सबल नेतृत्वको जनचाहना


 ramesh bhattaraiरमेश भट्टराई  


 

हजुरबाले सोध्नुहुन्छ–नाति अब यो गाउँको नेता को बन्छ रे ! हजुरआमा पनि जस्केलामा निस्केर कान थापेर सुन्दै भन्नुहुन्छ– पर डाँडा गाउँकी पाखाघरे साहिँलाकी बुहारी पनि उठेकी रे नि ! सञ्चारमाध्यम, अनलाइन, पत्रपत्रिका, फेसबुक, ट्विटर मात्र नभई चोक, चिया पाटी, प्राय ः जमघट नै निर्वाचनमय बनेको छ ।  अलिकति आशा अलिकति कर्मकाण्डे आश्वासनका सपना बाँड्ने नेतृत्वका घोषणापत्रसँग शङ्काको घेराले उत्तिकै डेरा जमाएको लाग्छ ।  जनमानसमा हौसला, टिका टिप्पणीले चोक, चिया क्याफेसम्म यी जल्दाबल्दा विषय खँदिला छन् ।  साख जोगाउने, चुनावी प्रचार, भाषणका टिप्पणी, पार्टीगत आस्थालाई हरेक समाचारले समेटेका छन् ।  अलिकति महिला नेतृत्वका कुरा, अलिकति समावेशीका आवाज अनि परिवर्तनसँगै सुशासनका चर्चाले देश सजिएको छ ।  विशेषत शिक्षा, स्वास्थ्य, नव परिवर्तित सञ्चार, बाटोघाटो, रोजगारीका अवसर, बिजुलीजस्ता सुविधाका कारण ग्रामीण समुदायले शहरतिर लम्किनु परेको बाध्यताले आशाको सपना बुन्न थालेको छ ।  अब निर्वाचनपश्चात् सो सुविधाले ग्रामीण बस्ती सुसज्जित हुने अपेक्षासँगै गाउँफर्क अभियानमा एउटा रौनक ल्याएको प्रतीत हुन्छ ।  चुनावी दौडानसँगै घोषणपत्रमा कोरिएका सपनाले भने जनतामा उस्तो विश्वास नगरेको उत्तिकै छ, तथापि केही परिवर्तन हुने तथा केन्द्रीय शक्तिका कारण भोगिएको सास्ती कम हुने जनसोच बढेको पाइन्छ ।  विगतका चुनावमा भैmँ भोट माग्ने बेलामा जनताका घरदैलोमा जाने तर अरू बेला जनगुनासालाई भाषणमा सीमित राख्ने परिपाटीले विकासमुखी भावनालाई समेटिएका पार्टीका घोषणापत्रप्रति जनतालाई विश्वास लाग्दैन ।  पुराना नेतृत्वमा नयाँ कुराको भाषणे जलप थपिएका सोचसँगै युवा नेतृत्वले पुरानाको शेषपश्चात् मात्र अवसर पाउने मनोवैज्ञानिक दर्द पनि कुण्ठित भएकै छन् ।  तर, जनताका पिर मर्कालाई बेलाबेलामा बुझ्ने आदत हुने हो भने यसरी चुनावमा घरदैलोमा हात जोड्ने आवश्यकता पर्ने थिएन होला ।  
    निर्वाचनले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने आशासँगै ग्रामीण जनतामा उत्साह बढेको पाइन्छ ।  चाहे वाम गठबन्धन या त लोकतान्त्रिकलगायतका अन्य नेतृत्वको चुनावी रौनक होस् आखिर जनचाहनामा समृद्धि र रोजगारको आशा छ ।  देश विकास हुन व्यक्ति, परिवार हुँदै समाज, टोल, क्षेत्र, प्रदेश विकसित बन्ने विकेन्द्रिकृत परिवेश चाहिन्छ नै ।  शहरीकरणले निम्त्याएको जटिलतालाई ग्रामीण विकासको सोचले घटाउने अर्को आशाको किरण पलाएको छ ।  प्रचारमय बनेको चुनावी माहोलमा भइरहेका केही निर्वाचन आचारसंहिता उल्लङ्घनका अनुशासनहीनताले अलिकति स्थान ओगट्यो ।  
एउटा सभ्य नागरिकले यहाँसम्मको निर्ममतालाई रुचाउन सक्दैन ।  सोझा, निरीह सर्वसाधारणको जनजीवन र बाँच्ने अधिकारमा भयावह त्रासदी तथा अमानवीय व्यवहार नहोस् ।  सबै नेपालीले आनन्दसँग जिउन पाउने कुरालाई आफ्नो जीवनजस्तै गरी सबैलाई सोचौँ ।  हिंसा कुनै समस्याको समाधान भएको भए हिजोको बाह्र वर्षे जनयुद्धले आखिर कतिको काख रित्यायो, कतिको सिन्दुर पुछ्यो, अङ्गालो खोस्यो जसलाई हरेक चाडले आँशुको उपहार दिन्छ, रोदन र भक्कानिएको हृदयविदारक दृश्यमा कति नेतृत्वको मन पिरोलिएको छ ।  १७ हजार सहिदका आमाबाबा, आफन्तको त्यो रोदन कति हृदयविदारक बन्यो द्वन्द्वमा संलग्न र सत्तामा बसेर ज्यान मार्नेले बुझ्नै पर्ने विषय हो भने अबका पुस्ताले मनन गर्ने बेला हो ।  
     कसैलाई दोषी बनाएर आपूm इमानदार भएको पुष्टि गर्नुभन्दा आदर्श व्यक्तित्वको सोचले जनताको भावनालाई बुझ्नुमा बुद्धिमानी हुन्छ ।  हरेक नेतृत्वले सङ्कीर्ण सोचलाई त्यागेर सिङ्गो समाज र देशको समुन्नतिलाई हेरेमा मात्र आदर्श नेतृत्वको परिचय झल्किन्छ ।  सामाजिक सञ्जालमा एक अर्काप्रति अनावश्यक आरोप प्रत्यारोप गर्दै आपूmलाई राम्रो भन्ने सङ्कीर्ण सोचले पनि जनतामा भावनात्मक दमन भएकोभैmँ लाग्छ ।  
अझ भोट हाल्न नजानेर बदर हुने मतदातालाई सिकाएर सहयोग गरेमा झनै बुद्धिमानी होला नै ।  विरोधी भावनाले आपूm राम्रो हुँ भन्ने १८ औँ शताब्दीको प्राचीन सोचलाई अब हरेक दल, कार्यकर्ता या त सचेत नागरिकले बदल्नु अत्यावश्यक छ ।  आशाको गोरेटासँग हुर्किएको चुनौतीलाई जनता आपैmँले सुझबुझमा राख्नु साँचो पहिचान बन्ला ।  त्यसमा पनि चुनावलाई स्वच्छ, स्वस्थ र दबाबरहित अनि धाँधलीरहित बनाउनलाई बाधा पु¥याउनु भनेको आफ्नो अधिकारलाई आपैmँले डढाउनु हो ।  आज पनि हाम्रो देशका कुना कन्दराले गरिबीको रापबाट उम्कन नपाएको बाध्यताले नोटमा बिक्ने भोटको कारण अधिकार कुण्ठित छ ।  नेता गरिबका टहरामा गएर भोट माग्न जान्ने तर जितेर गएपछि फर्केर नहेर्ने प्रवृत्तिले पनि जनताले उक्सिन पाएका छैनन् ।  जनतालाई गाँस टिप्ने समस्या छ, फलतः कर्णाली क्षेत्रजस्ता बस्तीले निर्वाचनलाई भन्दा छाक टार्ने कामलाई प्राथमिकतामा राख्नुपरेको विडम्बना छ ।  
लाखौँ जनताले आफ्नो सीप र क्षमतालाई घर, टोलमा पोख्न पाउने आशा बोक्दै घरपरिवारसँग नातो गाँस्न चाहेका छन् ।  थप अभिलाषामा चुनावी आस्थासँगै मनका पीडा र रोजगारी अभावका पीडा भाव पस्किरहेका छन् ।  यो पनि असत्य होइन, दशौँ वर्ष यतादेखि देशका मोटा–मोटा रकमले नैतिकता र अनिर्णयको बन्दीमा डुबाउँदै विकासको साटो विनास, मारपिट, आन्दोलन, चक्काजामजस्ता आर्थिक दुरुपयोगी भड्किला व्यवहारबाट अब भने जनताले पाठ सिक्नु आवश्यक छ ।  यो रकम र यो जनशक्ति दशौँ वर्ष यसरी विकासकै मार्गमा एक भएर होमिने हो भने देशले गरिबीको पगरी गुथिरहनुपर्ने बाध्यता पक्कै समाप्त हुन्थ्यो होला ।  गरिबीको वेदनाले छटपटिँदै पसिनालाई पैसामा साट्ने ठूलो स्वप्ना बुनेर हजारौँ नेपाली युवाले विदेशिनुपरेको पीडाले कसको मन नदुखेको होला ।  
जनताले नेता र नेतृत्वलाई जताततै गाली गर्छन् ।  सत्तोसराप गर्छन् यतिसम्म कि राम्रो काममा समेत् विश्वास नलागेर विरोध गर्न बाँकी राख्दैनन् ।  कारण राजनीतिले उत्पन्न गराएको वितृष्णा नै हो ।  तर, हामी सबै सकारात्मक उन्नति चाहन्छौँ तर अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ ।  आजसम्म त भ्रष्टाचारको क्षेत्र केन्द्रीय स्तरमा थियो तर स्थानीय चुनाव हुँदै जाँदा भ्रष्टाचारको आशा गर्नेहरू गाउँ–गाउँ, चोक–चोकबाट जन्मिनु हुँदैन ।  देशमा पीडा र जनभावना पर्दापछि नै रहेको गुनासा छन् ।  भूकम्प पीडितमा फास्ट ट्रयाकको नीति बन्न सकेन ।  वृद्ध, बालबालिका, सुत्केरी असक्त खुल्ला आकाशमा सहारा माग्दै गरेको दुःख देख्न नसकेर कसैले अलिकति दया ग¥यो ।  नेपाली मरे ।  नेपालीलाई दुःख भयो भन्दै गर्दा मनकारीले दिएका राहतलाई सजिलै कुम्ल्याउने धृष्टतामा नेपालीले नै कञ्जुस्याइँ गरेन ।  त्यसैले त नेपाली जनताले नेताको भ्रष्टाचारी, स्वार्थी प्रवृत्तिका कारण राष्ट्रवादी विचारलाई पनि छुट्याउन सकेका छैनन् ।  
    सेवा र जिम्मेवारी बाँडफाँट गर्ने उद्देश्यले देशका कुना कन्दरालाई विकसित तुल्याउँदै सम्पूर्ण जनताका हक र अधिकारको सुनिश्चितता गर्न तथा समृद्ध बनाउने मूल आधारशीला अबको निर्वाचनले चुन्ने आशा जनतामा जागृत भइरहेको छ ।  केवल नेतृत्व छान्नेभन्दा गाउँ विकासमा सबल जनप्रतिनिधि चयनलाई लिएर जनतामा उत्साह छ ।  आफ्ना हक र अधिकार सुनिश्चित गर्दै शक्ति विकेन्द्रीकरणको आशाले जनमानसमा उमङ्ग बढ्दो क्रममा छ ।  भ्रष्टाचार नियन्त्रण गर्दै गाउँको विकास गर्न सक्ने हाम्रोलाई होइन राम्रोलाई भोट भन्ने नवसोच र नारा घन्किएकै छन् ।  आफ्नो दुःख आपैmँसँग हुन्छ ।  मर्दापर्दा चाहिने इष्टमित्रको स्वाभिमानी नेपाली परम्पराको प्रेम विश्वका कुनै देशमा छैन ।  तर, हामीले हाम्रो घरायशी स–साना विषयलाई पनि पराइसमक्ष लाजमर्दो गरी झोली पैmलाएर सहयोगमा साथ माग्नु आवश्यक र नैतिकताका लागि पाच्य नहोला ।   

प्रकाशित मिति २०७४/८/१०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना