केपी ओलीले कांग्रेस नेतृत्वलाई हिंसाको बाटो नसमात्न आग्रह

टीकाबहादुर बस्नेत, दाङ, मंसिर ७ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसाको बाटो नसमात्न कांग्रेस नेतृत्वलाई आग्रह गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले हिंसाको बाटो समातिरहेको विप्लव माओवादीका गतिविधिलाई प्रशय दिनेगरी कांग्रेस लागिपरेको भन्दै हिंसाको बाटो नसमात्न आग्रह गर्नुभयो ।
दोलखामा विप्लव माओवादी र कांग्रेसको संयुक्त बैठक बसेर निर्वाचन बिथोल्ने निर्णय गरेको भन्दै ओलीले कांग्रेस नेतृत्वलाई प्रश्न गर्नुभयो, ‘आफ्नो ईतिहास समाप्त पार्ने गरी कांग्रेस अगाडि बढ्नु उसका लागि नै घाटा हुन्छ । हिजो दोलखामा दुवै पार्टीको बैठक बसेर निर्वाचन बिथोल्ने निर्णय भएको कुरा समाचारमा आएको छ । यसले मलाई चिन्तित तुल्याएको छ । यसो गर्दा कांग्रेसको भविष्य अन्धकारमा पर्छ ।’ प्रदेश प्रहरी प्रमुखलाई किन हटाएको ?
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले पाँचनम्वर प्रदेशप्रमुख मिङमार लामालाई हटाउनुको कारणको खोजी गर्न जिल्लाबासीलाई आग्रह गर्नुभयो । पटक–पटक यही प्रसंग दोहोर्याउँदै ओलीले भन्नुभयो,‘हतियारसहित समातिएका मान्छेलाई मुद्दा नचलाई छाड्न भनेर निर्देशन दिएर सरकारले कस्तो परिपाटीको थालनी गर्न खोजेको हो ? प्रहरी प्रमुखले हतियारसहित समातिएको मान्छेलाइृ छाड्न मिल्न ?
आफ्नो निर्देशन नमानेको झोकमा सम्मानित अधिकारीलाई हटाउन मिल्छ ?’ कानुनीराजको व्याख्या र विशलेषण गर्ने पार्टी कांग्रेसको नेतृत्वमा सरकार चलिरहँदा कानुन मिचेर प्रहरी प्रमुखलाई हटाउने निर्णय गरिनुले स्पष्ट हुन्छ कांग्रेसले मुलुकलाई कता लैजान खोजेको छ ? स्थायित्वका लागि बाम गठबन्धन पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले मुलुकको स्थायित्वका लागि बाम गठबन्धन कायम गरिएको बताउनुभयो ।
हरेक ६/६ महिनामा सरकार फरिने नियतिको अन्त्य गर्न गठबन्धन कायम गरिएको भन्दै अध्यक्ष ओलीले निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले सदाका लागि मुलुकको अस्थिरता अन्त्य गर्ने बताउनुभयो । बाम सरकारले जजनजीवीकाका सवाललाई प्राथमिकतामा राख्ने, भ्रष्टाचारको अन्त्य गर्ने, गरिवी न्यूनीकरण गर्नेलगायतका योजना सुनाउनुभएको थियो । निर्वाचन जित्न गठबन्धन भएको होइन निर्वाचन जित्नका लागि गठबन्धन कायम भएको भन्दै कांग्रेसले भ्रम फैलाइरहेको भन्दै अध्यक्ष ओलीले मुलुकलाई समाजवादको दिशामा हिडाउन गठबन्धन कायम भएको बताउनुभयो ।
पहिले सरकार कि पार्टी एकता भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्टी एकताका आधारहरु तयार भइसकेका छन् । औपचारिक घोषणा हुन मात्रै बाँकी छ । कतै पार्टी एकता हुँदैन कि भनेर नतर्सिनुहोस् । निर्वाचनपछि पहिले सरकार अनि पार्टी एकता हुन्छ ।’
०००

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना