स्वस्थ परिवार निर्माणका आधार


राजेन्द्र दाहाल




विश्व समुदायको जीवनको सर्वाधिक महìवको सामाजिक एकाई वा संस्था परिवार हो ।  मानिसले जीवनका ठूला र महìवपूर्ण उपलब्धि हासिल गर्दा पारिवारिक सदस्यको भूमिका उल्लेखनीय भएको पाइन्छ ।  जीवनको अधिक समय पारिवारिक सदस्यसँग बिताउन पाउदाका खुसी अरू उपलब्धिसँग तुलना हुनै सक्दैन ।  रोग चिन्ता खुसी आनन्दजस्ता जिवनका अवयवहरूमा परिवार नसम्झने सायदै पाइएला ।  त्यसैले जीवन आनन्दको महìवपूर्ण स्रोत पारिवारिक सुख हो ।  यो कुरा सबैलाई थाहा छ तर धेरैले पारिवारिक सुखका अनुभव लिन सकिरहेका छैनन् पारिवारिक सम्बन्धमा विचलन यसको मूल कारण हो ।  
पारिवारिक सम्बन्धमा विचलन आउने विभिन्न कारण छन् जस्तै परम्परागत पारिवारिक संरचनामा भइरहेको परिवर्तन, शिक्षा र प्रविधिको विकासमा नयाँ र पुराना पुस्ताबीचको फरक बुझाई, जीवनशैलीमा आएको तीव्र परिवर्तन, खानपान, आर्थिक स्थिति, सन्तान र यौन आदी आदी ।  जव पारिवारिक सम्बन्धमा विचलन शुरु हुन्छ तव तनाव सिर्जना हुन्छ ।  तनावले निन्द्रा बिग्रिन्छ ।  अनिन्द्राको कारण ग्यास्ट्रिक मधुमेह उच्च रक्तचाप माइग्रन डिपे्रसन जस्ता रोग देखा पर्दछन् ।  रोगका कारण समय र पैसाको क्षति हुँदा परिवारमा आर्थिक विचलनको प्रवेश हुन्छ ।  यससगै पारिवारिक सम्बन्धमा दरार मात्र पैदा हुँदैन आरोप प्रत्यारोप अविश्वास र झैझगडा समेत हुन्छ ।  यसकारण पारिवारिक स्वास्थ बिग्रन्छ ।  पारिवारिक स्वास्थ निरन्तर रूपमा बिग्रदै गएको अवस्थामा समय र पैसाको मात्र क्षति होइन ब्यक्ति लागु औषध तथा हत्या हिंसाको बाटोतर्फ फस्न पुग्दछ अकालमा ज्यान गुमाउनुपर्ने स्थिति सिर्जना हुन पुग्छ ।  आत्माहत्याका घटना वृद्धि हुन्छन् ।  जापानमा हुने सन्सारकै बढी आत्माहत्याका घटना हुन् यात युरोप अमेरिकामा घट्ने मास् सुटर घटना नै किन नहुन् यी सबै घटनाका पछाडि पारिवारिक सम्बन्धको विचलनले भूमिका निर्वाह गरेको अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ ।
अशिक्षा गरिबी अभाव र अन्यायबाट जब मानिस प्रताडित हुन्छ जब जब मानिसले आफ्नो रुचि र क्षमताभन्दा बढी र बाहिरको काम गर्न थाल्छ तब आर्थिक व्यवस्थापन चुस्त दुरुस्त राख्न सक्दैन यतिमात्र होइन परिवार साथीभाइ नाता सम्बन्धमा समय कम दिने एक्लो र एकान्त मन पराउने बानीले उसमा तनावको सिर्जना हुन्छ ।  तनावमा सम्पादन भएका कार्यको प्रतिफल कम गुणस्तरको हुँदा कार्य सम्पादनमा ह्रास आउँछ ।  व्यक्ति परिवार साथिभाइ नाता सम्बन्धमा असहयोगका कारण आफू समस्यामा परेको धारणा विकास गर्दै उनीहरू प्रतिको दृष्टिकोण नै नकारात्मक बनाउन पुग्छ ।  तनावको वृद्धि परिणाम स्वरूप विविध रोगका लक्षण देखा पर्छन् ।  उपचारका लागि अस्पताल जानुपर्ने उपचारमा परिवारका अन्य सदस्यसमेतको साथ चाहिने कारण समग्र परिवारका सदस्यको कार्यसम्पादनमा ह्रास आउँछ ।  यसको प्रत्यक्ष प्रभाव परिवारिक अर्थ व्यवस्थामा पर्छ ।  एकातर्फ समय व्यवस्थापन आर्थिक चुनौती थपिदै जाँदा पारिवारिक असमझदारी मनमुटाव आरोप प्रत्यारोप असहयोग बढ्ने अर्कोतर्फ पारिवारिक नियन्त्रण गुम्नसस्ने कारण छोराछोरी कुसङ्गत र कुलतमा फस्ने अवस्थाले पारिवारिक स्वास्थ बिग्रिएर जान्छ ।
सक्षम पारिवारिक नेतृत्व पनि कम चुनौतीको विषय होइन ।  राजनीतिक रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका व्यक्तित्वको पारिवारिक मामला अध्ययन गर्दा पनि यस कुराको थप पुस्ट्याइ मिल्छ ।  त्यसैले स्वस्थ पारिवारिक जीवनको महìवपूर्ण पक्ष सक्षम पारिवारिक नेतृत्व पनि हो ।  असक्षम पारिवारिक नेतृत्वकै कारण परिवारका सदस्य असफल हुने सन्तानको काम र चिन्ताले तनाव सिर्जना हुने अनिन्द्रा रोग आर्थिक क्षति आरोप प्रत्यारोप अविश्वास झैझगडा समेत वृद्धि हँुदा यावत रूपले पारिवारिक स्वास्थ बिग्रिएर जान्छ ।
जबसम्म पारिवारिक सदस्यबीच असहयोग असमझदारी विद्यमान रहन्छ तबसम्म स्वस्थ परिवारको कल्पना गर्न सकिँदैन ।  स्वस्थ परिवारको निर्माणका लागि पारिवारिक सदस्यबीच सहयोग समझदारीको अभिवृद्ध्रि नितान्त जरुरी छ ।  नेपाली समाजको पितृसतात्मक पारिवारिक संरचना यसको अपवाद हुन सक्छ ।  चुलो चौका र घरभित्रको काम महिलाले मात्र गर्नुपर्ने घर वाहिरको काममा महिला संलग्न हुन नहुने सोचका कारण परिवर्तित जिवनशैली र पारिवारिक संरचनामा पितृसतात्मक सोचको हाविले असमझदारी तथा तनाव सिर्जना हुने अनिन्द्रा रोग आर्थिक क्षति आरोप प्रत्यारोप अविश्वास झैझगडा समेत बृद्धी हुदा यावत रूपले पारिवारिक स्वास्थ बिग्रिएर जान्छ ।
पारिवारिक सदस्यविच एक अर्कालाई बुभ्mने र सम्मान गर्ने बानीको अभाव हुदा बुभ्mने र सम्मान गर्ने प्रयास नहुँदा स्वस्थ परिवारको निर्माणमा अवरोध सिर्जना हुनपुग्दछ ।  परिवारका सदस्यहरूको सोचविचार इच्छा आकांक्षा आनिबानी बुझेर काम गर्ने र एकले अर्काको कामको प्रशंसा गर्ने सम्मानजनक साइनो सम्बन्ध बोलीचाली स्थापित भएमा स्वस्थ परिवारको निर्माण हुन्छ ।
पारिवारिक सदस्यमा एक अर्काको आम्दानी खर्च र बचतको स्थितिको बारेमा जानकारी हुन आवश्यक छ ।  कसले कति आम्दानी गर्छ कहाँ खर्च भइराखेको छ कसलाई समस्या परेको छ भन्ने जानकारीले सदस्यमा दायित्वदोध हुन्छ। हिसाव किताबमा पारदर्शिताले एक अर्काप्रति विश्वासको वातावरण सिर्जना हुने कारण स्वस्थ परिवारको निर्माणमा आर्थिक हिसाव किताबमा पारदर्शिताको भूमिकालाई पनि उच्च प्राथमिकतामा राख्न सकिन्छ ।
आधुनिकिकरणको नाममा पारिवारिक सांस्कृतिक विचलन देखासिकी नक्कल आडम्वर र तामासी भोजन फेसन गहना भोजभतेर र भेटघाट जस्ता कार्यले परिवारमा विकृति भित्रन्छ ।  पारिवारिक कलह सिर्जना हुन्छ यस कारण पनि पारिवारिक स्वास्थ बिग्रिएर जान्छ ।  त्यसैले यस्ता विकृतिजन्य कुराबाट आफु र आफ्नो परिवारका सदस्यलाई टाढै राख्न सके पारिवारिक स्वास्थ बचाउन सकिन्छ ।
यसरी स्वास्थ परिवारको निर्माणमा मनोवैज्ञानिक उपायको अवलम्वन बदलिदो परिस्थितिमा अति उपयोगि हुन सक्ने कारणले विश्व ब्यापी रूपमा योग ध्यानको माध्यमद्वारा मानिसको चेतना अभिवृद्धी गरी स्वस्थ परिवारको निर्माणमा सक्षम पारिवारिक नेतृत्व पारिवारिक सहयोग पारिवारिक सदस्य विच एक अर्कालाइ बुभ्mने प्रयास पारिवारिक सदस्यमा एक अर्कालाई सम्मान गर्ने बानी हिसाब किताबमा पारदर्शिता एक अर्काप्रति विश्वासको वातावरण सिर्जना सात्विक भोजन छलफल ब्यायाम उचित परिश्रम सुमधुर पारिवारिक सम्बन्ध शिक्षा र प्रविधिको विकासमा नयाँसगै पुराना पुस्ताको चासो र चाखमा अभिवृद्धि गरी जिवनशैलीमा आएको तीव्र परिवर्तनलाई समेत समायोजन गर्ने प्रयास भएमा निश्चित रूपमा हामीले स्वस्थ परिवार र समाजको निर्माणमा सफलता हात पार्न सक्छौ ।  
 

प्रकाशित मिति २०७४/८/२

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना