पश्चिम सेतीले देखाएको आशा

dhun bdr bcढुनबहादुर बुढाथोकी



साढे तीन दशक देखि चर्चामै सीमितपश्चिम सेतीराष्ट्रिय गौरवको आयोजना पनि हो ।  राज्य पुनःसंरचना अनुसार प्रदेश नं. ७ को बाजुरा र डोटीको सिमानामा पर्ने यस आयोजना जलविद्युत्, सिंचाइ मत्स्यपालन, पिउने पानी, जलयात्राका लागि उपयुक्त ठानिएको छ ।  त्यसो त, २०३८ ताका पश्चिम सेती आयोजना रन अफ दि रिभर मोडलमा निर्माण गर्ने चर्चा चलेको थियो, सो चर्चा २०४६ मा अलि तातेको थियो ।  प्रजातन्त्र प्राप्ति पश्चात् जलविद्युत् क्षेत्रमा बाह्य लगानी खुला गरेकाले विदेशी कम्पनीहरूको आँखा लाग्नु स्वाभाविक थियो ।  पश्चिम सेती जलाशययुक्त बहुउद्देश्यीय आयोजना निर्माण हुन सक्छ भन्ने अस्टे«लियन कम्पनी स्नो माउन्टिङ इन्जिनेरिङ कर्पाेरेसनले (स्मेक) को ठम्याइ थियो ।  २०५० मा स्मेकले पश्चिम सेती आयोजना निर्माण गर्ने इच्छा व्यक्त ग¥यो र सो अनुरूप सो कम्पनीलाई लाइसेन्स पनि प्रदान गरियो ।  २०५२÷०५६ को अवधिमा स्मेकले बृहत् सम्भाव्यता अध्ययन (डिटियल फिजिबल स्टडी) र वातावरणीय प्रभाव विश्लेषण (इन्र्भामेन्ट इम्प्याक्ट एनालेशिस) प्रतिवेदन तयार पा¥यो ।  सो प्रतिवेदनमा २०५४ मा ७५० मेगावाट क्षमताको बहुउद्देश्यीय आयोजना निर्माण गर्न सकिने तथ्य औँल्याइएको थियो ।  लगानीका लागि एसियाली विकास बैंक ( एडिबी ) र परियोजना निर्माणका लागि चाइना मेसिनरी एन्ड इक्युमेन्ट इम्पोर्ट–एक्पोर्ट कम्पनीले हरियो झण्डा देखाएका पनि थिए ।  उत्पादित बिजुलीको ९० प्रतिशत हिस्सा भारतमा बिक्री गर्न सकिन्छ भन्ने नेपाल सरकार, स्मेक र एडिबीको ठम्याइ थियो तर विद्युत् खरिद गर्ने चासो भारतले देखाएन ।   भारतको अरुचिका कारण एडिबी र चिनियाँ कम्पनीले जोखिम मोल्न तयार नभएकै कारण पश्चिम सेती परियोजनाले साकार रूप लिन सकेन ।   आफँैमा कन्सल्टा्यान्ट कम्पनी स्मेकले लगानी जुटाउने प्रयास गरे पनि सफलता प्राप्त गर्न नसकेपछि  १७ वर्ष पश्चात् अर्थात् २०६८ आषाढमा स्मेकको लाइसेन्स खारेज भयो ।  पश्चिम सेती जलविद्युत् आयोजना निर्माण भई सुदूरपश्चिम समृद्ध बन्ने, विद्युत् निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने सपना तत्कालका लागि अवरुद्ध भयो ।  
यसपछि २०६८ पुसमा चिनियाँ कम्पनी थ्रिगर्जेज करोपेरेशन (सिटीजिसी) को सिस्टर कन्सर्न चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पाेरेशन (सिडब्लुई) ले पश्चिम सेती आयोजना निर्माण गर्ने चासो देखायो ।  उसको चासो अनुरूप नेपाल सरकारले पश्चिम सेती सार्वजनिक निजी साझेदारी (पिपिपि) मोडलेमा निर्माण गर्न प्रस्ताव ग¥यो ।  सो अनुरूप २०६९ भाद्रमा ऊर्जा मन्त्रालय र थ्रिगर्जेज बीच लगानी समझदारी (एमओयु) भयो ।  समझदारी पत्रमा २०७० सम्ममा विस्तृत परियोजना प्रतिवेदन बुझाउनेछ महिनाभित्र अध्ययन गरी एक वर्षभित्र संयुक्त लगानी कम्पनी (एमपिभिसि) स्थापना गर्ने समझदारी भएको थियो जसमा २०७१ मा आयोजना सुरु गरी २०७५ सम्ममा पूरा गर्ने उल्लेख थियो तर यो कम्पनीको पनि आलेटाले प्रवृति नै देखियो ।  
तीन वर्ष अघि नै संयुक्त लगानी कम्पनी स्थापना गरी कार्य सुरु गर्ने भनिए पनि यसैबीच २०७४ कातिक ३० मा विद्युत् प्राधिकरण र थ्रिगर्जेज बीच संयुक्त लगानी सम्झौता (जेभिए) भएको छ ।  यो आफैमा आयोजना निर्माणको ढोका खोलाई हो ।  अबको प्रक्रिया अनुरूप पश्चिम सेती हाइड्रो पावर कम्पनी लिमिटेड कम्पनी दर्ता हुने छ र  कम्पनीमा ७५ प्रतिशत चीनियाँ कम्पनी र २५ नेपाल विद्युत् प्राधिकरणको लगानी गर्ने छन् ।  चिनियाँ कम्पनीको हिस्साबाट स्थानीयवासी १० प्रतिशत र  नेपाली लगानीकर्ताले १४ प्रतिशत हिस्सा प्राप्त गर्ने छन् ।  प्राधिकरणले लगानी गर्नुपर्ने २५ प्रतिशत रकम चिनिया एक्जिम बैंकबाट प्रबन्ध हुनेछ ।  आयोजनाबाट उत्पादित बिजुलीमध्ये १५० मेगावाट सुदूरपश्चिमको विद्युत्करणको लागि छुट्टाइनेछ ।   बुट मोडलमा बन्न लागेको यो पश्चिम सेती परियोजना निर्माण पश्चात् ३५ वर्ष चिनियाँ कम्पनीले चलाएर चालू हालतमा नेपाललाई फिर्ता गर्नेछ ।  पश्चिम सेती परियोजनाले नेपाल र अझ विशेष गरेर सुदूरपश्चिममा गरीबी निवारण तथा जनजीवनमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ ।  यसका साथै पश्चिम सेती परियोजनाका निकै सुन्दर पाटाहरू छन् ।  
 विकास आयोजना निर्माण हँुदा स्थानीयस्तरमा आर्थिक गतिविधिहरू तीव्र गति अघि बढ्नेछन् ।  यसको निर्माणपश्चात् सुदूरपश्चिमको राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान हुने अपेक्षा लिइएको छ ।
 मुलुक रन अफ दि रिभरमा आधारित आयोजना मात्र निर्माण हँुदा हिउँदमा लोडसेडिङ बेहोर्नु परेको हो ।  वर्षाको समयमा पानी सञ्चय गरी हिउँदमा उपयोग गर्दा रनअफ दि रिभरको जस्तो उत्पादन कटौतीको समस्या झेल्नुपर्ने छैन ।  नियमित ऊर्जा आपूर्ति हुँदा पश्चिममा मात्र होइन सिङ्गो मुलुककै उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसायमा सकारात्मक प्रभाव पर्ने निश्चित छ ।  
तेस्रो, ठूला आयोजना निर्माण हुँदा स्थानीयबासीबाटै बाधाविरोध हुने गरेका उदाहरण प्रशस्तै छन् ।  पश्चिम सेती आयोजना निर्माण हुँदा स्थानीय तथा मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वासका साथ सुदूरपश्चिमेलीहरू विना कुनै अवरुद्ध थातथलो छोड्न तयार छन् ।   बाधाव्यवधान सोच्न समेत सक्दैनन् ।  यसैले स्थानीयबासीको त्याग,  धैर्य र निष्ठालाई सम्मान र न्याय गर्न पनि पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा अब कुनै ढिलाइ गर्नु हँुदैन ।  
आयोजना निर्माण हुनु मात्र महìवपूर्ण कुरा होइन, कति सस्तो आयोजना निर्माण गर्न सकियो त्यो महìवपूर्ण कुरा हो ।  आर्थिक रूपमा पश्चिम सेती महँगो आयोजना होइन ।  २०५३ मा  स्मेकको अध्ययनले पश्चिम सेती प्रतिकिलोवाट एक हजार ९७ अमेरिकी डलरमा निर्माण हुने देखाएको थियो ।  जबकी सोही समयमा रनअफ रिभर मोडलमा जलविद्युत् आयोजना निर्माण गर्दा औसत प्रति मेगावाट दुई हजार अमेरिकी डलर लागत लाग्ने जनाएको थियो ।  अहिले पश्चिम सेतीको कुल लागत एक खर्ब ६० अर्ब डलर हुने जनाइएको छ जुन प्रतिमेगावाट रु. २१.३३ करोड मात्र हो ।  तुलनात्मक दृष्टिकोणबाट हेर्दा कुलेखानी तेस्रो, त्रिशुली ३ ए को लागत यो  भन्दा अधिक छ ।  प्रसारण प्रारम्भ गर्ने तर्खरमा पुगेको चमेलिया जलविद्युत् आयोजनाको लागत प्रति मेगावाट ५३ करोड रुपियाँ नाघिसकेको छ ।  आर्थिक रूपमा किफायती आयोजना भएकै कारण पनि पश्चिम सेती आयोजना नेपालका लागि निकै लाभदायक बन्न सक्ने सम्भावना त्यत्तिकै छ ।   
पश्चिम सेती बहु सम्भावना बोकेको आयोजना हो ।  परियोजनाको क्षेत्रफल १० हजार हेक्टर, क्याचमेन्ट एरिया दुई हजार २२ वर्ग किलोमिटर, रिजर्बभ्वायर १२ लाख ७० हजार एकड फिट, बाँधको उचाइ १९५ मिटर, तालको लम्बाइ २५.१ कि.मी. हुने बताइन्छ ।  आयोजना निर्माण भएमा २५ कि.मी. जलयातायात सञ्चालन गर्न सकिने छ ।  बाँधको चारैतर्फ  चक्रपथ निर्माण गरी आधुनिक वस्ती विकास गर्न सकिनेछ ।  दुई हजार २२ वर्ग कि.मी. क्षेत्रफलमा बृहत् मत्स्यपालन गर्न सकिने छ ।  १५० मेगावाटका पाँचवटा टर्वाइनमार्फत् ७५० मेगावाट जलविद्युत् उत्पादन गर्न सकिनेछ ।  उत्पादित विद्युत् २३० कि.मी. ट्रान्समिसनलाइन निर्माण गरी भारतको उत्तरप्रदेश बिक्री गर्न सकिनेछ ।  बाँकी पानी नहर निर्माण गरी आसपास र तराईका सुख्खा जमीनमा उपयोग गर्न सकिनेछ ।  उच्चतम कङ्क्रिट  तथा चट्टानको प्रयोग गरी ड्याम निर्माण गरिने हुँदा तटीय क्षेत्रले भोग्दै आएको बाढिपहिरोको  जोखिम निरूपणमा मद्दत पुग्नेछ ।  यसरी विद्युत्, पर्यटन, मत्स्यपालन, सिचाइ लगायत बहुक्षेत्रको उठानका लागि पनि पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा ढिलाइ गरिनु हुँदैन ।  


प्रकाशित मिति: २०७४/८/९

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना