चुनावमा नेपाली आमसञ्चार

प्रदिप्नराज पन्त

 

मानिसहरू विजेतालाई मन पराउँछन् तर विजय न त स्वतन्त्र हुन्छ, न त निरपेक्ष नै । मतान्तरले कसैले कसैलाई पराजित गर्दैमा ऊ सर्वथा सर्वमान्य हुन्छ भन्ने पनि होइन किनकि अहिलेसम्म कुनै पनि राजनेताले चुनावमा विजयी भएर सर्वोच्च पद प्राप्त गर्दैमा उसको विचारमा सबै सहमत भएका छैनन् र फरक मत राख्न छोडेका पनि छैनन् । नेपाली पत्रकारले यी तथ्यलाई राम्रैसँग मनन गरेका छन् र फरक विचारलाई पनि आफ्नो सञ्चार माध्यममा उचित स्थान दिने प्रयास गर्छन् भन्ने कुरा पनि निर्विकल्प नै छ तर चुनावमा व्यक्ति जुनसकै पेसा या व्यवसायको भए पनि पक्ष या विपक्षमा हुन्छ । व्यक्तिले फरक विचार पस्किँदैमा उसलाई गलत भन्न मिल्दैन पनि तर पत्रकारले विशेष गरेर चुनावको बेलामा आफ्ना लाखौँ मानिससँग पहुँच भएको सञ्चार माध्यमलाई प्रयोग गरेर आफूलाई मन लागेको कूरा पूर्वाग्राही भएर या मानवीय संवेदनासँग खेलबाड गरेर समाचार सम्पे्रषण गर्न हुँदैन भने कतिपय सान्दर्भिक कुरा जुन संसारभरिका चुनावमा सम्पे्रषण भएका छन्, त्यस्ता सामग्री प्रकाशन गर्न अनिवार्य पनि हुन्छ ।
अहिले नेपालमा पनि प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव आएको छ । लोकतन्त्रमा चुनाव ज्यादै महŒवपूर्ण हुन्छ र यस्तो महŒवपूण कार्यमा राज्यका सबै अङ्गले आआफ्नो तरिकाले भूमिका निर्वाह गर्नुपर्छ । यस सन्दर्भमा सञ्चार जगत््को भूमिका महŒवपूर्णमात्र नभई अपरिहार्यसमेत हुनजान्छ । कतिपय अवस्थामा त सञ्चार जगत््बाट प्राप्त भएको सूचनाको आधारमा नै मतदाताले उम्मेदवारको बारेमा आफ्नो धारणा बनाउँछन् र उम्मेदवारलाई स्वीकार तथा अस्वीकार गर्ने गर्छन् । यसकारण सञ्चार जगत््ले सम्पे्रषण गर्ने सूचना र जानकारी तथ्यमा आधारित हुन पनि जरुरी छ । झन् पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा मतदान गर्दैछन्, त्यस्तो अवस्थामा मात्र दलहरूको घोषणापत्र र नीति कार्यक्रम मात्र नभई उम्मेदवारका व्यक्तिगत विवरण पनि उत्तिकै महŒवपूर्ण हुने हँुदा चुनावसम्बन्धी समाचार र सन्देश सम्पे्रषण गर्दा अधिक सचेतना अपनाउन आवश्यक हुन्छ ।
नेताले कहिलेकाहीँ सञ्चार जगत् आफू र आफ्नो दलप्रति सकारात्मक नभएको र पूर्वाग्राहीसमेत भएको भन्ने प्रतिक्रिया दिने गर्छन् । चुनावको बेलामा त झन् सञ्चार जगत् पूर्वाग्राही भएको भनेर अभिव्यक्ति दिनेको लेखाजोखा गर्न सम्भव नै हँुदैन भने पनि हुन्छ । केही सञ्चार जगत्का सञ्चारकर्मी राजनीतिक दल र नेताबाट प्रभावित भएका हुन पनि सक्छन् तर कहिलेकाहीँ गलत मनसाय नहुँदा नहुँदै पनि अनुभवको कमीले गर्दा कुनै समाचार लेख चुनावमा असन्तुलित हुने गरेको छ । यसैले विशेष गरेर चुनावमा विकसित तथा विकासोन्मुख सबै देशमा सञ्चार जगत् कुनै न कुनै कारणबाट बढी आलोचित हुने गरेको पाइन्छ ।
सञ्चार माध्यमको स्वामित्व र पूर्वाग्रहः
संयुक्त अधिराज्यमा दुई ठूला धनाढ्य रूपर्ट मर्डोक र जोनाथन हाम्र्सओर्थको संयुक्त अधिराज्यबाट प्रकाशन हुने राष्ट्रिय स्तरका धेरै सञ्चार माध्यममा पूर्ण स्वामित्व छ । संयुक्त अधिराज्यको मेडिया रिर्फम काउन्सिलका अनुसार राष्ट्रिय स्तरका ७१ प्रतिशत छापा र अनलाइन माध्यममा मात्र तीन कम्पनीको स्वामित्व छ भने स्थानीय र क्षेत्रीय स्तरका ८१ प्रतिशत सञ्चार माध्यममा पाँच कम्पनीको मात्र स्वामित्व छ ।
अमेरिकाको संविधानमा वाक् तथा प्रकाशन स्वतन्त्रताको प्रत्याभूति गरिएको छ र अमेरिकी यसमा गौरव पनि गर्छन् तर अमेरिकामा पनि सञ्चार माध्यम केही धनाढ्यको हातमा नै सीमित छ । १९८३ सम्म ५० वटा कम्पनीको स्वामित्वमा रहेको अमेरिका सञ्चार माध्यम १९८३ पछि मात्र छ कम्पनीको अधिनमा रहे अर्थात् कम्पनीको व्यावसायिक स्वामित्व छ, ठूला धनाढ्यको हातमा पुग्यो भने हाल अमेरिकाकाको सरकारी स्वामित्वका सञ्चार जगत्बाहेक सबै सञ्चार माध्यमको स्वामित्व १५ जना धनाढ्यको हातमा छ ।
सञ्चार माध्यमको स्वामित्व सीमित व्यक्तिको हुनासाथ सञ्चार माध्यम पूर्वाग्राही हुने र उनीहरूसँग आबद्ध सञ्चारकर्मी पनि पूर्वाग्राही हुन्छन् त ? यसको पक्ष र विपक्षमा वकालत हुने गरेको छ तर हालै २०१७ मा अमेरिकाको चुनाव पछि अमेरिका स्वतन्त्र व्यक्तिको समूहले एउटा गहिरो र ठूलो अनुसन्धान गरेका छन् । स्मरणीय छ, सञ्चार जगत्को सर्वाधिक चर्चामा रहेको चुनाव २०१६ को डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टन को प्रतिस्पर्धा नै हो । अमेरिका र सायद विश्वभरि नै रुचाइएको अत्यन्त लोकप्रिय च्यानल सिएनएनलगायत धेरै सञ्चार माध्यमलाई वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वाग्राही र त्यहाँका पत्रकार हिलारीबाट प्रभावित भएको भनेर दोष लगाउनुभयो । सिएनएनले आफ्नो प्रशारणमा चुनावको दिनसम्म पनि डोनाल्डभन्दा हिलारी लोकप्रियतामा अघि रहेको कुरा देखाएको थियो । उनीहरूले गरेको मत सर्वेक्षणमा शुरुका दिनमा हिलारीको लोकप्रियता डोनाल्डकोभन्दा चुलिएको अर्थात् ५९ प्रतिशत ४१ प्रतिशत देखिएको थियो भने यो सङ्ख्या घटेर चुनावको अघिल्लो दिन हिलारीको लोकप्रियता डोनाल्डकोभन्दा एक प्रतिशत मात्र माथि भनेर प्रशारण गरेको देखियो ।
टेलिभिजनको दोस्रो साक्षात्कार कार्यक्रममा समेत हिलारी अगाडि छन् भनेर सिएनएनले प्रशारण ग¥यो । शुरुवातदेखि नै अमेरिकाको सञ्चार जगत् आफूप्रति पूर्वाग्राही भएको तर चुनाव आफूले जित्ने कुरा ट्रम्पले राख्नुभयो । नभन्दै चुनाव ट्रम्पले नै जित्नुभयो । चुनावमात्र होइन, राष्ट्रपति चुनिसकेपछिको सपथ ग्रहण समारोहमा पनि सिएनएनलाई राष्ट्रपतिले पूर्वाग्राही भन्नुभयो । सिएनएन ट्रम्पको आरोप मान्न त तयार छैन तर राष्ट्रपति सिएनएनप्रति अझै पनि सकारात्मक हुनहुन्न भन्ने कुरा चाहिँ उहाँले सिएनएनलगायत केही सञ्चार माध्यमलाई अन्र्तवार्ता या प्रतिक्रिया दिन्न भन्ने अभिव्यक्तिबाट समेत प्रस्ट हुन्छ ।
चुनावको समयमा दलका नेताले सञ्चार जगत् आफूप्रति पूर्वाग्राही भएको नभन्ने कमै देशमा पाइन्छ तर विकसित देशमा पूर्वाग्रह अथवा आफूप्रति सञ्चार जगत् बढी नकारात्मक भएको कुरा सप्रमाण पेस गर्ने चलन छ । त्यस्तै सञ्चार जगत् पनि आफूले नकारात्मक सामग्री प्रशारण नगरेको र आफूले प्रशारण गरेको सामग्री नकारात्मक अथवा पूर्वाग्राही पाइएमा त्यसको जिम्मेवारी लिन तयार हुन्छन् तर कस्ता सामग्री नकारात्मक हुन् र कस्ता सामग्री पूर्वाग्राही हुन् भन्ने बारेमा चाहिँ पक्ष विपक्षको बहस चलिरहेको छ ।
चुनावमा नेपाली आमसञ्चार ः
नेपालमा आमसञ्चार माध्यम चुनावको बेलामा पूर्वाग्राही छन् कि छैनन् ठोकुवा गर्न सकिने अवस्था कमै छ । विगतमा भएका कुनै पनि चुनावको विश्लेषण मनोवैज्ञानिक, समाज शास्त्रीय र आर्थिक दृष्टिकोणले गरिएको छैन भने नेपालको सन्दर्भमा कस्तो समाचार सकारात्मक र कस्तो समाचार नकारात्मक हो भनेर कनै पनि सूचकाङ्क हालसम्म तयार गरिएको देखिँदैन किनकि चुनावमा तयार गरिने सकारात्मक नकारात्मक सूचकाङ्क देशअनुसार त्यहाँको मूल्य र मान्यतासँग सम्बन्धित हुन्छ । अमेरिकामा दुवै ठूला दल आफ्नै किसिमका मूल्य र मान्यताका लागि परिचित छन् र अनुसन्धानकर्ताले पनि उनीहरूको मूल्य मान्यताका आधारमा पत्रिकाको चयन मात्र गरेका थिएनन्, विभिन्न मनोवैज्ञानिक, सामाजिक र आर्थिक सूचकाङ्कसमेत प्रयोग गरेका थिए । त्यसैले नेपालमा चुनावको बेला सञ्चार जगत् पूर्वाग्राही भएको छ कि छैन भनेर भन्न सकिँदैन तर विश्वमा अपनाइएको केही सूचकाङ्कलाई आधार बनाएर विश्लेषण गर्दा केही आँकलन भने गर्न सकिन्छ ।
अन्तर्राष्ट्रिय मान्यताअनुसार सञ्चार माध्यमबाट कुन उम्मेदवार बढी लोकप्रिय छ भन्ने जानकारी पाउने अधिकार मतदाताले राख्छन् । सिधै मतदाताको जनमत यसको पक्षमा छ, अथवा फलानो विजयी हुन्छ भनेर सर्वेक्षणको नतिजा प्रकाशन गर्न नमिले पनि मनोवैज्ञानिक, सामाजिक, मूल्य र मान्यता तथा अन्य विविध सूचकाङ्कको आधारमा मतदाताले कसलाई बढी मन पराएको छ या लोकप्रिय छ भन्ने आँकलन सार्वजनिक गर्ने गरिन्छ । लोकप्रियता कुन समयको लागि सम्म थियो भन्ने बारेमा जानकारी पाउने अधिकार पाठकको हुन्छ, अर्थात् लोकप्रियताको मापन आवधिक हुनुपर्छ । पहिलो उम्मेदवारीको घोषणा भएपछि, दोस्रो उसले प्रस्तुत गरेको अवधारणा या घोषणापत्र नीति कार्यक्रम सार्वजनिक गरेपछि र अन्तिममा नीति कार्यक्रमप्रतिको मतदाताको प्रतिक्रिया पछि । अमेरिका लगायत प्रायः विकसित सबै देशमा यही विधि प्रयोग गरेर चुनावको आँकलन गर्ने प्रयास गरिन्छ ।
स्थानीय चुनाव सकिएपछि नै नेपालीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव उत्सुकताका साथ पर्खेर बसेका थिए र कसै–कसैले स्थानीय नतिजाको आधारमा परिणामको आँकलन गर्न थालेका थिए भने वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन पछि यो आँकलन देशैभरि गर्न थालियो । नेपाली सञ्चार जगत्ले पनि चुनाव सम्भावित परिणामको आँकलन गर्दा हालसालै सम्पन्न भएको स्थानीय चुनावमा आएको मत परिणामलाई मात्र आधार बनाएर यिनै मतको योगलाई आधार बनाएर चुनावको विश्लेषण गर्न थालेको पाइन्छ । चुनावको विश्लेषण गर्नका लागि एक समयको मात्र मत विश्लेषण नभई विगतदेखि अथवा भनौँ नेपालको सन्दर्भमा कम्तीमा ०४८ पछि र त्यो पनि गर्न सकिएन भने ०६४ पछिको मतदाताको आदेशको विश्लेषण गर्नु उपयुक्त हुन्छ । विकसित देशमा लामो समयको मत विश्लेषणलाई आधार बनाएर चुनाव विश्लेषण गर्ने गरिन्छ, जुन वास्तविकताको नजिक पनि हुन्छ । अमेरिकामा चुनावको विश्लेषण गर्दा सन् १७८९ देखिको मत परिणामलाई नै आधार बनाएर गरिएको हुन्छ ।
नेपालका दललाई कसै–कसैले ‘मास बेस्ड’ कसैले ‘क्याडर बेस्ड’ भन्ने गरेका छन् तर नेपालमा अहिलेको सञ्चार माध्यमले चुनावको आँकलन गर्दा स्थानीय स्तर पाएको मतको योगको आधारमा मात्रै समाचार सामग्री प्रशारण गर्दा स्थानीय चुनाव पछि थप भएका मतदाताले कता मत हाल्छन् भन्ने कुराको अनुमान पनि गर्न नसकेको स्पष्ट नै देखिन्छ । यसको साथै प्रतिबद्ध मतदाताको बारेमा अनभिज्ञता र खास निर्देशित सिद्धान्तको आधारमा मत दिने जनसङ्ख्याको यकिन तथ्याङ्क पनि नेपाली सञ्चार जगत्बाट पाठकले प्राप्त गर्न सकेका छैनन् ।
साधन र स्रोतको कमी भएका साना सञ्चार माध्यमका सन्चारकर्मीको आफ्नै समस्या भए पनि साधन स्रोतको कमी नभएका सञ्चार माध्यमले समेत चुनावसम्बन्धी पत्यारिला अनुसन्धान, सर्वेक्षण गर्न नसक्नुले चाहिँ चुनावप्रति नेपाली सञ्चार जगत् पूर्वाग्राही भएका भन्न नमिले पनि अनुभवको कमी हो कि भन्ने महसुस भने गर्न थालिएको छ । यसरी नै संसारभरि चलनमा रहेका सर्वेक्षण प्रणालीलाई बेवास्ता गरी चुनावसम्बन्धी जानकारी दिनमा अब पनि महŒव दिइएन भने यसले भविष्यमा नेपाली पत्रकारितामा नेपालीले विश्वास गर्ने आधार गुम्न सक्ने भएकोले सबैले सजगता अपनाउन आवश्यक छ ।

प्रकाशित मिति: २०७४/८/४

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना