ठूलादुर्लुङ कफी उत्पादनमा अब्बल

coffyललितपुर (ठूलादुर्लुङ), मङ्सिर ४ गते । काठमाडौँभन्दा ७० किलोमिटर टाढा ललितपुर जिल्लाको दक्षिण भू–भागलाई कर्णाली जस्तै दुर्गम मान्ने गरिन्छ । उपत्यकाकै रूपमा चिनिएका सो भू–भागमा सडक यातायात पुगे पनि यात्रा सहज छैन तर यहाँका किसानले सो भू–भागलाई एउटा परिचय दिएको छ त्यो हो कफी खेती । 

दक्षिण ललितपुरको पहाडी भू–भाग जहाँ ९२ हेक्टरमा कफी खेती हुन्छ । सात सयभन्दा बढी किसानले छुट्टाछुट्टै रूपमा गर्दैआएको कफी खेतीको कारण त्यस्तो दुर्गम क्षेत्रको जनताको दिनचर्या र जीवनशैली सुध्रिएको छ । वार्षिक २५ मेट्रिक टन उत्पादन हुने कफीका लागि बजारको अभाव छैन । त्यहाँका किसानले सहकारीमार्फत सिधै अन्तर्राष्ट्रिय बजारमा पठाउने गरेको कफी किसान रामप्रसाद दङ्गालले जानकारी गराउनुभयो । त्यहाँका किसानले जर्मनी, कोरिया लगायतका देशमा कफी पठाउने गरेका छन् ।
बजारको अभाव छैन, अर्का किसान रामकृष्ण शर्माले भन्नुभयो, मागअनुसार हामीले कफी दिन सकिरहेका छैनौ । हामी यस्तो दुर्गम क्षेत्रमा बस्छौ तैपनि व्यापारी खोज्दै यहाँसम्म आइपुग्छन्, अहिले २५ देखि ३० मेट्रिक टन मात्र उत्पादन हुन्छ, एक सय मेट्रिक टन उत्पादन भयो भने मात्र हामीसँग आएका माग पूरा गर्न सक्छौँ ।
२०३८ सालमा एउटा नर्सरीबाट यहाँ कफी खेती सुरु भएको थियो । युनाइटेड मिसन टु नेपालले भू–क्षय नियन्त्रणका लागि त्यहाँ कफीको बिरुवा लगाएको थियो तर पछि किसानले यसको महìवबारे थाहा पाएपछि आ–आफ्नो खेतबारीमा पनि लगाउन थाले । खेतबारीमा कफी फल्न थालेपछि किसानले त्यसको बजार खोज्न थाले तर त्यतिबेला यातायातको एकदमै समस्या भएका कारण बजारसम्म पु¥याउन गाह्रो भइरहेको थियो । बजार नपाएपछि कफी त्यतिकै फ्यालिन्थ्यो । रूख बढ्दै गएपछि काटेर फ्यालिन्थ्यो । व्यापारीले दक्षिण ललितपुरमा कफीको राम्रो उत्पादन हुन्छ भनी थाहा पाएपछि मात्र यसको आकर्षण बढेको हो ।
तैपनि यहाँका किसानलाई यसको व्यवसायिक रूप दिनका लागि गाह्रो भइरहेको थियो । समूह वा कुनै संस्था बनाउने अवश्यकता महुसस भयो । सोही आवश्यकता अनुसार २०६०÷६१ मा समूह बनाइयो । सो समूहले प्राविधिक सल्लाह दिनुको साथै बजार खोज्ने काम पनि गर्न थाल्यो । २०६५÷६६ मा कफी सहकारी लिमिटेड नै गठन ग¥यो र सो लिमिटेडले त्यहाँको कफी खरिद गर्न थाल्यो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले शुक्रबार आफ्नो १३ औं राष्ट्रिय कफी दिवस सोही ठाउँमा मनायो । बोर्डले पहिलो पटक किसानको बीचमा यसरी आफ्नो दिवस मनाउँदा किसान निकै खुसी थिए । सो क्षेत्रमा हाल जिल्ला कफी व्यवसायी सङ्घ र जिल्ला कफी सहकारी सङ्घ क्रियाशील रहेका छन् । यहाँको कफीको सबै व्यवस्थापन गर्ने काम यिनै दुई संस्थाले गर्ने गरेको रामप्रसाद दङ्गालले बताउनुभयो । सो क्षेत्रका किसानको आम्दानीको स्रोत भनेकै कफी खेती हो । यहाँका किसानले लगानीअनुसार वर्षिक १० हजारदेखि ५० लाखसम्म कमाइ गर्छन् । यसको प्रशोधन केन्द्र चापागाउँमा रहेको छ ।
महाँकाल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्षसमेत रहनुभएका रामकृष्ण शर्माले यहाँको कफी किसानमाथि सरकारले ध्यान दिएको भए आज विश्वमै नमुनाका रूपमा यसले चिनाउँथ्यो भन्दै जे जति सहयोग भएका छन् सबै निजी क्षेत्रबाट मात्र भएको दाबी गर्नुभयो । सरकारको तर्फबाट पहिलो पटक यहाँ यस्तो कार्यक्रम भइरहेको स्मरण गर्दै शर्माले कफीको बिरुवामा गवारो तथा अन्य रोगले हैरान पारेको छ तर सरकारले कुनै ध्यान नदिएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, यहाँका किसान र सहकारीले आफ्नो तर्फबाट जे जति गरिरहेका छन्, त्यो तारिफ गर्न लायक छ तर त्यसमा सरकारले केही सहयोग गरिदिए राम्रो हुन्थ्यो । उहाँले आफू स्थानीय प्रतिनिधि भएकाले केही बजेट छुट्याएको बताउँदै त्यो नै पर्याप्त नभएको पनि बताउनुभयो ।
बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले ठूलादुर्लुङ दुर्गम क्षेत्र भए पनि निकै आशा लाग्दो क्षेत्र हो तर सरकारले यतातिर कुनै ध्यान नदिएको गुनासो गर्नुभयो । उहाँले त्यहाँका किसानलाई आश्वासन तथा प्रतिवद्धता जनाउँदै भन्नुभयो, तपाइँ अहिले २२ टन कफी उत्पादन गर्दै हुनुहुन्छ, यदि एकसय टन उत्पादन गर्न थाल्नुभयो भने बोर्डले तपाइँको खेतसम्म पक्की सडक बनाउनका लागि पहल गर्नेछ । यहाँको कफीले विश्व बजारलाई लोभ्याएको भन्दै निर्देशक गौतमले यहाँका समस्याप्रति बोर्ड निकै गम्भीर रहेको र कफी खेतीमा देखिएको समस्या चाँडै समाधान गर्ने आश्वासन दिनुभयो बोर्डले त्यहाँका किसानलाई सम्मान पनि गरेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना