मर्यादित र संयमित निर्वाचन

प्रदिप्नराज पन्त

 

निर्वाचन आएको छ ।  अब छिट्टै नेपालीहरूले प्रतिनिधिसभा र प्रदेशसभाको सदस्यहरू प्राप्त गर्नेछन् ।  सधैँ झैँ निर्वाचनमा उम्मेदवारहरूले पनि आफ्नो पक्षमा मतदातालार्ई आकृष्ट गर्ने प्रयास गर्नेछन् र यसलार्ई मतदाताहरूले पनि अत्यन्त सहजतापूर्वक लिनु पर्दछ  र उम्मेदवारहरूले पनि मतदातालाई आकृष्ट गर्नको लागि संयमित, मर्यादित भएर आचारसंहिता पालन गर्नेतर्फ पनि ध्यान दिन जरुरी हुन्छ ।  
छिमेकी देश लगायत विश्व भरिनै, विपक्षीको नीति नियमको बारेमा असन्तुष्टि र आफूले विपक्षीको तुलनामा मतदाताहरूलाई राम्रो न्याय दिन सक्ने कुराको विश्वास दिलाउन खोज्ने कुरालार्ई मतदाताहरूले समेत सामान्य रूपमा लिने गरेको पाइएको छ तैपनि चुनावमा व्यक्तिगत आक्षेप, गाली, गलौज र कहिलेकाहीँ ज्यादै अवाञ्छित गतिविधि समेत हुने गर्दछ ।  अहिलेको चुनावमा  उम्मेदवार तथा दलहरूले अमर्यादित, गाली गलौज, व्यक्तिगत आक्षेपहरू नगर्ने अपेक्षा गर्न पनि समीचीन हुन्छ ।  
विश्व चुनावका प्रसङ्ग
अत्यन्त चेतनशील मतदाता भएको र संसारभरि नै चासोको साथ हेरिने अमेरिकाको चुनावको इतिहास र वर्तमान पनि ज्यादै नै अमर्यािदत बन्ने गरेको अनुसन्धानबाट थाहा पाउन सकिन्छ ।  मतको लागि जे पनि गर्न तयार छु भन्ने मान्यता चुनावमा उम्मेदवारहरूले राख्छन् भन्ने आम जनविश्वास अमेरिकीहरूमा छ र यो जनभावनामा कति सत्यता छ भन्ने प्रश्नको उत्तर खोज्नका लागि अनुसन्धानकर्ताहरूले  १७८९ देखि २००४ सम्मको चुनावलाई गहिरिएर अध्ययन गरे ।  अध्ययनले के प्रमाणित ग¥यो भने अमेरिकाको राष्ट्रपतिको उमेदवारहरूको मानसिकता १७८९ देखि नै उस्तै रहेको पाइयो अर्थात् मतको लागि उम्मेदवारहरू जे पनि गर्छन भन्ने कुरा प्रमाणित भयो तर अमेरिकाका दूइ ठूला दलहरू–रिपब्लिकन र डेमोक्र्याट) यो तथ्यलाई स्वीकार गदैनन् ।
सन् १८०० को राष्ट्रपति चुनावमा थोमस जेफरसनले राष्ट्रपतिका उम्मेदवार जोन एडम्सलार्ई नपुंसक भनेका थिए भने एडम्सले जेफरसनलार्ई थाहा नभएको नश्लको सन्तति भनेर आरोप लगाएका थिए ।  
सन् १८२८ को राष्ट्रपतिको चुनावमा प्रयोग भएका शब्दहरू अहिले पनि अमेरिकामा चर्चा हुने गर्दछ ।  तत्कालीन राष्ट्रपतिका उम्मेदवारहरू एन्ड्रयु ज्याक्सन र जोन क्वीन्सी एडम्सबीचको वाकयुद्ध अहिले पनि पटक पटक सञ्चार माध्यममा आइरहन्छ ।  एडम्सलार्ई ज्याक्सनले घुमाउरो पाराले दलाल भनेर भनेको थिए तर यति सुनेपछि एडम्सले ज्याक्सनलार्ई अपमानजनक शब्दहरूको बाढी नै बगाए ।  अन्ततः चुनावी परिणाममा एडम्सले चुनाव जित्न प्रयोग गरिएका हथकण्डा विफल भएको थियो ।
१८८४ मा रिपब्लिकनका उम्मेदवार जेम्स जि ब्लेन माथि भ्रष्टाचारको अभियोग लगाउनु पर्दछ भनेर डेमोक्र्याटहरूले प्रचार गरे ।  जेम्सको केही व्यवसायमा डेमोक्र्याटहरूले शंका गरेका थिए ।  सन १९९२ मा क्याव्रे डान्सर फ्लावरले बिल क्लिन्टनको चरित्र माथि हमला गरिन् ।  उनले आफूले क्लिन्टन आर्कान्सासको गर्भनर हंँदा १२ वर्ष सम्म आफ्नो अवैध सम्बन्ध भएको कुरा प्रकट गरिन ।  क्लिन्टनले यसलाई बचाउ गरे र आफ्नो सम्बन्ध भएको प्रमाणित गर्न चुनौती दिए ।  फ्लावरको आरोप प्रमाणित त भएन नै र चुनावको बेला निकालिएको यस्तो आरोपको महìव नहुने कुरा अमेरिकी मतदाता प्रमाणित गरिदिए र क्लिन्टनले चुनाव जिते ।
२०१६ को चुनावमा पनि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रत्यासि हिलारी क्लिन्टनलार्ई पूर्व राष्ट्रपति क्लिन्टनको यौन लिप्साको बारेमा कुरा निकाले र इमेल प्रकरणमा गोप्य सूचना चुहाएको आरोपमा जेल हाल्ने कुरा सार्वजनिक बहसमा गरे ।  यति मात्र होइन अमेरिकाको चुनावमा अहिले सम्म नै नभएको दोस्रो टेलिभिजन साक्षात्कार कार्यक्रममा हिलारी र डोनाल्डले हातसम्म पनि मिलाएनन् ।  इमेल प्रकरण गम्भीर त्रुटि भएको ठानेर अमेरिकी मतदाताले डोनाल्डलार्ई अन्तिम समयमा साथ दिए र विजयी बनाए तर अघिल्लो दिनसम्म भएको मत सर्वेक्षणमा डोनाल्ड भन्दा हिलारी अगाडि थिइन् ।  अहिले अनुसन्धानकर्ताहरू भन्छन् गलत कामको परिणाम सानो ठूलो जस्तोसुकै होस् त्यसले चुनावको नतिजालार्ई प्रभावित बनाउँछ ।
अमेरिकामा मात्र होइन भारतमा पनि चुनावको बेला आकर्षक नारा मात्र नभइ विपक्ष्ीालाई सिधा प्रहार गर्ने चलन रहिआएको छ ।  सन २०१४ को लोकसभा चुनाव सर्वाधिक चर्चित रह्यो ।  नरेन्द्र मोदीले ‘‘खुनी पन्जा भनेर सम्बोधन गर्नुभयो ।  भारतको कांगे्रस आइको चुनाव चिन्ह हात हो ।   मोदी ले हरेक हातहरू ‘‘खुनी पन्जा हुन किनकि तिनीहरूको साँठगाँठ आइएसआइसँग रहेको बताएका थिए ।  कंग्रेसका राहुल गान्धी पनि कम थिएनन् उन्ले छत्तिसगढ राज्यको एउटा कार्यक्रममा भारतीय जनता पार्टीका (बिजेपी) कार्यकर्ताहरूलाई चोर र लुटेराहरूको गिरोह मात्र भनेनन् बिजेपीलाई इन्डियन मुजाहिद्दिनका समूह समेत भनेका थिए ।  यसपछि जे भयो भारतको इतिहासमा त्यो अकल्पनीय भयो ।  बिजेपीले कंगे्रस खारेज गर्न पर्दछ भनेर मुद्दा हाल्यो भने कांग्रेसले बिजेपी ।  तर पछि नरेन्द्र मोदीले यसलाई सच्याएका थिए र कांग्रेसलाई भनेको होइन भनेर चुनाव आयोग स्पष्टीकरण दिए र क्षमा याचना समेत गरे ।  
विन्सटन चर्चिलको पालादेखि बेलायतको चुनावलार्ई निकै सभ्य मान्न थालिएको थियो ।  प्रजातन्त्रको जननी भनेर चिनिने संयुक्त अधिराज्यमा गाली गलौजका अश्लील भाषाहरूको प्रयोग विरलै सुनिन्थ्यो तर २०१६ लण्डन मेयरको चुनाव विश्व भरी नै सर्वाधिक चर्चाको विषय बन्यो र कसै कसैले यो ब्रिटेनको इतिहासकै सबैभन्दा फोहरी चुनावको प्रचार शैली भने ।  
अष्टे«लियाका प्रधानमन्त्री जोन हार्वडलार्ई अत्यन्त कुशल संगठनकर्ता भनेर भनिन्छ ।  चार चोटी प्रधानमन्त्री भइसकेको जोनको सफलता भनेको उन्का सहयोगीहरू नै हुन् ।  मानिसहरू भन्छन् उनका सहयोगीहरू कुकुरले जस्तै सुङ्ने शक्ति भएका मानिसहरू थिए ।  यसैकारणले होला उनका सहयोगीहरूलाई विश्व भरिकै चुनावमा दलहरूले भाडामा अनुबन्धन गर्दछन्, परामर्शदाताको रूपमा ।  ब्रिटेन होस् या अमेरिका, अति महँगो डलरमा जोनका चुनावी कार्यकर्तालार्ई दलहरूले भित्र्याउँछन् ।  उनीहरू दुईटा अर्थ लाग्ने शब्दको प्रयोग गर्न कुशल मानिन्छन्, चुनावमा कोड शब्दको प्रयोग गर्न पनि उनीहरू अब्बल छन् ।  मतदाताको मुडको अनुसन्धान गरेर कोड भाषा र दोहोरो अर्थ लाग्ने शब्दहरूको प्रयोगले उनीहरू मतदाता रिझाउने प्रयास गर्दछन् र अष्टे«लियामा उनीहरू सफल बने ।  चार चोटी चुनाव जितेका जोन हार्वडले ‘‘डुङ्गा फर्काइदिन्छु” भन्दा अरु कुनै शब्द प्रयोग गरेनन् ।  यसैले अष्टे«लियाका आप्रवासी मतदाताहरू  आफुतिर लक्षित भएको भन्ने पनि नठानेर आप्रवासी प्रति अनुदार छन् भन्ने पनि सोचेनन् ।  साथै बढ्दो अनधिकृत आप्रवासीहरूलार्ई अष्ट्रेलियामा ठाउँ छैन भन्ने सन्देश पनि दिए तर उनका विरोधीहरूले उनको र आप्रवासीहरूको विरोधमा कडा शब्द प्रचार गरे जुन उनीहरूको लागि नै प्रत्युत्पादक भयो ।
नेपालको प्रसङ्ग ः
नेपालमा पनि अत्यन्त तल्लो स्तरको र त्यो पनि सिधा रूपले हमला गरिएको प्रशस्त उदाहरणहरू पाइन्छ ।  बहुदल व्यवस्था पछिको ०४८ को पहिलो चुनावमा काठमाडौँ क्षेत्र नम्बर २ मा स्व. कृष्णप्रसाद भट््टराई र तत्कालीन मालेका नेता स्व. मदन भण्डारीको बीचमा चुनावी प्रतिस्पर्धा भएको थियो ।  सम्भवतः नेपाली चुनावको इतिहासमा त्यति बेला निकै तिता अभिव्यक्तिहरू सुनिए ।  मदन भण्डारीले भट्टराईलार्ई ‘‘तपाईको मत देश बेच्ने लाइसेन्स नबनोस्’’ भनेका थिए र ठूलठूला ब्यानरमा राजधानी मात्र नभै देशैभरी सर्वत्र टाँगेका थिए भने तत्कालीन प्रधानमन्त्रीले  माले मशाले सबै गधा भाते भन्ने शब्द प्रयोग गर्नुभएको थियो ।  यसलाई क्षेत्र नम्बर २ का मतदाताले मन पराएनन्, फलश्वरूप क्रान्ति पछि अन्तरिम प्रधानमन्त्री बनेका भटराई पराजित हुनुभयो, यस्तै भण्डारीको अभिव्यक्ति पनि जनताले मन पराएनन् र धेरै वर्ष पछिसम्म पनि यो अभिव्यक्ति उनीहरूको लागि घातक बन्यो ।
चुनाव मर्यादित बनाउन हरेक देशमा आचारसंहिता बनाइएको हुन्छ र यसको पालना गर्न कोही उम्मेदवार तयार नभएको, आनाकानी गरेको पाइन्छ तर जसले आचारसंहिता पालन गरेर चुनावलार्ई मर्यादित बनाएका छन्, केही अपवाद बाहेक उनीहरू विजयी भएका छन् ।  
जे होस् विश्वको चुनाव भए गरेको गाली गलौज, कोड भाषाको प्रयोग पैसाको शक्तिको दरुपयोग जति गरे पनि विकसित र विकासोन्मख सबै देशमा जनताले विवेक पूणर््ा तरिकाले मतदान दिएका छन् र आफ्ना प्रतिनिधि र सरकार चुनेका छन् ।  अनुसन्धानबाट के पत्ता लागेको छ भने अमर्यादित, गाली गलौज गरेर केही क्षण रमाइलो भए पनि अन्ततोगत्वा त्यस्ता गतिविधिबाट आफैलाई घाटा लाग्छ भन्ने कुरा अनुसन्धानले देखाएको छ ।  अमेरिकाको राष्ट्रपति चुनावमा जसले बढी गाली ग¥यो उसले पराजय बेहोरेको छ ।  जस्तो कि बेश्याको छोरा भनेर ज्याक्सनको खिल्ली उडाए जोन किन्सलै तर ज्याक्सन नै राष्ट्रपति बने, क्लिभलैण्डलाई स्त्री लम्पट भनेर सर्मसार गर्न खोजियो उनै राष्ट्रपति भए ।  बिहारमा लालु नितिस गठबन्धनलार्ई हाँसो ठट्टामा उडाइयो तर विजयी उनीहरू भए ।  नरेन्द्र मोदी लो प्रोफाइल, साम्प्रदायिक भनेर चित्रण गरियो तर उनै विजयी भए ।  डेभिड क्यामरुनले पाकिस्तान र इस्लामको नामै नलिइ घुमाउरो  पारामा पाकिस्तानी मूलका मुसलमानलार्ई लण्डनको मेयर बन्न नदिन अनेक प्रयास गरे पनि अन्ततः उनी आफ्नो उद्देश्यमा सफल भएनन् ।  
चुनाव विश्लेषकहरूको विचारमा सोझा उम्मेदवारहरूले पैसा, शक्ति र गुण्डागर्दीसँग डराउन पर्दैन मतदाताहरू विवेकशील छन् र उनीहरू गालीगलौज मर्यादाविहीन राजनीति मन पराउँदैनन् ।  मतका लागि जे पनि गर्न सक्छु भन्ने भावना लिएर चुनाव लड्दा प्रतिकूल नतिजा आउने स्पष्ट देखिन्छ किनकि प्रजातन्त्रमा चुनाव एक चोटी मात्र हुने होइन पुस्तौ पुस्तासम्म भइरहने निरन्तर प्रक्रिया हो ।  चुनाव भनेको अन्त्यहीन शृङ्खला हो ।  पटक, पटक हुने गर्दछ ।  अनुसन्धानले यो पनि स्पष्ट पारेको छ, मर्यादाविहीन आचरणले  एकचोटी चुनाव जित्न सकिएला तर पटक पटक चुनाव जित्न उम्मेदवार र दलहरू मर्यादित र संयमित हुन जरुरी नै छ ।




प्रकाशित मिति: २०७४/७/२२

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना