अज्ञात समूहद्वारा बम विस्फोट

bomकलैया, मंसिर ४ गते । आज बिहान ५ः३० बजे जितपुर–सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहद्वारा बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताउनु भएको छ ।

निर्वाचन क्षेत्र नं ४ का प्रदेशसभा सदस्यका उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी गाडी बा१४च ६३३० नंको जिपमा विस्फोट भएकामा मानवीय क्षति नभई गाडीमा सामान्य क्षति भएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना