व्यापारघाटा कम गर्न श्वेतपत्रको तयारी


विश्वास रेग्मी

काठमाडौँ, मङ्सिर १४ गते ।  निर्यात प्रोत्साहन गर्दै चुलिँदो व्यापारघाटा कम गर्न सरकारले विशेष रणनीतिसहितको ‘श्वेतपत्र’ जारी गर्ने तयारी गरेको छ ।  सङ्घीय संरचनामा आर्थिक वृद्धिलाई सहयोग पु¥याउन निर्यात प्रवद्र्धनका ‘प्याकेज’ समेटिएको श्वेतपत्र बनाउने तयारी अघि बढाइएको वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिनुभयो ।  समग्र आर्थिक विकासमा टेवा पुग्ने गरी ‘रोडम्याप’ निर्माणको प्रक्रिया अघि बढाएका छौँ, उहाँले भन्नुभयो, विशेषगरी मुलुकको व्यापारघाटा कम गर्ने रणनीति यसले तयार गर्नेछ ।  
श्वेतपत्रमा विशेषगरी निर्यात प्रवद्र्धन, आयात प्रतिस्थापन र आयात व्यवस्थापनलाई प्राथमिकतामा राख्ने सरकारको तयारी छ ।  कतिपय वस्तुको आयात निरुत्साहित गर्नुपर्ने र निर्यातमा पनि व्यवसायीको संलग्नता बढाउनुपर्ने भएकोले बृहत योजनासहितको श्वेतपत्र तयार गरिने सचिव घिमिरेले जानकारी दिनुभयो ।  अहिले हामीले १३० मुलुकबाट आयात गरिरहेका छौं ।  आयात–निर्यातको अनुपात पनि बढ्दैछ ।  यस्तोमा घाटा कम गर्न आयात व्यवस्थापन गर्नुपर्ने देखिएको छ, उहाँले भन्नुभयो ।  खासगरी इनर्जी ड्रिङ्क, सफ्ट ड्रिङ्क, मोबाइल, अल्कोहोलिक पदार्थ, सुर्तीजन्य पदार्थ, पहेलो धातु, सवारीसाधनजस्ता वस्तुको आयात निरुत्साहन गर्ने रणनीतिमा मन्त्रालय रहेको छ ।  
त्यस्तै निर्यात वृद्धिका लागि ‘प्रोत्साहन प्याकेज’ निर्माण गरेर त्यसलाई कार्यान्वयनमा ल्याउनेतर्फ पनि मन्त्रालयले अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो ।  
उहाँका अनुसार यसअघि उपलब्ध गराइँदैआएको निर्यात प्रोत्साहनको डिजाइन नै परिवर्तन गरेर त्यसको प्राविधिक सम्भाव्यताका विषयमा अध्ययन भइरहेको छ ।  अहिले हामीले हामीजस्तै केही देशको निर्यात रणनीतिका विषयमा अध्ययन पनि गरिरहेका छौँ, उहाँले भन्नुभयो, सबै अध्ययनबाट नेपाललाई उपयुक्त प्रोत्साहन प्याकेज सुरु गर्नेछौँ ।  byapar
मन्त्रालयले निर्यात प्रवद्र्धनका लागि एकीकृत व्यापार रणनीतिले पहिचान गरेका अदुवा, अलैँची, पश्मिना, कफी लगायतका वस्तुको ‘भ्यालु एड’ गर्न विभिन्न जिल्लामा कार्यक्रम पनि सञ्चालन गर्नेभएको छ ।  यसबाहेक आन्तरिक तथा बाह्य व्यापार प्रवद्र्धनका लागि मन्त्रालय आफैले मेला आयोजना गर्ने योजना पनि बनाएको छ ।  नेपालले गत आर्थिक वर्षमा कुल ७३ अर्ब १२ करोड रुपियाँको वस्तु निर्यात गरेको थियो तर सोही वर्ष आयात भने कुल नौ सय ८५ अर्ब ९५ करोड रुपियाँ पुगेको थियो ।  यस हिसाबले गत आवमा मात्रै कुल नौ सय १२ अर्ब रुपियाँको व्यापारघाटा देशले व्यहोर्नुपरेको थियो ।  चौधौ योजना अनुसार कुल गार्हस्थ उत्पादनमा व्यापार घाटाको अनुपात ३० प्रतिशतले कम भएर ७८० अर्ब पुग्नुपर्ने अनुमान गरिएकोमा घाटा भने निरन्तर बढिरहेको छ ।  चालू आर्थिक वर्षमा पनि देशको व्यापारघाटा ९५६ अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना