गुणले परिपूर्ण मखना

गणेशकुमार लाल

 

हाम्रो स्वास्थ्य धेरै कारक तìवमा निर्भर गर्दछ ।  जस्तै हामीले खाने गरेको सन्तुलित खाद्य पदार्थ, जीवनशैली, पारिवारिक पृष्ठभूमि इत्यादि, तर यी सबैमा खाद्य पदार्थको भूमिका अत्यन्त महìवपूर्ण छ ।  किनभने हाम्रो दैनिक जीवनको ऊर्जाको आपूर्ति यसबाट नै हुन्छ ।  भोजनबाट हाम्रो शरीर र टाउकोमा प्रत्यक्ष प्रभाव पर्न जान्छ, साथै हामी राम्रोसँग काम गर्नमा सफल हुन्छौँ ।
नेपाल वनस्पतिको लागि प्रसिद्ध छ ।  हाम्रो देशमा किसिम–किसिमका वनस्पति प्रकृतिले बरदान स्वरूप दिएको छ ।  जसमध्ये एउटा हो मखना ।  जलस्रोेतको धनी रहेको देश नेपालको जलिए वनस्पति हो मखना ।  यो जल भण्डार भएको ठाउँमा उत्पन्न हुन्छ ।  यसको उत्पादन नेपाल, भारत, चीनलगायत दक्षिण पूर्व एसिया रहेको छ ।  प्राचीनकालदेखि नै यसको उपयोग भइरहेको छ ।  यसमा प्रशस्त मात्रामा पौष्टिक पदार्थ पाइन्छ ।  यो औषधीय गुणले परिपूर्ण छ ।  सामान्य रूपमा यसको सेवन गर्नाले निकै लाभ प्राप्त हुन्छ ।
अङ्गे्रजीमा यसलाई लोटस सीड्स भनिने गरिन्छ ।  यो स्वादले परिपूर्ण छ ।  जलमा उत्पन्न हुने यो वनस्पति र यसको पात अनौठो आकार प्रकारको हुन्छ ।  यसको फूल निकै आकर्षक हुन्छ ।  बीउको बाहरी भाग ठूलो खोलभित्र बीउ निकै सुरक्षित अवस्थामा रहिरहन्छ ।  जलबाट निकाली सामान्य प्रशोधन प्रक्रिया अपनाई यो मानिसले खानेयोग्य हुन जान्छ ।  बीउको बाहिरी भागमा धेरै काडा भएकाले यसलाई जलिए जन्तुले हानी पु¥याउन अति कठिन हुन्छ ।  पोखरी, ताल, तलैयामा गएर वीउलाई टिपनु सिद्धलहस्थ किसाले मात्र गर्न सक्छन् ।  यो बहुउपयोगी र संस्कृतिसँग गासिएको र हाम्रो धार्मिक परम्परामा अति उपयोगी वनस्पति हो ।    
मखनाबाट हुने मुख्य फाइदालाई यहाँ उल्लेख गरिएको छ ।  मखनामा एन्टीआक्सिडेन्टस धेरै मात्रामा हुन्छ ।  यसले फ्री रेडिकल्सको हानीलाई प्रभावहीन बनाई दिन्छ ।  फ्री रेडिकल्स पर्यावरणसँग सम्बन्धित प्रकाश र प्रदूषणबाट उत्पन्न हुन्छ ।  यस क्रियाको आंशिक प्रभाव हाम्रो शरीरमा पर्न जान्छ ।  तर मखनामा उपलब्ध भएका गुुणले गर्दा यसो हुन पाउँदैन ।
मानिसले खाने वस्तुमा पनि उसको पेटको स्वास्थ्य निर्भर रहन्छ ।  स्वास्थ पेटका लागि चाहिने महìवपूर्ण वस्तु भनेको रेसा (फाइबर) हो ।  रेसा भएका वस्तु खाने गरेमा पेट सफा रहन्छ ।  रेसा एक प्रकारको कार्बोहाइड्रेट हो, जसलाई सानो आन्द्राले विघटन गर्न सक्दैन ।  पर्याप्त मात्रामा रेसायुक्त खाना खाने गरेमा पेट सफा रहन्छ ।  मखनामा रेसा प्रशस्त मात्रामा पाइन्छ ।
मखनामा प्रोटिन पाइन्छ ।  यसमा कम मात्रामा ग्लाइसेमिक इंडेक्स भएको कार्बोहाइडे«ट पनि पाइन्छ ।  
आयुर्वेदशास्त्रअनुसार मखना पेटलाई भरिरहन्छ, जसले गर्दा भोक कम लाग्छ ।  यो स्वादमा अलि मिठो हुन्छ र पाचन क्रियालाई ठीक राख्नमा सहयोग गर्छ ।  मखनाको सेवन गर्नाले शरीरमा चिसो उत्पन्न गर्छ र शरीर भित्रको हावा र अग्निमा सन्तुलन बनाएर राख्छ ।  ग्यास र रक्तस्त्रावसँग गासिएको मासिक चक्र र नाकसम्बन्धी रक्तस्त्रावलाई नियन्त्रित गर्नका लागि मखनाको सेवनले लाभ पु¥याउँछ ।  यो मुटु र फोक्सोको लागि लाभप्रद छ ।
घीउमा तारिएको मखना स्तनपान गराउने आमाहरूका लागि निकै पौष्टिक खाद्य पदार्थ हो ।
सामान्यरूपमा यसको उपयोग भाइटीका, लक्ष्मीपूजा, छठ पूजा, गणेश उत्सव, होली, दीपावलीजस्ता हाम्रो संस्कृति, रीतिरिवाज, वैवाहिक उत्सव र अन्य माङ्गलिक कार्यमा यसको उपयोग बढी मात्रामा गरिन्छ ।  पानको मसालामा पनि यो सर्वाधिक उपयोग गरिने वनस्पति हो ।
अलिगता वटर (मक्खन) सँग मखनालाई भुटेर सुपमा मिसाउँदा सुपको स्वाद र त्यसको पौष्टिकता बढ्न जान्छ ।  मखनाको चटनी बदाम र तोरीको दाना र आफ्नो पसन्द, स्वादअनुसार अन्य मसला मिलाई राम्रोसँग पेष्ट बनाई आफूले खाने गरेको भोजनमा सम्मलित गराएर अथवा स्नैक्ससँग खादा भोजन स्वादिलो र आनन्द दायक हुन्छ ।
    दूधसँग मखनाको खीर निकै स्वादिलो बन्दछ ।  यसमा किसमिस र पिस्ता –बदाम मिलाएर खादा भोजन स्वादिष्ट हुन जान्छ ।  ध्यूमा मखनालाई भुटेर त्यसमा कालो नून मिसाएर पनि खान सकिन्छ ।  गोलभेडाको पेष्टमा तयार गरिएको पनिरमा मखना मिसाई खानाले स्वाद बढ्न जान्छ र हेर्दा खाउँ –खाउँ लाग्छ ।     हृदयघात र मस्तिष्कघातको जोखिम कम गर्न उच्च रक्तचापलाई नियन्त्रणमा राख्नु जरुरी हुन्छ ।  उच्च रक्तचापले मिर्गाैलामा पनि विस्तारै क्षति पु¥याइरहेको हुन्छ र आँखा पनि यसको प्रभावबाट अछूतो रहँदैन ।  मखना खानाले यसमा भएको रासायनिक तìवले उच्च रक्तचापलाई नियन्त्रणमा राख्नमा सहयोग पु¥याउँछ ।  यी सबै महìव भएकाले गुणले परिपूर्ण छ मखना ।  

प्रकाशित मिति २०७४/८/२

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना