कर्णालीको अनिकालभित्र सम्भावना खोजी

रमेश रावल  

 

यसपालिको वसन्त ऋतुको मध्यभागमा खडेरीले भोकमरीको परेको जुम्ला र मुगुका केही ठाउँमा जाने अवसर जु¥यो ।  ती ठाउँमा हेर्दै जाँदा जान्ने र बुझ्ने मौका पाइयो ।  जान्ने बुझ्ने क्रममा स्याउका बिरुवामा फुलेका फूलले खडेरीको बीचमा पनि यहाँका जनताको भाग्य र भविष्य दर्शाइरहेको थियो भने सिँचाइ सुविधा नभएको ठाउँमा स्याउ, फूलहरू फुलेर झरेको देख्दा दयनीय  र निर्दयी प्रकृतिलाई अपार लीला भन्न सबैलाई बाध्य पाथ्र्यो ।  
जुम्लाको सिजा भेगका खेतमा धानका बेर्ना राखिएका थिए ।  खेतमा गहुँ बाली निकै हरियो देखिथ्यो ।  सिञ्जाका ज्युलाहरूलाई हेर्दा कसैले पनि भोकमरीमा कर्णाली परेको होला भन्ने अनुमान गर्न सक्दैन ।  नजिकै स्याउ बारीमा फुलेका स्याउका फूलले झन् रोमाञ्चक बनाउथ्यो ।  जुम्लाको सिजा भेग बगिरहेको सिजा खोलाको सिँचाइ ती खेतलाई हरियो बनाएको थियो ।  अलि पाखामा हुने गाउँमा खानेपानीको समस्या रहेको थियो ।  पाखा डाँडा निकै सुख्खा देखिन्थे ।  जुम्लाको सिँचाइ व्यवस्था कर्णालीका अन्य क्षेत्रभन्दा राम्रो छ ।  यहाँको भूगोलले पनि यसलाई साथ दिएको छ ।  भूगोलको साथै यहाँका मानिसमा विकासे चेतनाले ठूलो काम गरेको छ ।  
सडक सञ्जालको सबै ठाउँमा राम्रो पहुँच भएका जुम्लामा यहाँका मानिसले राम्रो कृषि उत्पादन गर्छन् ।  जुम्ला बिराट गाविसको देवसरा बुढा भन्नुहुन्छ– ‘हामीले स्याउ अरू केही बेच्नुपर्दैन हामीले आलु बेचेर पनि राम्रो आम्दानी लिन सक्छौँ । ’ जुम्ला अहिले आलु निर्यात गर्ने जिल्लाका रूपमा परिचित छ ।  
अलि माथि लेक काटेर मुगुमा जिल्लामा पुग्दा केही समस्या बढेको देखिन्थ्यो ।  यहाँ पनि सिँचाइ व्यवस्था राम्रो नभएका सुख्खा र खडेरीका कारणले पाखो जमिन सबै धुलो–धुलो फुस्रा डाँडामा परिणत भएका थिए ।  केही ओसिलो ठाउँमा हरिया गहुँ र जौका बिरुवा नभएका होइनन् ।  यहाँका स्याउ बारीमा पनि स्याउमा बिरुवा निकै राम्रा थिए ।  स्याउमा फूलले यहाँको अन्य दुःखकष्टलाई भुलाइदिथ्यो ।  पशुपालनमा रहेका मुगाली भेडाब्राखा पीपीआर रोगका कारणले स–साना बथान मात्र देखिन्थे ।  मुगाली खडेरीको मारमा कति परेका रहेछन् भन्ने कुरा रारा ताल क्षेत्रमा सुकेमा अझङ्गका ठुल्ठूला रुखले दिइरहेका थिए ।  
विमान (चिलगाडी) कुर्नेको कथा
मुगुको ताल्चा विमानस्थलमा गुल्मी अर्घाले नगरपालिका घर भएका प्रहरी जवान ऐवबहादुर खत्री मुगु जिल्ला ताल्चा विमानस्थलमा भेटिनुभयो ।  खत्रीले जिल्ला प्रहरी कार्यालय मुगुबाट घरबिदा पाएको एक हप्ता भयो तर उनी घर जान सकेका छैनन् ।  
प्रहरी जवान खत्रीले आफ्ना बुवा सिकिस्त बिरामी भएको, त्यसै कारणले घरबिदा लिएको तर लामो समयदेखि हवाईजहाजको टिकटका लागि बसिरहेको लामो समय बस्दा पनि टिकट पाउन नसकेको अनुभव सुनाउनुभयो ।  
धेरै दिनदेखि हवाईजहाजको टिकटको पर्खाइमा रहेका मुगु सुकाढिक गाविसका ७४ वर्षीय भैरवबहादुर कार्कीको कथा खत्रीको जस्तै छ ।  उनले पनि टिकटका लागि चार दिनदेखि विमानस्थल नजिकको होटेलमा बसिरहेका थिए ।   
मुगुमा सडक सञ्जाल छोएको भए पनि यात्रुवाहक यातायातका साधन चल्दैनन् ।  ट्रक, ट्याक्टर खाद्यान्नलगायतका अन्य वस्तु बोक्ने गरेका छन् ।  यातायातका साधन नचल्दा मुगुका बासिन्दालाई सडकले छोएपछि भारी बोक्ने चलनको अन्त्य भए पनि यात्राका लागि हवाईजहाज (चिलगाडी) कुर्नुपर्ने बाध्यता छ ।  
मुगुको ताल्चा विमानस्थलमा हवाई टिकटका लागि निकै लामो समय कुर्ने अवस्था छ ।  हवाई टिकट पाउन पनि ठूलो सोर्सफोर्स लगाउनुपर्ने अवस्था छ ।
सडक सञ्जालले छोएपछि सहज हुने भनिएको मुगुको जनजीवन अझै कष्टकर छ ।  जुम्लाको नाग्मदेखि मुगुको गमगढीसम्मको ९५ किलोमिटर सडकखण्ड निकै साँघुरो भएका कारणले यातायातका ठूला साधन यात्रुवाहक साधन चल्दैनन् ।  
सडक सञ्जालले छोए पनि त्यसको स्तरउन्नति हुन नसक्दा समस्या उत्पन्न भएको, सडक साँघुरो भएका कारणले सवारीका साधन चल्न नसकेको जुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामदत्त रावलले बताउनुभयो ।
कर्णालीको आर्थिक विकासकै आधारका रूपमा लिइएको पछिल्लो चरणमा रारा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ ।  पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका युवा मोटर चढेर रारा घुम्न आउन थालेका छन् ।  कर्णाली राजमार्गअन्तर्गत नाग्मादेखि मुगुको गमगढीसम्मको ९५ किमि सडकखण्ड आएपछि यहाँ आउने आन्तरिक पर्यटक बढेका हुन् ।  
राजमार्गसँगै मुगुको ताल्चा विमानस्थल केही स्तरउन्नति भएका कारणले आन्तरिक पर्यटक आउन थालेको रारा डाँफे होटेलका म्यानेजर लोकेन्द्र बमले बताउनुभयो ।  ‘पहिलाभन्दा आजभोलि आन्तरिक पर्यटक निकै आउने गरेका छन् ।  
रारास्थित डाँफे होटलका म्यानेजर बमका अनुसार असोज महिनादेखि काठमाडौँ र पोखरादेखि मोटरसाइकल चढेर रारा आउने युवाको सङ्ख्या दुई हजारभन्दा बढी पुगिसकेको छ ।   
विगतका वर्षमा सडक यातायात सञ्चालन नहुँदा रारा पुग्नलाई महँगो हवाई यातायात प्रयोग गर्नुपथ्र्यो, जसका कारण पर्यटकको सङ्ख्या पनि कम थियो ।  अहिले सडक सञ्जालले छोए पनि सडक साँघुरो भएका कारणले केही कम पर्यटक आउने गरेको, सडकको स्तरउन्नति भए अझै यो सङ्ख्यामा दोब्बर वृद्धि हुने अपेक्षा गरिएको छ ।  
पाँच दिन लगाएर मोटरसाइकलबाट रोल्पादेखि रारा आइपुगेका बेगम रोक्का क्षेत्रीले सडक साँघुरो भएका कारणले मोटरसाइकल चलाउन अप्ठ्यारो भए पनि रारा स्वर्ग रहेको बताउनुहुन्छ ।  कर्णाली राजमार्गको अन्य ठाउँमा त्यति अप्ठ्यारो नभए पनि नाग्मदेखि ताल्चासम्मको सडकमा केही अप्ठ्यारो मोटरसाइकलमा रारा पुग्न सजिलो भएको भक्तपुर जिल्लाबाट रारा घुम्न आइपुगेको सुरज अधिकारीको भनाइ छ ।  ‘यो रारा पर्यटकीय स्थलमात्र नभई सहासिक खेलका लागि उपयुक्त स्थान भएकाले आफूहरूको अभियान रारामा मोटर रेस गर्न सकिने सन्देश विश्वमा फैलाउनु सकिने छ । ’
रारा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पूर्वाधारको अभाव छ ।  तालमा आनन्द लिनका लागि तीनवटा बोट भए हाल एउटा मात्र सञ्चालनमा छ ।  त्यो पनि सबैजनाले मज्जा लिन पाउँदैनन् ।  ताल वरिपरि घुम्नका लागि साइक्लिङ र घोडचढीको व्यवस्था नभएकाले पर्यटकले राराको मज्जा लिन सकेका छैनन् ।  त्यसैले रारामा पर्यटक आकर्षित गर्न पूर्वाधारको व्यवस्था गर्नुपर्ने रारा तालमा भेटिएका कालिकोट थिप्र्रुका हस्तबहादुर बमले जनाउनुभयो ।  राम्रो सेवा सुविधा नभएका कारणले केही समस्या रहेका छन् ।  घुमाइले कर्णाली अभावको भोकमरीको क्षेत्र मात्र होइन अथाह सम्भावना रहेको क्षेत्र हो भन्ने कुरा निःसन्देह लाग्यो ।  काम ग¥यो भने अभाव र भोकमरी मात्र होइन सम्भावनामा धेरै कुरा छन्, अब त्यसको खोजी गरेर अगाडि बढ्न सके हुने थियो ।  

प्रकाशित मिति: २०७४/७/२९

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना