जनमत जुटाउन सामाजिक सञ्जाल

डा. पदमराज कलौनी




पत्रकारितामा विभिन्न किसिमका चुनौती थपिदै गएका छन् ।  केही चुनौती स्वयं पत्रकारले गर्दा थपिएका देखिन्छन् ।  चुनावी रङ्गमञ्चमा प्रवेश गर्ने हो भने अमूक दलीय समर्थक पत्रकारले मतदातालाई भडकाइरहेको देखिन्छ ।  आफू अमूक दलको सदस्यता भएबाफत उसैको जित देख्नु असारमा आँखा फुटेको गोरुझैँ हो ।  विश्व परिवेशमा हेर्दा अमेरिकी राष्ट्रपति चुनावमा नयाँनयाँ सञ्चार प्रविधिको प्रयोग भएको पाउँछौ ।  अमेरिकी राष्ट्रपतिको चुनावका लागि मतदाता पर्खि बसेका हुन्छन् ।  चुनावमा नयाँनयाँ मिडियाको प्रयोग हुन्छ ।  सार्वजनिक सञ्चारमा हुने बहसले उम्मेदवारको भाग्यको फैसला गर्छ ।  चुनावमा सामाजिक सञ्चारको विकरण तीव्र गतिले भएको पाइन्छ ।  सञ्चारले सत्यतालाई सङ्केत गरिरहेको हुन्छ भने हामीकहाँ सत्यताको वरिपरि पनि सामाजिक सञ्चार देखिँदैन भन्ने आरोप लाग्दै आएको छ ।  
राजनीतिले मिडियालाई र मिडियाले राजनीतिलाई उपयोग प्रयोग गरेको पाइन्छ ।  मिडिया जनताको पक्षमा हुनुपर्छ ।  मिडियाको भूमिका प्रतिपक्षको हुनुपर्छ ।  आजभोलि सामाजिक सञ्चारका विभिन्न साधनको प्रयोग हुँदै आएको छ ।  जस्तै इन्टरनेट, इमेल, ट्विटर, फेसबुक, मोवाइल आदि ।  नेपालको चुनावी वातावरणलाई तताउन सोसल मिडियाको अभूतपूर्व प्रयोग भइरहेको छ ।  यो नयाँ प्रविधिले परम्परागत नेपाली चुनावी संस्कृतिलाई बदल्दै गएको छ ।  ट्विटर, फेसबुकले युवालाई सञ्चार तथा संवादको अवसर जुटाई दिएको छ ।  यसले राजनीतिलाई बुझ्ने, पहिचान गर्ने अवसर प्राप्त भएको छ ।  नेताहरूको बारेमा जानकारीलगायत उनीहरूको लोकप्रियता एवं समसामयिक मुद्दाहरूमा कतिको चाख राखेका छन् भन्ने जानकारी लिन सकिन्छ ।  सोसल मिडियाको बढ्दै गएको प्रभावले वृद्धलाई पनि इण्टरनेट, इमेल, ट्विटर, फेसबुक, मोबाइल आदिमा साक्षर बनाइरहेको छ ।  नेताहरूले पनि चुनावी चटारोमा फेसबुक एवं ट्विटरमा आफ्नो उपस्थिति दिनुपर्ने बाध्यता सिर्जना गरेको छ ।  सोसल मिडियाको बढ्दो प्रभावमा चुनावी परिदृश्यले निर्विवाद बलियो पकड लिइरहेको छ ।  
सोसल मिडियाले राजनीतिज्ञ र राजनीतिक दललाई सम्भावित मतदातासँग निजी संवाद कायम गर्न सक्ने अवसर प्रदान गरेको छ ।  राजनीतिज्ञलाई नागरिकसमक्ष पु¥याउन मद्दत गरेको छ ।  पत्रकारको हस्तक्षेप बिना सोसल मिडियाले सिधँै पहुँच बनाएको छ ।  मतदातालाई पनि राजनीतिक दलसँग नजिक हुने अवसर जुटाएको छ ।  मतदाता र राजनीतिज्ञका बीचमा नयाँ आधार र सम्बन्ध कायम भएको देखिन्छ ।  अनलाइनमा हुने प्रतिक्रिया सँगसँगै वार्ता, विचार विमर्श हुने अवसर उपलब्ध गराएको छ ।  अनेकन गतिविधि र घटनाका लागि आधारभूमि प्रदान गरेको छ ।  मानिसको निजी नेटवर्कमा पोस्ट गरिएको सन्देश गुणात्मक रूपले विश्वसनीय छ छैन भन्ने जाँच पड्ताल गर्ने निकाय नभए पनि व्यक्तिगत रुपमा मनपराई अर्कोले पोष्ट गर्दै जाँदा साझा बन्दै गएको छ ।  व्यापारिक व्यावसायिक सञ्चारमाध्यमले सञ्चारको ढाँचा तथा कार्य प्रणालीमा दल तथा नेतालाई उचित स्थान नदिएको होइन तर पनि सामाजिक सञ्जाल आमसञ्चारको विकल्प हुँदै गएको देखिन्छ ।  मानिसको रुचि, पहुँच एवं प्रयोगले सामाजिक क्षेत्रमा जनसम्पर्क निर्माण र स्थापनामा सामाजिक सञ्जालले पहुँच बनाउँदै गएको छ ।  राजनीतिक दल तथा नेताहरूको विशेष आकर्षण सामाजिक सन्जालमा देखिन्छ ।  राजनेताका बेलाबखतका बोली भाकाले राजनीतिले सामाजिक सञ्जाललाई हातमा लिन खोजिरहेको हो कि भन्ने आभाष हुन्छ ।  सामाजिक सञ्जालमा अन्य पत्रपत्रिकाको जस्तो सम्पादक तथा संवाददाताको हस्तक्षेपकारी भूमिका देखिँदैन ।  आम नागरिक हुन वा नेता उनीहरू आफ्नो कुरा, सर्त, पूर्वानुमान, नारा आदि जनतासमक्ष निर्बाध रुपमा पु¥याउन चाहन्छन् र यसले जस्ताको त्यस्तै सम्प्रेषण गरिदिन्छ ।  सामाजिक सञ्जाल जनमतलाई प्रभावित गर्ने सशक्त माध्यम बन्दै गएको छ ।  चुनावमा उम्मेदवार अकुत धनराशि खर्च गरिरहेको भन्ने विषय पनि सामाजिक सञ्जालमा उठिरहेको छ ।  यसबारे छानबिन गर्ने निकायको खाँचो देखिन्छ ।  सामाजिक सन्जाललाई निशुल्क र नवीन लोकतन्त्रको रुपमा लिन सकिन्छ ।  इन्टरनेटको प्रयोगले प्रगतिशील लोकतान्त्रिक मूल्यमान्यतालाई सार्थक राजनीतिको स्वरुप प्रदान गरिरहेको छ ।  कुनै अमूक व्यक्ति विशेषले सामाजिक आर्थिक विभेदलाई अलोकतान्त्रिक भावनाले विद्वेष फैलाउने कुचेष्ट गरे पनि समग्रमा यो विश्वसनीय देखिन्छ ।  सरकारले सामाजिक सञ्जालमाथि विशेष निगरानी राखेर विश्वसनीय बनाउन सक्नुपर्छ ।  ऐन, कानुनद्वारा निगरानी राखेमा यसले सहजपूर्ण तवरले राजनीतिक विचार, विमर्श र विनिमय कम गर्ने साधनको रुपमा विकास गर्न सकिन्छ ।  फेसबुकलाई राज्यले अनियन्त्रित रुपमा सञ्चालन गर्न छुट दिएको हुँदा व्यक्तिको उपहास उडाउने, चरित्र हत्या गर्ने, ईवी साँध्ने, आलोचना गर्ने आदि माध्यम बनिरहेको छ ।  गुमनामबाट तस्वीररहित फेसबुकको पञ्जिकरणले समस्या उत्पन्न भएको छ ।  सामाजिक सञ्जालको माध्यमले प्रक्षेपण हुने विचार र मतले राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक समुदायका बीचमा विषयगत प्रक्रियामा सामेल गराउन सकियो भने यसले सकरात्मक भूमिका खेल्न सक्छ ।  
नेपालको परिवेशमा आसन्न चुनावमा सामाजिक सञ्जालको प्रयोग नयाँ र नौलो देखिन्छ ।  उम्मेदवार इन्टरनेट, फेसबुक आदिको माध्यमले मतदातासमक्ष भोट मागिरहेको देखिन्छन् ।  सामाजिक सञ्जाल सेवाको बढ्दो सङ्ख्याले यसको मापन र आवाजलाई उचाईमा पु¥याइरहेको छ ।  प्रयोगकर्ताको अधिक सङ्ख्याले अधिक उचाइको आवाज दिइरहेको भान हुन्छ ।  जसको सञ्चार, उसैको संसार भनिन्छ ।  तटस्थ, विश्वसनीय, सत्य समाचारको आशा नियमित होस् भन्ने कामना हरेक नागरिकको हुन्छ ।  सामाजिक सञ्जाल प्रयोगकर्ताले विचार र अभिव्यक्तिको स्वतन्त्रताको उपयोग गरिरहेका छन् ।  व्यक्तिको मानमर्दन गर्ने, अपमानित गर्ने, धम्क्याउने, गाली गर्ने, अश्लील तस्वीर पोष्ट गर्ने आदि कुकृत्य हुने गरेका घटना नभएका होइन तर सरकारले नियन्त्रणका लागि आवश्यक कानुन निर्माण गरेर सामाजिक सदभाव बिगार्नेलाई कानुनी दायरामा ल्याउन सक्नुपर्छ ।  
सामाजिक सञ्जालको लोकप्रियता र महìव बुझेर आजभोलि विद्युतीय सञ्चार माध्यमले सामाचार सम्प्रेषण गर्दा सामाजिक सन्जालमा लेखिएका महìवपूर्ण तथा समसामयिक विषय समेट्ने गरेको पाइन्छ ।  विशेष गरेर टेलिभिजनमा सामाजिक सन्जालमा आएका महìवपूर्ण विषय समाचार बन्दै गएको छ ।  बि.बि.सी. नेपाली सेवामा पनि फेसबुकमा पोष्ट गरेका कुरा उधृत हुन थालेका छन् ।  फेसबुकको बढ्दो प्रचलनले व्यक्ति र संस्थाले पनि फेसबुक खोलेको देखिन्छ ।  सामाजिक सञ्जाल व्यापक ढङ्गले प्रभावित भएको छ ।  यसले राजनीतिक विचार विमर्शदेखि  विभिन्न विषयवस्तुमा निर्णायक भूमिका निभाएको देखिन्छ ।  राजनीतिक निर्णय र वक्तव्यमा व्यक्तिले आआफ्नो तत्काल प्रतिक्रिया दिन सक्छन् ।  सामाजिक सञ्जाल यस्तो सशक्त फोरम तयार भएको छ कि यसमा राजनीतिक सहभागिता अनिवार्य बन्दै गएको छ ।  यसको प्रयोग र विस्तार उत्तेजक र भाइरल उपकरणको रुपमा स्थापित भएको देखिन्छ  ।  
सामाजिक सञ्जालको महìवलाई बुझेर अहिले २०७४ मङ्सिर १० गते र २१ हुने चुनावमा परम्परागत चुनावी माध्यमसँगै समानान्तर रूपमा सामाजिक सञ्जालको उपयोग एवं प्रयोग भएको छ ।  अमेरिकी राष्ट्रपतिको चुनाव र भारतीय संसदीय चुनावको तुलनामा सामाजिक सञ्जालका विभिन्न विकल्प प्रयोगमा नदेखिए पनि लोकतान्त्रिक प्रणालीमा सामाजिक सञ्जालको महìवपूर्ण भूमिका देखिएको छ ।  चुनावी अभियान र परिणामलाई प्रचार प्रसार गर्न युवा पिंढीलाई लोभ्याइ रहेको छ ।  सामाजिक सञ्जाल युवालाई आकर्षित गर्दै अत्यधिक लोकप्रिय र प्रभावशाली साधनको रुपमा साबित भएको छ ।

प्रकाशित मिति: २०७४/८/९

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना