छिटोछिटो खाना खाने भुँडे


foodछिटोछिटो खाना खाने मानिस भुँडे हुने र उसमा मुटुको रोग विकास हुने जोखिम पनि बढ्ने पाइएको छ ।  यति मात्र होइन मधुमेह र मस्तिष्कघातको खतरा पनि उनीहरूलाई बढी हुन्छ ।  अमेरिकन हार्ट एसोसिएसनको हालै सम्पन्न साइन्टिफिक सेसनमा प्रस्तुत गरिएको नयाँ अनुसन्धानको विवरणमा भनिएको छ– फटाफट खाना खाने गरेमा मुटु, रक्तसञ्चार र पेटमा गम्भीर प्रभाव पर्न सक्छ ।  
जापानको हिरोसिमा विश्वविद्यालयका हृदयरोग विशेषज्ञ डा. ताकायुकी यामाजीको नेतृत्वमा भएको अनुसन्धानमा पाँच वर्षसम्म हजार जना सहभागीको खाना खाने बानी र स्वास्थ्यमा त्यसको प्रभाव हेरिएको थियो ।  
खाना खाने गति र मेटाबोलिक सिन्ड्रोम बीचको सम्बन्धमा अनुसन्धान टोली केन्द्रित थियो ।  हृदयरोग, मधुमेह र मस्तिष्कघातका जिम्मेवार मुख्य पाँच जोखिम पक्षसँग सम्बन्धित मेटाबोलिक सिन्ड्रोमलाई यामाजीको टोलीले विशेष रूपमा हे¥यो ।  ती जोखिम पक्ष थिए उच्च रक्तचाप, उच्च ट्रिग्लेसेराइड, रगतमा चिनीको उच्च मात्रा, राम्रो कोलेस्टेरोलको न्यून मात्रा र फुलेको कम्मर ।  यामाजीको टोलीले अनुसन्धानका लागि छानेका एक हजार ८३ जनामा ६४२ पुरुष थिए ।  सहभागीको औसत उमेर ५१ वर्ष थियो ।  सन् २००८ मा अनुसन्धान सुरु गरिँदा ती मानिसमा मेटाबोलिक सिन्ड्रोम थिएन ।  पाँच वर्षसम्म तिनको अनुगमन गरियो ।  
पाँच वर्ष अनुगमन गर्दा ८४ जनामा मेटाबोलिक सिन्ड्रोम देखियो ।  समग्रमा छिटोछिटो खाना खाने मानिसको पेट लाग्ने, रगतमा ग्लुकोजको मात्रा बढ्ने, हानिकारक कोलेस्टेरोल बढ्ने र तौल बढ्ने पाइयो ।  यस आधारमा अनुसन्धान टोलीले भनेको छ छिटोछिटो खाना खाने मानिसमा मेटाबोलिक सिन्ड्रोम विकास हुने जोखिम तुलनात्मक रूपमा दोब्बर हुन्छ ।  एजेन्सी

प्रकाशित मिति: २०७४/८/५

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना