इतिहासमा विलीन हुँदै सिन्धुलीगढी

लक्ष्मीप्रसाद पङ्गेनी

सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई
कतिमा राम्रो दरबार
मा¥यो नि मायाले मा¥यो ......
वरिष्ठ लोकगायक कृष्णविक्रम थापाले वि.सं. २०३७ सालमा गाएको प्रस्तुत बोलको लोकगीतबाट तत्कालीन समयमा ऐतिहासिक सिन्धुलीगढीमा रहेको दरबार निकै सुन्दर, आकर्षक र भव्य रहेको जो कोहीले पनि सहजै अनुमान गर्न सक्छ ।  सिन्धुलीगढी हाल संरक्षणको अभावमा खण्डहरमा परिणत भइसके पनि उक्त लोकगीतले ऐतिहासिक सिन्धुलीगढीलाई जनमानसमा चिनाउने र यसको महŒवलाई जीवन्त राख्ने काम गरेको छ ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका स्थित सिन्धुलीमाढीबाट करिब १६ कि.मि. उत्तरतर्फ रहेको चारैतिर हरियाली फाँटको बीचमा अवस्थित स्वर्णिम इतिहास बोकेको अग्लो थुम्को नै सिन्धुलीगढी हो ।  यो नेपालकै ऐतिहासिक महŒव बोकेको क्षेत्र हो ।  सिन्धुलीगढीको क्षेत्रफल तीन हजार वर्गमिटरमा फैलिएको छ ।  यो समुद्री सतहबाट करिब चौध सय मिटरको उचाइमा रहेको छ ।  गढीको उत्तरतर्फ गौरीशङ्कर हिमालको पृष्ठभूमिमा तामाकोशी नदी बगेकी छिन् भने दक्षिणतर्फ हरियाली वन जङ्गलले ढाकेको चुरे पहाडसँगै तराईका समथर मैदान अवस्थित छ ।  त्यस्तै गढीलाई पूर्वबाट सुनकोशी नदी र पश्चिमतर्फ बागमती नदी  र मरिनखोलाको दृश्य देख्न सकिन्छ ।  सिन्धुलीगढी सिन्धुली जिल्लाको पुरानो सदरमुकाम पनि हो ।  नेपाल र नेपालीको स्वाभिमान जोगाउने राष्ट्रकै एक महŒवपूर्ण स्थल सिन्धुलीगढीलाई दुई गढीमा विभाजन गरेको पाइन्छ, जसलाई सानो गढी र ठूलोपौवा गढी भनिन्छ ।  गढीमा बसेर वीर गोर्खालीले अङ्ग्रेजविरूद्धको युद्ध जितेका थिए ।
वि.सं. १८२४ कात्तिक २४ गते इस्ट इन्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको दुई हजार चार सय अङ्गे्रजी फौजलाई राजा पृथ्वीनारायण शाहका पालामा वंशु गुरुङ नेतृत्वको नेपाली फौजले सिन्धुलीगढीबाट भगाएका थिए, जसमा झण्डै १६ सय अङ्ग्रेज सेना हताहत भएका ऐतिहासिक तथ्य छ ।  अङ्ग्रेजविरुद्धको यो जित दक्षिण एसियाकै इतिहासमा पहिलो विजय थियो भने अङ्ग्रेजहरूको पहिलो पराजय ।  रणकौशलमा निपूर्ण मानिएका ठूलो सङ्ख्यामा आएका अङ्ग्रेज फौजले गोलाबारी र बन्धुकका साथ सिन्धुलीगढीमाथि आक्रमण गरेका थिए ।  अङ्ग्रेज फौजमाथि वीर गोर्खाली सैनिकले बडो चातुर्य र बहादुरीका साथ लडेर बैरीको फौजलाई तहनहस मात्र पारेनन्, उनीहरूसँग रहेको हातहतियारसमेत बरामद गरेका थिए ।  सिन्धुलीगढिबाट पराजित भएर जनकपुर पुगेपछि अङ्ग्रेज कप्तान किनलोकले ‘अब म गोर्खाली सैनिकसँग लडेर नेपाल विजय गर्न नसक्ने भए’ भनेका कुरा इतिहासमा उल्लेख भएको पाइन्छ ।  नेपालको विकट भौगोलिक क्षेत्रमा पाइने जैविक विविधतासँग परिचत नभएका अङ्ग्रेज फौजलाई गोर्खालीसँगको यो युद्ध ज्यादै महँगो सबित भएको थियो ।  यो लडाइँमा स्थानीय जनताले पनि सिस्नु, अल्लो, अरिङ्गालको गोला, बारुलाको गोला, कमिलाको गोला आदिको प्रयोगले अङ्ग्रेजका फौजमाथि आक्रमण गर्न सघाएको भनाइ छ ।  
वि.सं. १३६७ मा सिम्रौनगढका सेनाले काठमाडौँमा व्यापक लुटपाट गरी बनेपा हुँदै सिन्धुलीगढीको बाटो भएर विदेह राज्य (जनकपुर र सीतामडी) फर्केका थिए ।  इतिहासका घटनाक्रम अध्ययन गर्दा डोयहरूको आक्रमणको करिब ४० वर्षपछि जयस्थिति मल्लका पालामा अर्थात् वि.सं. १४०६ को मङ्सिरमा बङ्गालका शासक समसुद्दिन इलियासको फौजले काठमाडौँलाई लगभग ध्वस्त बनाई फर्किंदा पनि सिन्धुलीगढीको बाटो हुँदै बङ्गाल गएका थिए ।  यो अपार क्षतिबाट विक्षिप्त भएर पुनःआक्रमणको प्रतिरोध एवं बचावटका लागि गढी स्थापना वि.सं. १४११ र वि.सं. १४५२ को बीचमा जयस्थिति मल्लले गरेका हुन् ।  राजा जयस्थितिले गढीको फेदीभन्दा केहीपर भारदारलाई सुराकीका रूपमा राखेका थिए ।  काठमाडौँका राजा यक्ष मल्लले अयोध्या र मगधसमेत नेपालमा गाभेपछि विदेशीलाई पुनः प्रत्याक्रमण गर्न नदिन वि.सं. १५१५ तिर सिन्धुलीगढीलाई मजबुत बनाएका तथ्य इतिहासमा पाइन्छन् ।  वि.सं. १५५६ तिर राजा शिवसिं मल्लले सिन्धुलीमा आक्रमण गरी विजय गरेपछि सिन्धुलीगढीलाई अधिकारमा लिएका थिए ।
वि.सं. १७४६ मा कान्तिपुरका राजा भुपालेन्द्र मल्लका भारदार र मोरङका बादशाह इन्द्रविधाता सेन (हरइन्द्र सेन) सिन्धुलीगढीमा भेला भई मैत्री सम्बन्ध स्थापना गरेका गरेका थिए ।  वि.सं. १८७३ मा शुरु भएको नेपाल–अङ्ग्रेज युद्धको समयमा सिन्धुलीगढीको सामरिक महŒव बुझेर तत्कालीन जनरल भीमसेन थापाले सिन्धुलीगढीमा कानुनी रूपमा स्थायी सैन्य छाउनी व्यवस्था गरेका थिए ।  १८८६ माघमा जनरल थापाले पत्नी भक्तकुमारी देवीसहित सिन्धुलीगढीमा गारद सलामी लिएका पनि इतिहासमा उल्लेख पाइन्छ ।  
सन् १८१९ मा गोर्खाली सेनाले गढी कब्जा गरेपछि गोर्खाली सेना बस्न पृथ्वीनारायण शाहले गढीमा काठ र खरको छानो राखेर घर बनेका थिए ।  पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दाको समयमा सिन्धुलीगढी मकवानपुर राज्यअन्तर्गत पथ्र्यो ।  वि.सं. १९७५ सालतिर प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सिन्धुलीगढीका कर्णेल कृतिमान खत्रीको नेतृत्वमा बडाहाकिम र सेना बस्न १४ ढोका, ५६ झ्याल, टिनको छाना, सिमेन्ट र इँटाको गारो लगाएको दुई तले दरबार निर्माण शुरु गरेको इतिहास पाइन्छ ।  पछि गढीका कर्णेल पुष्करविक्रमले दरबारको निर्माण पूरा गरेका थिए ।  
सिन्धुलीगढी एउटा त्यस्तो ऐतिहासिक किल्ला हो, जसले सन् १८२४ को नेपाल अङ्ग्रेज युद्धमा अङ्ग्रेजलाई पराजय गरी नेपाललाई अङ्ग्रेजको पन्जामा पर्नबाट जोगाएको थियो तर गायक कृष्णविक्रम थापाले ०३७ मा देखेको त्यो सुन्दर, आकर्षक र भव्य दरबार आज पूरै जीर्ण भई भग्नावशेषमा परिणत भइसकेको छ ।  सिन्धुलीगढीको प्रवेशद्वार नजिकैबाट सिँढी हुँदै करिब १५–२० मिनेट उकालो चढेपछि गढीको मुख्य द्वारमा पुगिन्छ ।  केही सम्म भूभागमा अवस्थित गढीको माथिल्लो भागमा एउटा जीर्ण तथा सुख्खा इनार देख्न सकिन्छ ।  युद्धका समयमा गोर्खाली फौजका लागि पानीको कमी नहोस् भनेर गढीको एक छेउमा इनार खनेर पानीको भण्डारण गरिने गरेको इनार अहिले भग्नावषेशमा परिणत भएको छ ।  हाल यस इनारको छेउमा नेपालको झण्डा फरफराइ रहेको देख्न सकिन्छ ।  गढीको वरिपरि पातला चेप्टा ढुङ्गाले बनाइएका सेनाले प्रयोग गर्ने बङ्करजस्ता देखिने बीच–बीचमा बन्दुकको निशाना लगाउने प्वाल भएका ठूला–ठूला पर्खाल छन् ।  गढी चड्ने सिँढी अगाडि एउटा मन्दिर बन्द अवस्थामा देखिन्छ  ।  दरबार र गढीबीचको भागमा एउटा पौवासहित सामान्य वनभोज स्थल निर्माण गरिएको छ  ।  वनभोज स्थलबाट दरबार जाने बाटोको छेउमा काँडे तारले प्राचीन अदालत र कारागार रहेको स्थानलाई घेरेको छ ।  गढीको पहिलो प्रवेशद्वार अनि त्यसमाथि रहेको सेनाको सेन्ट्रीका साथै ठूलो चौतारो पनि जीर्ण अवस्थामा छ ।  २०१९ सालसम्म जिल्लाका सबै सरकारी कार्यालय त्यहीँ थिए ।  २०२२ मा सेनाको ब्यारेक र प्रहरी चौकी, कारागारमात्र बाँकी रहेर सबै कार्यालय सिन्धुलीमाढी सारियो ।  २०२९ सालमा कारागार पनि सारियो ।  २०५२ सालसम्म प्रहरी चौकी गढी परिसरमा थियो ।  माओवादी जनयुद्ध शुरुवातसँगै प्रहरी चौकीमा आक्रमणपछि गढी असुरक्षित बन्यो र यो पनि सिन्धुलीमाढी नै सारियो ।  दरबार अहिले भग्नावशेषमा सीमित छ ।  शिलालेखका साथै महŒवपूर्ण दस्तावेज पनि चोरी भइसकेका छन् ।  वि.सं. २००७ सालको प्रजातन्त्रको आगमनसँगै ओझेलमा परेको सिन्धुलीगढी ०६२–०६३ को जनआन्दोलनपछि पनि ओझेल पर्दै गयो ।  छोटो समयको अवलोकनबाटै पनि सिन्धुलीगढीका हरेक ऐतिहासिक अवयवले संरक्षणको याचना गरिरहेको अनुभूत हुन्छ ।  अङ्ग्रेज साम्राज्यलाई पराजित गर्न महŒवपूर्ण योगदान पु¥याएको तथा नेपालको अस्मिता जोगाएको यस ऐतिहासिक सिन्धुलीगढीको संरक्षण, जीर्णोद्वार तथा सम्बद्र्धन सरकारका साथै सबैको साझा कर्तव्य हो ।  

प्रकाशित मिति: २०७४/८/९

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना