ने उद्योग र घरेलु छाला उद्योगसमेत आउने गर्दछन् । अक्सर गरेर कुटी र उद्योग ग्रामीण क्षेत्रमा कृषिसँग सम्बन्ध भएका हुन्छन् । हाते तानमा कपडा बुन्नु, राडी पाखी, कार्पेट, गलैचा, सुकुल, चटाई टोकरी बुन्नु, तोरी पेल्नु, काठमा बुट्टा कोर्नु, धातुका भाँडाकुँडा बनाउनु, माटाका भाँडा बनाउनु, गहना बनाउनु, क्युरियोका सामान बनानउनु इत्यािद नेपालका विभिन्न प्रकारका कुटिर घरेलु उद्योग हुन् । नेपालका औद्योगिक एकाइमध्ये लगभग ९५ प्रतिशत घरेलु उद्योग छन् र ९० प्रतिशत औद्योगिक रोजगार घरेलु उद्योगले प्रदान गरेको अनुमान गरिएको देखिन्छ ।
नेपालमा वार्षिक तीन लाखभन्दा बढी श्रम शक्ति श्रम बजारमा आउने गरेको छ ।  यस श्रम शक्तिलाई कृषि क्षेत्रले मात्र ग्रहण गर्न नसक्ने हुँदा स्थानीयस्तरमै स–साना व्यवसाय खोली रोजगारी प्रवद्र्धन गर्नु जरुरी छ ।  स्थानीय श्रम, सीप र कच्चा पदार्थमा आधारित व्यवसायको सिर्जना गर्न सकिएमा त्यस्ता व्यवसाय टिकाउ हुन सक्छन् ।  बाह्य आयातित सीप र कच्चा पदार्थमा आधारित उद्योगको तुलनामा हाम्रा परम्परागत कला, संस्कृति र सीप अनुरूपका व्यवसायमा आय तथा रोजगारीका सम्भावना बढी रहेको छ ।      
देशमा औद्योगिक विकासको कुरा उठ्दा ठूला तथा मझौला उद्योगको स्थापना तथा प्रवद्र्धनमा ठूलो जोड दिने गरिन्छ  तर हाम्रो जस्तो विकासोन्मुख राष्ट्रको लागि ठूला ठूला उद्योगको दाँजोमा साना तथा घरेलु उद्योग नै ज्यादै उपयोगी रहेको कुरा विगतका अनुभवले नै बताइसकेको छ ।  जनसङ्ख्या वृद्धिले एकातिर बेरोजगारी समस्यालाई चर्काएको छ भन्ने अर्कोतिर सीमित खेतीयोग्य जमीनमा बढ्दै गएको श्रमशक्ति निर्भर हुनु पर्दा अर्धबेरोजगारी समस्या अदृश्य रूपमा फैलिँदै गएकोले साना तथा घरेलु उद्योगको महìव बढी छ ।  
कृषि व्यवसायको विकास तथा विस्तारले औद्योगिक विकासमा सघाउ पु¥याउँछ ।  नेपालमा विगतदेखिका औद्योगिक क्रियाकलापलाई हेर्दा कृषिक्षेत्रबाट साधन प्राप्त गरी प्रशस्त मात्रामा उद्योगव्यवसाय सञ्चालनमा रहेको पाइन्छ ।  त्यस्ता उद्योगव्यवसाय ग्रामीण क्षेत्रमा परम्परागत रूपमा चलेका पनि छन् तथा कतिपय आधुनिक सङ्गठित उद्योगको रूपमा स्थापना पनि भएका छन् ।  ग्रामीण क्षेत्रमा बिस्कुट पाउरोटी बनाउने, सानातिना मिल सञ्चालन हुने, तेल पेल्ने, अमिलो पेलेर टिकाउ बनाउने, छुर्पी, घिउ आदि बनाउने कार्य विगत लामो समयदेखि चल्दै आएका कार्य हुन् ।  यिनीहरू परम्परागत सीप, प्रविधिको आधारमा नै सञ्चालनमा रहेका छन् ।  यसका साथसाथै नेपालमा करिब छ दशकभन्दा अघिदेखि विभिन्न किसिमका उद्योग स्थापना गरिँदै आएका छन् ।  साना तथा ठूलास्तरमा स्थापित उद्योग विभिन्न क्षेत्रसँग सम्बन्धित छन् ।  त्यस्ता उद्योगमध्ये कृषिजन्य उद्योग पनि महìवपूर्ण स्थानमा रहेका छन् ।  कच्चा पदार्थको रूपमा कृषिजन्य उत्पादनलाई लिएर उत्पादन प्रक्रिया सञ्चालन गर्ने सङ्गठित उद्योगमा जुट, चिनी, खाद्यवस्तुमा आधारित उद्योग, चुरोट उद्योग, कपास प्रशोधनसम्बन्धी उद्योग, फलफूलमा आधारित पेय पदार्थ तयार गर्ने उद्योग यसमा पर्छन् ।
औद्योगिक विकास मुलुकको आर्थिक विकासको दिगो र भरपर्दो आधार स्तम्भ हो ।  रोजगारीका लागि कृषि क्षेत्रमा रहेको निर्भरतालाई कम गर्दै विद्यमान बेरोजगारी, अर्धबेरोजगारी कम गर्न औद्योगिकरणको भूमिका महìवपूर्ण रहन्छ ।  औद्योगिक लगानीले औद्योगिक उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, स्थानीय सीपको प्रयोग, स्रोतसाधनको उपयोग, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनमा योगदान गर्दछ ।  औद्योगिक क्षेत्रमा निजी स्वदेशी तथा वैदेशिक लगानी आकर्षित गर्नका लागि औद्योगिक पूर्वाधार निर्माण गर्दै लैजाने, मौजुदा औद्योगिक पूर्वाधारको प्रभावकारी उपयोग गर्ने, निर्यात प्रवद्र्धनमा जोड दिन विशेष आर्थिक क्षेत्रको निर्माण तथा सञ्चालन गर्ने र लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धनको माध्यमबाट गरिबी न्यूनीकरण गर्ने उद्देश्यका साथ औद्योगिक नीति २०६७ कार्यान्वयनमा रहेको छ ।  सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरूप औद्योगिक समस्याको समाधान गर्दै लैजाने उद्देश्यले नेपाल व्यवसाय मञ्च क्रियाशील हुनुका साथै उद्योग मन्त्रालयमा मञ्चको सचिवालय सञ्चालनमा आएको छ ।  
घरेलु उद्योगअन्तर्गत  उद्योग  विभागअन्तर्गतका २७ जिल्लामा चाल आ.व. २०७३ र ७४ को  प्रथम आठ महिनामा १३ हजार २ सय ३८  घरेल  तथा साना उद्योग  दर्ता भई हजारौँको सङ्ख्यामा रोजगारी सिर्जना भएको छ ।  त्यस्तै  घरेलु तथा  साना उद्योग विकास समितिअन्र्तगत ४८ जिल्लामा कल छ हजार चार सय ४८  उद्योग  दर्ता भई २१ हजार ७६० जनालाई रोजगारी प्राप्त भएको तथ्याङ्क छ ।   आ.व. २०७३ ७४ को प्रथम आठ महिनामा घरेलु उद्योग  विभाग र समितिअन्र्तगत  देशभर दुई लाख ७० हजारभन्दा बढी घरेल तथा साना उद्योग  दर्ता भएका छन् ।   नेपालको आर्थिक  क्षेत्रलाई  समृद्ध बनाँउन   आन्तरिक उत्पादनमा वृद्धि गर्नु आवश्यक छ ।   आन्तरिक  उत्पादन विना  आयात  प्रतिस्थापन तथा निर्यात प्रवद्धन  दुवै सम्भव छैन ।   विनासकारी भूकम्प  र सीमानाकाको अवरोधका कारण  आपूर्तिमा आएको असहजताको कारणले  अर्थतन्त्र धरासायी भएको अवस्थामा  औद्योगिक क्षेत्रको  विकासमा ध्यान दिनु जरुरी छ ।   यस्तै राष्टिय अर्थतन्त्रको  विकासका लागि राष्ट्रिय उद्योगको प्रवद्र्धन  गर्न नेपाली श्रम  सीप र कच्चा पदार्थमा  आधारित स्वदेशी लगानीलाई  प्रथामिकता दिनु जरुरी रहेको छ ।   त्यस्तै गरी  आवासीय नेपालीको ज्ञान, सीप  र प्रविधि  र पुँजीलाई  राष्टिय  विकासमा सदुप्रयोग  गरी अर्थतन्त्र समृद्ध  बनाउन सकिन्छ ।   सार्वजनिक, निजी  र सहकारी  तीनै  क्षेत्रलाई औद्योगिक विकासमा  परिचालन गर्नुपर्छ ।   
नेपालमा घरेलु तथा साना उद्योगले भोग्नुपर्ने मुख्य कठिनाइमध्ये विदेशमा आधुनिक यन्त्र उपकरणद्वारा ठुलो आकारमा उत्पादित सस्तो र राम्रो औद्योगिक वस्तुसँग सामना गर्नु परेको मुख्य तीव्र प्रतिद्वन्द्वीता हो । पूँजीको अभावमा कुनै पनि उद्योग फस्टाउन पाउँदैन । घरेलु उद्योगमा लाग्ने व्यक्तिसँंग आफ्नो व्यवसाय बढाउन आवश्यक पुँजी कमै मात्रामा उपलब्ध हुन्छ ।  यसले गर्दा पनि घरेलु उद्योगको विकासमा बाधा पु¥याएको छ । घरेलु उद्योगको लागि चाहिने कच्चा वस्तुको पनि ठूलो अभाव छ । एक ठाउँमा भएको कच्चा वस्तुलाई अर्को ठाउँमा लैजान कठिनाई भएको छ । घरेलु तथा साना उद्योगमा लागेका अधिकांश कामदार अप्रशिक्षित तथा अदक्ष छन् । नेपालमा घरेलु तथा साना उद्योग स्वस्थ वातावरणमा विकसित भएका छैनन् । कुनै कुनै घरेलु उद्योग बिलाएर गइसकेका छन् भने केही झण्डै लोप हुने अवस्थामा पुगेका छन् ।   यी कुटिर उद्योगको पुनरुत्थान तथा विकासका लागि आजसम्म भएका प्रयासले सन्तोषजनक उपलब्धि हासिल गर्न सकेको छैन । नेपालजस्तो विकासशील देशले घरेलु तथा साना उद्योगको क्षेत्रमा बढीभन्दा बढी विकास गर्नु अति नै आवश्यक देखिएको छ । तर यसमा धेरै समस्या तथा बाधा भएका कारण घरेलु तथा साना उद्योग फस्टाउने मौका पाएको छैनन् । ठूलो–ठूलो उद्योगबाट विभिन्न किसिमका आधुनिक तथा वैज्ञानिक ढङ्गले थरी थरीका डिजाइन भएको वस्तु उत्पादन हुन्छ । तर घरेलु उद्योगमा मानिसबाट पुरानो डिजाइनको वस्तु उत्पादन हुन्छ र रङ्गीविरङ्गी हुँदैन साथै घरेलुका उत्पादित वस्तु महँगो पनि हुन्छ । यसैले गर्दा घरेलु उद्योगको अपेक्षित विकास हुन सकेको छैन । घरेलु उद्योगको विकासमा एउटा महìवपूर्ण बाधा प्रतिस्पर्धा हो । हातले बनेका सामानले मेसिनबाट बनेका सामानसँग कुनै हालतमा प्रतिस्पर्धा गर्न सक्दैन । हातले बनेका सामान महँंगोमात्र होइन कि रूप र आकारमा पनि त्यति अब्बल नहुन सक्छन् । मेसिनसँग घरेलु उद्योगले प्रतिस्पर्धा गर्न कठिन हुने कुरा स्वाभाविक नै हो । यसको साथसाथै घरेलु तथा साना उद्योगले उचित मात्रामा संरक्षणको अभाव छन् । घरेलु उद्योगका लागि महìव दिने किसिमको वातावरण तयार गर्न सकिएको छैन ।




प्रकाशित मिति: २०७४/७/२२

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना