कर्णालीको विकासका अवधारणा

रमेश रावल


 

नेपालकै मानव विकास सूचकाङ्कमा कर्णाली निकै पछाडि परेको क्षेत्र हो ।  यहाँका मानिसको औसत आयु ६१ वर्ष रहेको छ ।  यहाँ चरम खाद्यान्न सङ्कट छ तर यो क्षेत्र प्राकृतिक स्रोत तथा जैविक विविधताका हिसाबले निकै धनी छ ।  यहाँको स्रोत र सम्भावनामा आधारित भएर कर्णालीमैत्री नीति अवलम्बन गरिएको खण्डमा केही समयभित्र सिङ्गो देशको आर्थिक विकासमा सहयोग पुग्ने सम्भावना छ ।  यसका लागि सरकारको मात्र आश गर्ने, आशा पूरा नभए सत्तोसराप गर्ने प्रवृत्तिले कर्णालीको विकास सम्भव छैन ।  सरकारले पनि कर्णालीको विकासलाई मूलधारमा ल्याउन कहिलै सरकारी नीति कार्यक्रमले यहाँको स्थानीय मागलाई समेट्न सकेको छैन ।  यहाँका विकास यस क्षेत्रलाई आत्मनिर्भर बनाउने हो ।  केही पहल सरकारी तथा गैरसरकारी तवरबाट चालिनुपर्छ ।
प्राथामिकता सडक
हाल नेपालको प्रशासनतन्त्र र राजनीतिक सन्तुलन नभएकाले राज्यको दृष्टिकोण कर्णालीसम्म पुग्न सकेको छैन ।  अहिले कर्णालीमा एउटा राजमार्ग बनेको छ ।  त्यसलाई पनि मृत्युमार्गको उपमा दिइएको छ ।  अहिले जुम्ला र कालिकोटमा यातायात साधन चल्ने गरेको छन् भने मुगुमा एकाध महिनाबाहेक अरू बेला यातायातका साधन चल्दैनन् ।  यहाँ सडकका हालत कस्तो छ भने सडकमा एउटा गाडी बिग्रेमा तीन दिनसम्म सडक अवरुद्ध हुन्छ ।  यस्तो अवस्थामा कर्णालीको विकास कसरी होला ? अर्कोतर्फ ‘नर्थ एण्ड साउथ ग्रोथ एक्सिस’ रूपमा लिइएको खुलालुदेखि हिल्सासम्मको सडक निर्माणधीन अवस्थामा छ ।
तर, अन्य सडकमा विकासका लागि वर्तमान सरकारले ल्याएको नीति कार्यक्रमले समेट्न सकेन ।  यहाँका बासिन्दा हिल्सा नाका खोल्नुपर्ने माग गर्दै आएका छन् ।  त्यसमा ध्यान दिन सकेन भने अर्को मुगुको नाक्चे लाग्ना नाका खोल्नुपर्ने विषयमा यहाँका बौद्धिक तथा राजनीतिक दलले त्यो कुरा पनि उठाउँदै आएका छन् ।  त्यो कुरामा यहाँका बासिन्दाको मागलाई नीति तथा कार्यक्रमले समेट्न सकेन ।  केवल सङ्घीयता कार्यान्वयन प्राथामिकता सरकारको नीति कार्यक्रम हो भने त्यसले यो क्षेत्रको यस मागलाई सम्बोधन गरिनुपथ्र्यो तर सरकारको ध्यान त्यसमा जान सकेन ।
भोकमरी हटाउने योजना नै भएन
दुई वर्षभित्र शून्य भोकमरी बनाउने वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कर्णालीमा भएको चरम खाद्य सङ्कटलाई दिर्घकालीन रूपमा कसरी टार्ने भन्ने विषयमा कुनै प्राथामिकता परेन ।  वातावरणीय कृषि तथा विकास केन्द्रका अनुसार २०३२ सालपछि यो वर्ष कर्णालीमा ठूलो खडेरी परेको हो ।  कर्णालीको शुष्क र अर्धशुष्क कृषि क्षेत्र भएकाले सिँचाइको अभावमा स्थानीय बालीनाली प्रभावित हुँदै आएको छ ।  सिँचाइको अभावमा अत्यन्तै नाजुक अवस्थामा पुगेका छन् ।  कर्णालीमा हिमपोखरी निर्माण गर्ने, सित भण्डारण, स्थानीय खोलानालाबाट सिँचाइ राष्ट्रिय महŒव विषय बनाइनुपथ्र्यो तर सरकारी तवरबाट नीति कार्यक्रममा त्यो समेट्न सकेन ।  शून्य भोकमरीको अवधारणाअनुसार नेपाललाई भोकमरी मुलुकबाट मुक्त सूचीमा पु¥याउन पाँच वटा आधार स्तम्भ छुट्टायाएर काम गर्ने कृषि विकास मन्त्रालय योजनाले खाद्यान्नमा शत प्रतिशत पहुँच पु¥याइने, साना किसानको उत्पादकत्व तथा आयमा शतप्रतिशत वृद्धि गर्ने योजना नीति तथा कार्यत्रममा आउन सकेन ।
पर्यटन क्षेत्रमा लगानी
कर्णाली क्षेत्रमा रहेको जलस्रोत, जडीबुटी र पर्यटन यस क्षेत्रको आर्थिक विकासका आधार हुन् ।  यसलाई परिणाममुखी बनाउन सडक सञ्जाल, सञ्चार र सामाजिक विकास पूर्वाधार हुन् ।  मानसरोवर, रारा, से–फोसोण्डो लगायतका कैयौँ पर्यटनका आधार स्तम्भ कर्णालीमा छन् ।  पर्यटक भिœयाउने र लगानी गर्न निजी क्षेत्र सरकारी तवरबाट लागू गर्ने गरी कुनै पनि कार्यक्रम बजेटमा समेट्न सकेन ।  त्योसँगै कर्णाली क्षेत्रको पर्यटनको विकासका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसारप्रचारको क्षेत्रमा खासै कसैले चासो देखाएको पाइँदैन ।  कसैको चासो नहुँदा पनि यस क्षेत्रमा पर्यटन विकासको आधारशीला खासै प्रगति हुन सकेको छैन ।  अबका दिन यो क्षेत्रको विकासमा लाग्न आवश्यकता बन्न गएको छ ।
जलविद्युत्मा विकास
कर्णाली क्षेत्रबाट बग्ने कर्णाली नदी र यसका सहायक नदी प्रर्याप्त जलविद्युत् र सिँचाइको सम्भावना छन् ।  कर्णाली र यसका सहायक खोला नालाबाट हजारौँ मेगावाट विद्युत् निकाल्न सक्छौँ ।  थोरै लगानीमा पनि धेरै विद्युत् उत्पादन गर्ने ठाउँ रहेका छन् ।  विद्युत्मा लगानीमा राष्ट्रिय नीति नै भएको बेला कर्णालीमा विद्युत्मा लगानी गर्न कसले मन गथ्र्यौ र ? विद्युत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीको उपयुक्त वातावरण सिर्जना गर्दै एक हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने हो भने कर्णालीमात्र होइन, देशको अर्थतन्त्रमा यसले ठूलो योगदान गर्न सक्छ तर यसका लागि हालसम्म कुनै पहल भएको छैन ।  तिला १ र तिला २ लगायतका ठाउँमा केही कम्पनीले ‘खोला झोलामा हालेर’ बसेका छन् ।  तिनीहरूले न उत्पादन गर्न ध्यान दिएका छन् न सरकारले अनुमति खारेज गर्न आवश्यक ठानेको छ ।  ‘खोला झोलामा हालेर’ बसेकालाई कि काम गर नत्र अनुमति खारेज भन्न सकेका छौँ ।
कर्णालीको पहिचान स्याउ र जडीबुटी
कर्णालीका मात्र १४ हजार प्रकार औषधिजन्य जडीबुटी पाइन्छन् ।  अहिले पनि कर्णालीका मानिसको प्रमुख आयस्रोत बनेको छ ।  यी मूल्यवान् जडीबुटीको व्यवस्थित रूपमा संरक्षण, प्रशोधन तथा गुणस्तर वृद्धिका विषयमा पनि खासै कदम चालिएको छैन ।  नेपाल विशेषगरी दक्षिण एसियाकै स्वादिलो स्याउ पनि कर्णालीमा नै पाइन्छ ।  स्याउ पनि हाल कर्णालीको प्रमुख आयस्रोत रहेको छ ।  कर्णालीको आयस्रोत वृद्धि गर्न स्याउ खेती र जडीबुटी खेतीका लगानी गर्न सक्ने वातावरण तयार गरिनुपर्छ ।
नगदेबाली र सिँचाइमा जोड
यस क्षेत्रमबा उत्पादन हुने कोदो, मकै, फापर आलु, जौँ, ओखर, मार्सी धान हुन् ।  यिनीको उत्पादनमा वृद्धि गरी खाद्यान्न आत्मनिर्भर बनाउन सकिन्छ ।  अहिले पनि आयातित खाद्यान्नलाई ‘सेतो चामल’ लाई मात्र खाद्यान्न हो भन्ने संस्कारको अन्त्य नगरी यहाँ खाद्यान्नमा आत्मनिर्भर बन्न सक्ने अवस्था छैन ।  त्यसका लागि प्रमुख बाधक भनेको सिँचाइको उचित व्यवस्थापन नभएर हो ।  सिँचाइको उचित व्यवस्थापन हुने हो भने यसमा आत्मनिर्भर बनाउन सकिन्छ ।  अहिले सबै ठाउँमा सिँचाइको राम्रो व्यवस्था छैन ।  सिँचाइको व्यवस्था नहुँदा मात्र यहाँ खडेरीको कारणले भोकमरी हुने गरेको छ ।
कर्णालीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने हो भने पहिलो नम्बरमा सिँचाइ व्यवस्थापन राम्रो हुनुपर्छ ।  सिँचाइ अभावमा यहाँ खडेरीजस्तो प्राकृतिक विपत्ति आइलाग्ने गरेको छ ।  सिँचाइको राम्रो प्रबन्ध नहुँदा यहाँको स्थानीय उत्पादन मकै, चिनो, कागुनो, फापर, जौँ, कोदो, आलु र सिमी उत्पादन सोचेजस्तो हुन सकेको छैन ।  यसले गर्दा यहाँ प्रत्येक वर्ष भोकमरी नै हुने गरेको छ ।  सिँचाइको राम्रो व्यवस्था भइदिए यहाँको कृषि उत्पादनमा वृद्धि हुनेछ ।  यहाँको सम्भावना भनेको स्याउ र जडीबुटी हो ।  जडीबुटी र स्याउको उत्पादन गर्न सिँचाइ आवश्यकता खट्किएको छ ।  स्याउ उत्पादन वृद्धि गर्न पनि सिँचाइ नै चाहिन्छ ।  अन्तमा, यो क्षेत्रमा जलस्रोतको प्रचुर सम्भावना मात्रै बोकेको छैन, विश्वमै अन्त्यन्त महŒवपूर्ण र महँगो जडीबुटी यार्सागुम्बा, गुच्ची भ्याउ, हात्तीजरा, शिलाजित, सतुवालगायत ७०० देखि १४०० भन्दा बढी प्रजातिका बोट बिरुवा, जडीबुटी र दृश्यजन्य बिरुवा पाइन्छ ।  त्यसका पनि साबिक कर्णाली अञ्चलमा सबैभन्दा बढी जलस्रोत र जडीबुटीको भण्डार छ ।  कर्णाली नदीको क्याचमेन क्षेत्र रहेको यो ठूलो भूभाग जलस्रोत मात्र होइन, व्यवस्थापन गर्न सक्ने हो भने बर्सेनि खर्बौं आम्दानी हुन जाने छ ।  यो क्षेत्र पर्यटन, पशुपालन, खानी, वातावरण, क्रसर उद्योगलगायत सामार्थ बोकेको छ ।  विकासको संरचनाका हिसाबले पिछडिएको र पहाडी क्षेत्र मात्र रहेको यस प्रदेशको आर्थिक प्रगतिको सम्भावना भनेको पर्यटन, जडीबुटी र जलस्रोत नै हो । 

प्रकाशित मिति: २०७४/८/९

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना