हजरत मोहम्मद जन्मजयन्तीको शुभकामना

Bidhya-Devi-Bhandariकाठमाडौँ, मङ्सिर १५ गते ।  राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मका अन्तिम रसुल (ईश्वरका अन्तिम सन्देशकर्ता) हजरत मोहम्मदको १४३२औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।  
उहाँले हाम्रो देश नेपाल धार्मिक, साँस्कृतिक विविधताले सम्पन्न रहेको र यहाँ मनाइने हजरत मोहम्मदको जन्मजयन्ती जस्ता उत्सवले विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ पार्न सहयोग पु¥याएको छ भन्नुभयो ।  
जातीय, धार्मिक तथा सहिष्णुताको अनुपम उदाहरण रहेको नेपाली समाजमा मोहम्मदको जन्म दिनले सामाजिक सद्भाव वृद्धि गर्न महìवपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।  
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सोही अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।  
प्रधानमन्त्री देउवाले बिहीबार विज्ञप्तिमार्फत हजरत मोहम्मद विश्वभरिका मुसलमानको आस्थाको केन्द्र हुनुका साथै उहाँले सत्य, सामाजिक न्याय, भाइचारा, शान्ति र महिलाको सम्मानका लागि दिनुभएका सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभएको छ ।  
उहाँले विविध धर्म र संस्कृतिको सङ्गम स्थलका रूपमा रहेको हाम्रो देश नेपालमा सबै धर्म, संस्कृति, समुदाय, वर्ग, क्षेत्र र लिङ्गको उचित सम्मान र संरक्षण गर्न नेपालको संविधानले पर्याप्त व्यवस्था गरेको छ भन्नुभयो ।  
प्रधानमन्त्री देउवाले मुस्लिल आयोगको संवैधानिक व्यवस्थाले मुस्लिम समुदायको हक अधिकारको संरक्षण, उत्थान र विकासमा महìवपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु भन्नुभयो ।  
उहाँले हजरत मोहम्मद सबैको जीवन दर्शनको प्रेरणाको स्रोतका रूपमा रहिरहनुहुनेछ भन्ने विश्वासका साथ सम्पूर्ण मुस्लिम समुदायमा यस अवसरमा शुभकामना दिनुभएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना