सवारी साधन निषेधपछिको ठमेल

विमान लिम्बू

 

नेपालको प्रमुख पर्यटन केन्द्र ठमेललाई यही कात्तिक ६ गतेदेखि सवारी प्रवेश निषेधित क्षेत्र घोषित गरिएको छ । पुराना र साँघुरा सडक त्यहीँभित्र सयौँ होटल भएकोले ठमेल केही वर्षदेखि अस्तव्यस्त थियो । शान्त वातावरण खोज्न र विदा मनाउन आएका पर्यटकलाई सवारीको होहल्लाले निकै सताएको थियो । बेला बखतमा हुने ट्राफिक जामले पनि मानिस गन्तव्यमा जान सकेका थिएनन् । खासगरी नयाँ वर्ष, क्रिसमस र अन्य चाडपर्वको बेलामा ठमेलभित्र सवारी साधन छिराउन र बाहिर निकाल्न ज्यादै कठिनाई पर्ने गरेको तथ्य सबै सामु प्रष्ट छ । ठूला सवारीसाधन ठमेलभित्र लैजान रोकिएको त धेरै वर्ष भइसक्यो । अहिले ट्राफिक प्रहरीले ठमेललाई सवारी निषेधित काम गरेको छ पर्यटक निर्धक्कसँग हिँड्न पाएका छन् । साँघुरा सडक पनि फराकिलाजस्ता लाग्न थालेका छन् । जथाभावी तीव्र गतिमा मोटरसाइकल चलाउनेलाई यस नयाँ व्यवस्थाले उपचारै गरिदिएको छ । सवारी दुर्घटनाको डर, गास पनि हटेको छ । अत्यावश्यक मानिने दमकल, एम्वुलेन्स, पानी ओसार्ने टैंकर र ठमेलभित्रै घर पसल भएकालाई परिचय पत्र हेरेर छाडिदिने व्यवस्था छ । ठमेल क्षेत्रलाई पार्किङ निषेध र सवारी प्रवेश निषेध क्षेत्र घोषित गरी थप ट्राफिक प्रहरी परिचालन गरिएपछि पर्यटन व्यवसायी ज्यादै खुशी भएका छन् तर सवारी प्रवेश निषेध गरेर मात्रै सबै समस्याको समाधान हुँदैन । सवारी साधन नभएका मानिस कमै छन् । सबैलाई आवतजावत गर्न र सामान ओसार्न आखिर मोटर त चाहिन्छ नै सवारी पार्किङको उचित व्यवस्था नगरी एक्कासि सवारी निषेधित क्षेत्र घोषणा गर्दा एउटा अर्कै तरङ्ग यस क्षेत्रमा उठेको छ । ठमेल वरिपरि घर भएका र यहाँभित्र व्यापार व्यवसाय गर्नेलाई विशेष खालको परिचयपत्र दिएर सवारी पास दिनुपर्ने स्थिति छ । त्यस्तै ठमेल वरिपरि निश्चित ठाउँमा चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी पार्किङको व्यवस्था हुनु जरुरी छ । पार्किङस्थलको व्यवस्था नगरी सवारी निषेधित गर्दा तनाव र भनाभन हुने निश्चित छ । त्यसैगरी ठमेलभित्र रिक्सा र अन्य सानातिना ठेलागाडालाई निर्वाध जान आउन दिइन पर्छ कमजोर र अशक्त मानिसका लागि ह्वील चेयरको प्रबन्ध गरिनुपर्छ ।
विश्वका अन्य भागमा पनि ऐतिहासिक र सांस्कृतिक महìवका सम्पदा वरिपरि जथाभावी सवारीसाधन जान रोक लगाइएको पाइन्छ नेपालको वसन्तपुर, ललितपुर र भक्तपुर दरबार क्षेत्रमा विगतदेखि नै सवारी प्रवेशमा रोक लगाइएको सबैलाई थाहै छ । हाल पनि असन भन्द्रचोकलाई सवारीसाधन निषेधित क्षेत्र घोषणा गरिएको छ तर बैङ्किङ व्यवस्था विना सवारीमा मात्रै रोक लगाउँदा आउन सक्ने नयाँ चुनौतीतर्फ सम्बन्धित निकायले ध्यान दिनैपर्छ । सवारी साधन निषेधित क्षेत्रमा पनि सामान ओसारपसार गर्नै पर्छ । कम प्रदूषण गराउने निश्चित समयमा सामान पु¥याउन दिनुपर्छ । साथै फोहोरमैला उठाउने सवारी साधनलाई रोक लगाइएमा नयाँ समस्या सिर्जना हुन्छन् त्यस्तै ठेलागाडा साइकल र रिक्साको प्रयोगलाई पनि नयाँ ढङ्गले हेरिनु पर्दछ । ठमेललाई पर्यटन क्षेत्रकै रूपमा विकसित गर्ने हो भने एउटा गरुयोजना नै बनाउन जरुरी छ । योजना बनाउँदा सवारी पार्किङको पनि व्यवस्था गरिन’ जरुरी छ । त्यस्तै निश्चित ठाउँमा हरियालीसहितका पार्क, सार्वजनिक शौचालय र मनोरञ्जन स्थल बनाउन जरुरी छ र साइकलमा फलफूल बेच्ने परिपाटी पनि रोक्न आवश्यक देखिन्छ ।
ठमेलका तरकारी, मासु’ र फलफूल पसल अझै व्यवस्थित भइसकेका छैनन् । बाटोमा सामान राखेर बेच्नेले अझै पनि पैदलयात्री र पर्यटकलाई असुविधा भइरहेको छ । योजना बनाउँदा मन्दिर, पाटीपौवा र अन्य ऐतिहासिक सम्पदाको संरक्षण गरी ती सम्पदाको अङ्ग्रेजी र नेपालीमा नामसमेत लेखिनुपर्छ । ठमेल क्षेत्रमा अहिले पनि माग्नेहरू जथाभावी सामान बेच्नेहरू र पर्यटकलाई सताउने व्यत्तिहरू भेटिन्छन् यो समस्या सदाका लागि अन्त्य गरिनुपर्छ ।
त्यस्तै मदिरा र सुर्तीजन्य पदार्थ मात्रै होइन नशालु पदार्थको कारोबार पनि घटेको छैन पर्यटकलाई मनोरञ्जनभन्दा सुरक्षाको समस्या छ । जथाभावी नशालु पदार्थ र मादक पदार्थ सेवन गर्नेले कतिखेर कस्तो अपराध गर्छन् भन्ने थाहा हँुदैन ठमेललाई सुन्दर, शान्त र व्यवस्थित पर्यटन केन्द्र बनाउने हो भने डान्स बार, डिस्को र दोहोरीका साथै मसाज केन्द्रलाई पनि व्यवस्थित गरिनुपर्छ । अहिलेसम्म जतिखेर जसले जस्तो आवाज निकालेर अरूलाई सताए पनि उजुरी गरे पनि प्रहरीले ठाडो कारबाही गर्न सक्दैन सबैले आफ्नो ढङ्गले व्यवसाय चलाइरहेका छन् । व्यवसायलाई मर्यादित, शान्त र सभ्य तरिकाले चलाउन व्यवसायी आफँै सतर्क सजग हुनुपर्छ । एउटा व्यवसायको अनुमति लिएर अर्कै व्यवसाय गर्नेहरू प्रशस्त छन् । त्यस्तै एउटा व्यवसायका लागि कर तिरेर अर्कै व्यवसाय गरी कर छल्ने पनि यदाकदा भेटिन्छन् करै नतिरी व्यसाय गर्नेको सङ्ख्या ठूलै छ ।

प्रकाशित मिति: २०७४/७/२५

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना