‘कुनै हालतमा चुनाव रोकिँदैन’

 

मानबहादुर साउद

 

sheer bahadur deubaअमरगढी, मङ्सिर ४ गते । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा चुनाव नरोकिने बताउनुभएको छ । नेपाल प्रेस युनियन डडेल्धुराले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री देउवाले चुनावलाई लक्षित गरेर उम्मेदवार र प्रचारप्रसार टोलीमाथि बम प्रहारजस्ता गतिविधि भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले देशभरका विभिन्न ठाउँमा भइरहेका बम आतङ्कको भत्र्सना गर्दै चुनावविरोधी गतिविधिमा संलग्न जोसुकैलाई पक्राउ गरी कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको बताउनुभयो ।
“चुनावलाई लक्षित गरेर भइरहेका शृङ्खलाबद्ध आक्रमणको जवाफी कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको छु”, गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले भन्नुभयो, “चुनावविरोधी गतिविधि नियन्त्रण गरेर स्वच्छ र भयरहित वातावरणमा चुनाव सम्पन्न हुन्छ । ”
विप्लव माओवादीले देशभर चुनाव रोक्नका लागि गतिविधि सञ्चालन गरिहेको भन्ने कुरा आइरहेको भन्दै त्यो कुनै पनि हालतमा सरकारका लागि स्वीकार्य हुन नसक्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले सोमबार काठमाडौंँ फर्किएर सुरक्षा निकायको बैठक बसेर विशेष योजनाका साथ चुनाव सम्पन्न गरिने जानकारी दिनुभयो ।
चुनावविरोधी गतिविधिमा संलग्नलाई कडाभन्दा कडा कारबाही हुने जानकारी दिँदै उहाँले चुनावलाई स्वच्छ र निष्पक्ष बनाउनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
चुनावलाई लक्षित गरी प्रदेश ७ का विभिन्न जिल्लामा भइरहेका चुनावी सभालाई सम्बोधन गर्दै नेता देउवाले काँग्रेसले बहुमत प्राप्त गर्नेमा आशावादी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै जिल्लाका चुनावी सभा सम्बोधन गर्दा काँग्रेसप्रतिको जनताको उत्साह र जनलहर देखियो, यसबाट दुई तिहाइ बहुमत ल्याउन कुनै समस्या छैन । ”

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना