कफीका लागि बजार अभाव

coffyताप्लेजुङ, मङ्सिर १५ गते ।  ताप्लेजुङमा उत्पादन हुने कफीका लागि बजारको अभाव रहेको किसानले बताएका छन् ।  आपूmले उत्पादन गर्दै आएको कफीले बजार नपाउँदा आम्दानी लिन नपाएको कफी खेतीमा संलग्न किसानले बताएका हुन् ।  
जिल्लामा आयोजित दुई दिने कफी प्रशोधन तथा बजार व्यवस्थापनसम्बन्धी तालिममा सहभागी किसानले कफी खेतीका लागि ताप्लेजुङमा उपयुक्त माटो र अनुकूल वातावरण भए पनि बजारको अभावले खेती विस्तार हुन नसकेको बताएका छन् ।  जिल्लाको आठराई त्रिवेणी गाउँपालिका १ निघुरादिनका किसान तुलसीप्रसाद मैनालीले बजार अभावकै कारण कफीखेतीमा गरेको लगानी खेर गइरहेको बताउनुभयो ।
एक हजार बिरुवा लगाएर कफीखेती सुरु गर्नुभएका मैनालीले अहिले बजार अभावले आफ्नो उत्पादन डुब्नसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।  यस्तै आठराई त्रिवेणी ४ चाँगेका किसान तेजमान आङ्बुहाङले पनि आफ्नो खेतीबाट उत्पादन भएको कफीले बजार नपाउँदा आम्दानी लिन नसकेको बताउनुभयो ।  उहाँले बजार अभावका कारण उत्पादित कफी त्यतिकै थन्क्याएर राखेको बताउनुभयो ।
सिरिजङ्घा गाउँपालिका २ आम्बेगुदिनका किसान गोपाल पौडेलले आफूले उत्पादन गरेको ३० पाथी (करिब ९० केजी) कफी मुस्किलले बेच्न सकेको र बाँकी ६० पाथी (तीन मुरी) कफी बिक्री नभएपछि थन्क्याएर राख्नुपरेकाले बजार खोजी दिन पौडेलले आग्रह गर्नुभयो ।  पौडेलले बजार अभावका कारण बजार खोजी गर्दै पाँचथरको अमरपुरसम्म पु¥याएर सस्तो मूल्यमा कफी बेच्दा ढुवानी खर्च उठाउन नै समस्या भएको बताउनुभयो ।  आजभन्दा झण्डै २५ वर्षअघि कफीखेती परीक्षणका लागि दुई÷चारवटा बिरुवा रोपेको र खेती फस्टाउने देखेपछि थप खेती विस्तार गरे पनि बजार अभावले आम्दानी लिन नसकेको गुनासो उहाँले गर्नुभयो ।
सिरिजङ्घा ४ तेल्लोकका किसान रामकुमार इवाराम पनि २०५२ सालबाट कफीखेतीमा संलग्न रहँदै आएको तर, हाल आएर उत्पादित कफीले बजार नपाउँदा लगानी त्यसै खेर गइरहेको बताउनुभयो ।  उहाँले बजार नपाएपछि कफीखेतीप्रति किसानको आकर्षण घट्दै गएको बताउनुभयो । ताप्लेजुङमा कफीखेतीका लागि कुनै समस्या नरहे पनि बजार समस्याले किसानलाई हैरान बनाएको उहाँको भनाइ छ ।  
जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका वरिष्ठ कृषि विकास अधिकृत नरेशचन्द्र घिमिरेले हाल जिल्लामा करिब ५५ हेक्टर क्षेत्रफलमा मात्र कफीखेती हुँदै आएको र मागअनुसार कफी उपलब्ध हुनसके कफीको बजारका लागि कार्यालयले सहयोग गर्ने बताउनुभयो । घिमिरेका अनुसार जिल्लाको २७ हजार ५०० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये पाँच हजार ५०० हेक्टर क्षेत्रफल बाँझो जमिन रहेको छ ।  
उहाँले बाँझो रहेको २२ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा मात्रै कफीखेती लगाउने हो भने धेरै आम्दानी लिन सकिने बताउनुभयो ।  घिमिरेले भन्नुभयो, “कफीका लागि बजार नभएको होइन, उत्पादन कम भएर खरिदकर्ता वा व्यापारीको उपस्थिति नभएको हो । ” समुद्र सतहबाट आठ सय मिटरदेखि एक हजार ३०० मिटरसम्म उचाइ रहेको भू–भागमा कफीखेती गर्नसकिने उहाँले बताउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना