प्रचण्डपुत्र प्रकाश दाहालको निधन

prakash-dahalकाठमाडौँ, मङ्सिर ३ गते ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)पुत्र प्रकाश दाहालको हृदयघातका कारण आज बिहान निधन भएको छ । बिहान ४ बजे उहाँलाई अचेत अवस्थामा थापाथलीस्थित नर्भिक अस्पतालमा पु¥याइएको थियो । 

अस्पतालमा पु¥याइएलगत्तै केही बेरमा निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनको निधनको खबर फैलिएसँगै अस्पतालमा माओवादी कार्यकर्ता तथा पत्रकारको बाक्लो उपस्थिति रहेको छ । शनिबार बेलुकी सामान्य बिरामी भएपछि जाउलो खाएर सुतेका दाहाललाई राति हृदयघात भएको थियो । 

 झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना