शान्ति पत्रकारितामा द्वन्द्व  

rakesh chaudharyराकेशप्रसाद चौधरी

 

 देश अहिले पुराना राजनीतिक सङ्घर्ष अर्थात् ‘जनयुद्ध’, ‘मधेशविद्रोह’ एवं विभिन्न अधिकारमुखि राजनीतिकबाट सत्ता केन्द्रित राजनीतिको व्यवस्थापन गर्न लागिपरेको छ ।  तथापि, देशमा द्वन्द्वको अवस्था भने कायमै छ ।  कुनै एक पक्षको विचार वा शैलीमा अर्को पक्ष असहमत हुनु नै द्वन्द्व हो ।  परिभाषालाई मात्रै आधार मान्ने हो भन्ने विश्वको कुनै पनि ठाउँ द्वन्द्वविहीन छैन ।  पहिलो चरणमा यो सकारात्मक हुन्छ ।  समयमै यसबारे बहस, विश्लेषण र छलफल गर्न सके समझदारीका थुप्रै मार्ग खोल्न सकिन्छ ।  त्यही थुप्रै मार्ग वा विकल्प खोज्न मद्दत गर्ने, बाटो देखाइदिने काम शान्ति पत्रकारिताले गर्छ ।  
पत्रकारितामा यथार्थ, सन्तुलन र विश्वसनियता भएजस्तै द्वन्द्वमा समेत सोच, व्यवहार र विमति हुन्छ ।  जबसम्म द्वन्द्व बुझ्दैन, जबसम्म त्यसप्रति संवेदनशील हुने कुरा गर्नु पनि गलत हुन सक्छ ।  यसकारण यसको बुझाईमा प्रस्टता आवश्यक रहन्छ ।  एउटा पत्रकारले आफ्ना कार्यक्षेत्रका द्वन्द्वबारे जानकारै हुनैपर्छ ।  त्यस्तो नभएसम्म शान्ति पत्रकारिताको सम्भावना निकै कम हुन्छ ।  
उदाहरणका लागि नेपालभरि वा नेपालको कुनै क्षेत्रमा विमति राखेर भइरहेको वैचारिक आन्दोलन वा सङ्घर्ष के हो र किन भइरहेको छ भनेर बुझ्नु पनि सञ्चारकर्मीको दायित्वभित्र पर्न सक्छ तथापि सञ्चारकर्म गर्नेमध्ये अधिकांशले दैनिक घटनाक्रमलाई मात्रै प्राथमिकतामा राखेका हुन्छन् ।  कहिलेकाहीँ देशैभर एकै किसिमको लक्ष्यका लागि फरक–फरक आन्दोलन पनि भइरहेको हुन्छ ।  त्यसको कारणको ठम्याई र समाधानको उपाय पनि दिन पत्रकारिताको धर्म हो ।  
शान्ति पत्रकारिता गर्नेले द्वन्द्वका लक्ष्यबारे अवगत हुनैपर्छ ।  शान्तिका लागि पत्रकारिता अवधारणा र अभ्यास पुस्तकमा हस्त गुरुङले मुख्य रूपमा परस्परविरोधी, महŒवाकाङ्क्षी र घृणा हिंसाको साधानायुक्त लक्ष्यबारे वर्णन गरेका छन् ।  परस्परविरोधी लक्ष्य भनेको अहिलेको अवस्थामा संविधान संशोधनको पक्ष र विपक्षमा बाँड्निु, प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनु वा नहुनु हो ।  यसको एक किसिमको फरक अवस्थाको सिर्जना गर्छ ।  पहिला संसदीय व्यवस्था चाहिने वा नचाहिनेमा परस्परविरोध भएकै हो भन्ने कुरा पनि बुझ्नपर्छ ।  महŒवाकाङ्क्षी लक्ष्य लिनेहरू नै द्वन्द्वका कारक मानिन्छन् ।  हिटलर र नेपोलियनको महŒवाकाङ्क्षाले विश्वभर हिंसा र युद्ध फैलिएको थियो ।  अहिले नेपालमा राजतन्त्रको फिर्ती र फरक देश बनाउने कुराले द्वन्द्व छ भन्ने कुरा सञ्चारकर्मीले बुझ्नु आवश्यक छ ।  घृणा÷हिंसाको चक्र स्थापित हुन पुगेमा द्वन्द्व÷हिंसा समाधानको परिधिभन्दा बाहिर जान सक्छ ।  यो अवस्थामा पत्रकारिता पनि सङ्कटमा पर्न सक्छ ।  यस्तो बेलामा शान्ति पत्रकारिताभन्दा पनि एजेन्डा, प्रोपेगाण्डालक्षित पत्रकारिताको सम्भावना सबैभन्दा बढी हुने गर्छ ।
शान्तिका लागि पत्रकारिताको अभ्यास गर्नेले के बुझ्न पर्छ भन्ने द्वन्द्वले गति लिन्छ, मन्द हुन्छ र पुनः आकार लिन्छ ।  त्यस्तै यो मत्थर भए पनि विलिन हुँदैन ।  यसमा सहभागी शक्ति आफ्ना लक्ष्य मात्रै परिवर्तन गरेका हुन्छन् ।  अहिले तराई मधेशमा भइरहेको विमतिको सत्य राज्य वा आन्दोलनरत पक्षबाट गौण राख्ने प्रयास भइरहेको छ ।  द्वन्द्वमा सबैभन्दा ठूलो सङ्कट सत्य प्राप्तिकै हो ।  
केप टाउन विश्वविद्यालयका मानवशास्त्री लेसले फोर्डे«ड र मिडिया पिस सेन्टर केप टाउन (दक्षिण अफ्रिका) की अध्यक्ष मेलिसा बाउमानले द्वन्द्वसम्बन्धी समाचारको निरन्तर अध्ययन गरेर द्वन्द्वसम्बन्धी सन्तुलित समाचार वा शान्तिका लागि पत्रकारिता गर्न नयाँ ढाँचा देखाएका छन् ।  जसमा पत्रकारको भूमिका समाजको सहयोगी, सक्रिय सञ्चारकर्ता, समुदायको चासो विषय छान्ने, समाजिक विषय खोजेर लेख्ने उल्लेख छ ।  त्यस्तै कुराकानी गराउने, सहमति र फरक मत प्रस्ट्याइदिने र छलफल गराउने लेखनशैली र कथावस्तु अगाडि ल्याउनुपर्छ ।  त्यही पत्रकारिताको विधिमा गुत्थी सुल्झाउने, द्वन्द्व बुझ्न सकिने आधार दिने, प्रक्रिया बुझ्न सजिलो पार्ने, स्वच्छ समाधार दिने, दुई पक्षको प्रतिनिधित्व हुने गरी समाचार सन्तुलन गर्ने र उपलब्धि र हानिको समीक्षा गरिदिनुपर्छ ।  
समाजशास्त्री ओवलेशले कसैको बल वा शक्ति प्रयोग स्वतः हिंसा नभई हिंसात्मक व्यवहार हिंसा हुने लेखेका छन् ।  शान्तिका लागि पत्रकारिता गर्नेले द्वन्द्वरत पक्षबीच विश्वास सिर्जना गर्दै व्यावसायिक धर्मको पालना गर्नुपर्छ ।  त्यस्तै, आधिकारिक र यथार्थ सूचना सम्प्रेषण एवं वास्तविक सूचना स्रोतसम्मको पहुँच बनाउनुपर्छ ।  अहिलेसम्म भौगोलिक अधिकारका वा सङ्घीयताका लागि चलेको आन्दोलनमा यस किसिमको पत्रकारिता भएको देखिएको छैन ।  समाचारका शीर्षक नै वर्गीय, क्षेत्रीय र नश्लिय चिन्तनग्रसित हुन्छ ।  जति सन्तुलन गर्दा पनि त्यो एक पक्षीय भएकै कारण एउटै समाचारमाथि अविश्वास र विश्वासको वातावरण निर्माण हुने गरेको पाइन्छ ।
अहिले पनि पत्रकारिताले पूरै विश्वास गुमाइ नसकेको अवस्था छ ।  अमेरिकालगायत ठूला देशमा समेत पत्रकारितामाथिको विश्वासको प्रतिशतबारे बहस भइरहेको बेला नेपालमा समेत यस्तै बहस शुरु भइसकेको छ ।  शान्तिका लागि पत्रकारिता गर्ने शान्तिमुखी, सत्यमुखी, सर्वसाधारणलाई महŒव दिने तथा समाचारको खोजी गरेर समाचार प्रकाशन÷प्रशारण गर्ने गर्छन् ।  त्यही हिंसामुखी हुनेले भ्रममुखि, नेताका बोली र विचार बढीभन्दा बढी राख्ने र विजय कसरी हुनेबारे समाचार प्रकाशन÷प्रशारण गर्ने गर्छन् ।  
नेपालमा भइरहेको विभिन्न अधिकारमुखी द्वन्द्वबाट उत्पन्न असहज एवं मृत्युवरणसम्मको घटनामा कुन पक्षको बढी दोष छ भनेर पुष्टि गर्न प्रत्यक्षदर्शीसँग कुरा गरेर सूत्रकथाको खोजी गर्नुपर्छ ।  यस्तो परिस्थितिमा सबैभन्दा पहिला बाँचेकाको बारेमा समाचार लेखिदिनुपर्छ ।  त्यसले देखेको, भोगेको कुरा अर्को निष्पक्ष स्रोतसँग परीक्षण गरी प्रकाशन वा प्रशारण गरिनुपर्छ ।  जसले गर्दा समयमै उपचारको आवश्यकता रहेकालाई सम्बन्धित ठाउँमा पु¥याउन सकिन्छ ।  त्यसैगरी कसरी उद्धार भयो लगायतका कुरालाई बढी ध्यान दिनुपर्छ ।  आपतविपत एवं हिंसाका बेला पत्रकारले मृतकको सङ्ख्या यकिन नगरिकनै सम्प्रेरण गर्ने समस्या अझैसम्म यथावत् छ ।  शान्तिका लागि पत्रकारिता गर्नेले सबैभन्दा पहिला मृतक वा हराएका मानिसको नाम, उमेर, ठेगाना, पहिरन र आकृतिबारे प्रत्यक्षदर्शी, उद्धारकर्मी वा सरोकारवालासँग प्रस्ट हुनुपर्छ ।
एउटा सञ्चारकर्मीले मृतकको शारीरिक अवस्थाबारे लेखेको समाचारकै कारण मृतकका आफन्तहरू वेदना सहन गर्न नसकेर बेहोस हुने वा बहुलाउनेसम्मको अवस्थामा आउन सक्छ ।  मृतकको शारीरिक अवस्था भनेको गिदी निस्केको, आँखा निस्केको, टाउँको छिनेको, डढेर कालो भएको लगायतका अवलोकन वा स्रोतबाट आएका कुरामाथि ध्यान दिनुपर्छ ।  विभिन्न अधिकारमुखी आन्दोलन, हत्या, हिंसाको बेला यस्तो कुरा समाचार नआएको भने होइन ।  सामाजिक सञ्जालमा मात्र नभई मूलधारको सञ्चार माध्यममा समेत यस्ता खालका कुरा आउन नदिन ध्यान दिइनुपर्छ ।
नेपाली पत्रकार राजनीतिक झुकाव र वैचारीकरणले अत्यधिक प्रभावित भएका कारण शान्तिका लागि पत्रकारिता सबैले गर्न नसकेको यथार्थ छ ।  राजनीति पार्टी र राजनीतिकर्मीको लगानी भएको सञ्चार माध्यममा मात्र नभई व्यक्तिगत, सामुदायिक र सामूहिक लगानीमा सञ्चालित सञ्चार माध्यमका सञ्चालक र त्यसमा काम गर्ने श्रमजीविसमेत झुकाव र वैचारीकरणले अध्यधिक सङ्क्रमित भएको अवस्था छ ।  तथापि, केही सञ्चार माध्यम र सञ्चारकर्मीले शान्तिका लागि पत्रकारिता गरिरहेको अवस्था छ ।  अहिलेलाई त्यो सङ्ख्या एकदमै कम होला ।  जसले अमृत बाँड्ने काम गरेको छ ।  किनभने आग्रह, पूर्वाग्रह र पक्षपाती सोच राखेर गरिने पत्रकारिताले मन्द अथवा कडा विष फैलाएर अन्ततः समाजलाई द्वन्द्वतर्फ अभिप्रेरित गरिरहेको हुन्छ ।  त्यसकारण पनि समाजमा हिंसारहित वातावरणको निर्माण गर्न शान्तिका लागि पत्रकारिता गर्नुपर्छ ।   

प्रकाशित मिति: २०७४/७/२३

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना