‘चुनावपछि फेरि मेरै नेतृत्वमा सरकार’

sher bdrलहान, मङ्सिर १५ गते ।  नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनपछि फेरि आफ्नै नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ ।  पार्टीका उम्मेदवारको पक्षमा चुनाव प्रचार प्रसारमा सिरहा १ मा पर्ने भगवानपुर चोकमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको हो  ।
उहाँले वामपन्थीलाई रोज्ने हो भने देशमा तानाशाह र अधिनायकवाद आउने भएकाले लोकतन्त्र रक्षाका लागि नेपाली काँग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनको पक्षमा जनमत सिर्जना भइरहेको बताउनुभयो ।  सिरहा १ मा बौद्धिक नेता प्रदीप गिरीलाई जिताएर पठाउनुस् भन्दै निर्वाचन पछि बन्ने सरकारले सिराहामा ठूलो उद्योग स्थापना, बलान नदीमा तटबन्ध, ठाडी लहान सडक निर्माण, कृषि विश्वविद्यालय एक वर्षभित्र सुरु हुने विश्वास दिलाउनुभयो ।  उहाँले अब बन्ने सरकारमा प्रदीप गिरीले महìवपूर्ण मन्त्रालय पाउने घोषणासमेत गर्नुभयो ।  
मधेसी जनताको माग अनुसार नेपाली काँग्रेसको सरकारले फेरि संशोधन विधेयक ल्याएर संविधान सम्बोधन गर्ने भन्दै प्रधानमन्त्री देउवाले नेकपा एमालेलाई मधेसको शत्रु भएको आरोप लगाउनुभयो ।  सत्ता स्वार्थका लागि बनेको वाम गठबन्धनको सरकार बनाउने सपना पूरा नहुने भन्दै मधेसी जनताले मधेसवादीभन्दा काँग्रेसलाई पत्याएकाले प्रदेश २ मा काँग्रेस ठूलो पार्टी हुने दाबी गर्नुभयो ।
सिरहा–१ बाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका उम्मेदवार प्रदीप गिरीले सिरहाको दक्षिणी भेगमा वीरगञ्ज, विराटनगरमा जस्तै ठूला कलकारखाना खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  उहाँले मधेसमा वाम गठबन्धनलाई अस्तित्व जोगाउन पनि समस्या रहेको भन्दै बढी स्थान काँग्रेसले जित्ने र केहीमा मधेसवादी दललाई पनि काँग्रेसले जिताइदिनेछ भन्नुभयो ।
लोकतन्त्र रोज्न आग्रह
यसैगरी सप्तरीबाट प्राप्त समाचार अनुसार प्रधानमन्त्री देउवाले लोकतन्त्रले मात्रै जनताको अधिकार सुनिश्चित गर्ने भन्नुहँुदै जनताले कम्युनिस्ट शासन नभई लोकतन्त्र रोज्नुपर्ने बताउनुभएको छ ।  उहाँले लोकतन्त्रको रक्षा अहिलेको मुख्य कार्यसूची भएको पनि स्पष्ट गर्नुभयो ।
नेपाली काँग्रेसले सप्तरी–३ मा बिहीबार शम्भुनाथ नगरपालिकाको कठौनामा आयोजना गरेको चुनावी सभालाई सम्बोधनका क्रममा उहाँले लोकतन्त्रले मात्र जनतालाई सबै अधिकार दिने बताउनुभयो ।  उहाँले कम्युनिस्ट शासन आए देशमा कुनै पनि निर्वाचन हुँदैन भन्नुहुँदै त्यसैले लोकतन्त्रको रक्षा गर्न नेपाली काँग्रेसको पक्षमा बहुमत ल्याउनुपर्ने बताउनुभयो ।  उहाँले हाम्रो पार्टी मधेसी जनताको हितमा विकास गर्ने पार्टी हो, हाम्रो पार्टीले जितेमा मधेसी जनताको भावना अनुसार संविधान संशोधन हुन्छ यसमा ढुक्क रहनूस् भन्नुभयो ।  वाम घोषणा पत्रमा मधेसी अधिकार सम्बोधन गर्ने कतै उल्लेख नरहेको उहाँले दाबी गर्नुभयो ।  उहाँले यस क्षेत्रका जनताको भावना अनुसार शम्भुनाथ नगरपालिका कार्यालयका लागि जग्गा उपलब्ध गराउने, २५ शय्याको अस्पताल र कठौना–पातो सडक पिच, शम्भुनाथ–गाईघाट सडक, हुलाकी सडक लगायतका काम गर्ने बताउनुभयो ।  सभामा युवा तथा खेलकुद राज्य मन्त्री तेजुलाल चौधरी, काँग्रेस सप्तरी सभापति दिनेशकुमार यादव लगायतले जिल्लाका विकास निर्माणका समस्या अवगत गराउनुभएको थियो ।  
राष्ट्रपति शासन ल्याउन खोजेको आरोप
वीरगञ्ज समाचारदाताका अनुसार नेपाली काँग्रेस पर्साले वीरगञ्जमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान संशोधन गरेर राष्ट्रपति पद्धति ल्याएर कम्युनिस्ट शासन ल्याउन खोजिएको बताउनुभयो ।  उहाँले यो देश सबैको हो भन्दै अझै मधेसीको चाहनामा संविधान संशोधन गर्नुपर्नेमा यो संविधान खारेज गरेर कम्युनिस्टले राष्ट्रपति पद्धति ल्याई एकदलीय शासन स्थापित गर्न लागेको आरोप लगाउनुभयो ।  
उहाँले नेपाली काँगे्रसकै नेतृत्वमा रहेको २०४६÷४७ सालको आन्दोलन सफल भई नेपाली जनतालाई यो देशको मालिक बनाएको बताउनुभयो ।  राजा ज्ञानेन्द्रले जबरजस्ती शासन हातमा लिएपछि नेपाली काँग्रेसकै नेतृत्वमा २०६२÷६३ को जनआन्दोलनबाट नेपालमा गणतन्त्रको स्थापना भएर नेपाली काँग्रेसकै नेतृत्वमा संविधान बनेको जिकिर गर्नुभयो ।  वीरगञ्जबाट क्रान्तिको बिगुल बजाएर सफल भएको नेपाली काँग्रेस नै मधेसको पार्टी रहेको उहाँले दाबी गर्नुभयो ।  नेपाली काँग्रेस पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरीको सभापतित्वमा सम्पन्न चुनावी सभामा मधेसका माग सम्बोधन गर्न काँग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।  
हेटौँडा–काठमाडाँै सुरुङ मार्ग प्राथमिकतामा
हेटौँडाबाट प्राप्त समाचार अनुसार नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवाले वाम गठबन्धनको बहुमत आए लोकतान्त्रिक शासन व्यवस्था समाप्त हुने बताउनुभएको छ ।
संयुक्त लोकतान्त्रिक गठबन्धनले बिहीबार उत्तरी मकवानपुरको पालुङमा आयोजना गरेको आमसभामा जनताको अधिकार सम्पन्न संविधानमा रहेको लोकतन्त्र, समावेशी र समानुपातिक व्यवस्था समाप्त गर्नु भनेको एक व्यक्तिलाई निरङ्कुश बनाउनु हो भन्नुभयो ।  उहाँले रूपचन्द्र विष्टसँगै जेल जीवन व्यतीत गरेको स्मरण गर्दै लोकतान्त्रिक गठबन्धनको बहुमत सुनिश्चित भएको बताउनुभयो ।  सभापति देउवाले लोकतान्त्रिक गठबन्धनको सरकार बनेपछि हेटौँडा–काठमाडाँै सुरुङ मार्ग निर्माणलाई उच्च प्राथमिकतामा राख्ने, चितलाङ–चन्द्रागिरी गणेशमान मार्ग निर्माणलाई तीव्रता दिने र थाहा नगरलाई पर्यटकीय नगरका रूपमा विकास गर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले नेपाली जनताले कुनै पनि आवरणको नाममा आउने सर्वसत्तावादलाई स्वीकार नगर्ने बताउँदै दल मिल्नु सकारात्मक भए पनि कम्युनिस्ट अधिनायकवादको खतरा बढेर गएको बताउनुभयो ।  उहाँले लोकतान्त्रिक गठबन्धन कसैका विरुद्ध नभएको भन्दै लोकतान्त्रिक गठबन्धनले जिते जिल्लाका सबै वडामा मोटरबाटो, घर–घरमा विद्युत् र खानेपानी पु¥याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
केन्द्रीय सदस्य एवम् मकवानपुरको प्रतिनिधि सभा २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले वामपन्थीले २०४८ यताका निर्वाचनमा मकवानपुरमा बढी जसो जित्दै आए पनि जिल्लाको विकास नभएको आरोप लगाउनुभयो ।
उद्योगपति विनोद चौधरीले काँग्रेसको २०४८ सालमा बनेको सरकारले लिएको उदार तथा खुला अर्थनीतिले अहिलेसम्म मुलुकको अर्थतन्त्र धानेको बताउँदै लोकतन्त्रका लागि लडेको शक्तिबाट मात्र मुलुकको विकास सम्भव भएको बताउनुभयो ।
संयुक्त लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक रघुरमण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस मकवानपुरका सभापति एवम् प्रतिनिधि सभा क्षेत्र नम्बर–२ ‘ख’का प्रदेश सभा सदस्य उम्मेदवार इन्द्रबहादुर बानियाँ, क्षेत्र नम्बर–२ ‘क’का प्रदेश सभा सदस्य उम्मेदवार यतिराज सापकोटा र थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले बोल्नुभएको थियो ।





थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना