देशमा अब राजनीतिक स्थायित्व


गोरखापत्र समाचारदाता-
फर्पिङ (काठमाडौँ) मङ्सिर ८ गते । नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य हितमान शाक्यले देशमा दुई ठूला गठबन्धन हुनाले देशभरका जनतामा नयाँ उत्साह र उमङ्ग पैदा भएको बताउनुभएको छ ।
दक्षिणकाली नगरपालिकाको डल्लुमा घैरदैलो तथा चुनावी सभामा बोल्दै उहाँले छिनछिनमा परिवर्तन हुने सरकार देखेर वाक्क भएका जनता वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा ध्रुवीकृत भएको बताउनुभयो ।
प्रतिनिधि सभा काठमाडांै १० मा वाम गठबन्धनका साझा उम्मेदवार शाक्यले यो निर्वाचन ऐतिहासिक र पर्यटकीय रुपमा अति नै विशिष्ट खालको रहेको चर्चा गर्नुहँुदै भन्नुभयो, ‘‘स्थिर सरकार नभएकै कारणले गर्दा यो क्षेत्रको विकास हुन सकेको छैन, देशमा शान्ति र स्थायित्वको साथै विकास गर्ने राजनीतिक इच्छा शक्ति भए पाँच वर्षमा कायापलट गर्न सकिन्छ ।’’
वामपन्थी सरकारहरुले छुट्टाछुट्टै रुपमा छोटो समय सरकारको नेतृत्व गर्दा पनि सामाजिक तथा विकासवादी काम गरेर जनताको मन जित्न सकेको उहाँले दावी गर्नुभयो । जनताले सबै राजनीतिक दललाई हेरिसकेकाले यो पटक नयाँ शिराबाट उठेको वामपन्थी गठबन्धनलाई हेर्न मतदाताहरुलाई आग्रह पनि उहाँले गर्नुभयो ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले प्राविधिक कारणले मात्र दुई पार्टीको चुनाव चिह्न रहे पनि दुईवटै चिह्न दुवै पार्टीको साझा भएको धारणा राख्नुभयो । उहाँले माओवादी केन्द्रका नेता उठेका क्षेत्रमा माओवादीलाई र नउठेका क्षेत्रमा समानुपातिकमा नेकपा (एमाले)लाई मत दिने र माओवादी केन्द्र नउठेका क्षेत्रमा समानुपातिकमा माओवादी केन्द्रलाई मत दिन मतदाताहरुमा अपिल गर्नुभयो ।
प्रदेश सभा क्षेत्र १० (क) का उम्मेदवार दिलिप महर्जनले पार्टी एकताको घोषणा हुन प्राविधिक कारणले मात्र बाँकी रहे पनि भावनात्मक रुपमा एक भइसकेको सन्देशको रुपमा पनि आउँदो चुनावमा जनताले वाम गठबन्धनलाई जिताउने विश्वास व्यक्त गर्नुभयो ।
‘सबै वाम, एकै ठाम’ भन्ने पुरानो नारा व्यावहारिक रुपमा स्थापित भएको बताउँदै उहाँले युवा पलायन रोक्दै विदेशमा रहेका युवालाई स्वदेश जाउँ भन्ने अनुभूति हुनेगरी स्थायी सरकार बन्नेमा आफू विश्वस्त भएको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना