राष्ट्रिय मानव अधिकार आयोगको टोलीद्वारा अनुगमन

कञ्चनपुर, मंसिर २०  गते ।  प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको राष्ट्रिय मानव अधिकारको निर्वाचन पर्यवेक्षक टोलीले आज कञ्चनपुरमा अनुगमन गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदीप पाठक, आयोगका क्षेत्रीय निर्देशक दीपकजंग ध्वज कार्की, आयोगका अनुसन्धन प्रमुख राजेन्द्र न्यौपाने र जिल्ला पर्यवेक्षक उमा जोशीलगायतको टोलीले अनुगमन गरेको हो ।

निर्वाचन पूर्व जिल्लाको सुरक्षा अवस्था, हालको सुरक्षा व्यवस्था र निर्वाचन आचारसंहिता परिपालना भए नभएको विषयमा आयोगको टोलीले प्रजिअ कुमार खड्कासँग जानकारी लिएको छ ।
महेन्द्रनगरलगायत पूर्व–पश्चिम राजमार्गका बजार क्षेत्रमा सार्वजनिकस्थलमा जथाभावी पर्चा, पम्पप्लेट टाँसिएको र विभिन्न पार्टीका प्रचार सामग्री प्रत्यक्ष मतदातालाई प्रभावित पार्ने गरी झुण्ड्याइएको पाइएकाले तुरुन्त हटाई आचारसंहिताको पालना गर्न टोलीले निर्देशन दिएको छ ।

सबै मतदानस्थलमा कर्मचारी खटाइसकेको सुरक्षा व्यवस्था कडा पारिसकेको, निर्वाचन सामग्रीलगायत समग्र तयारी पूरा भइसकेको प्रजिअले आयोगको टोलीलाई जानकारी गराउनुभयो । मौन अवधिमा भर भ्रामक कुरा नगर्न राजनीतिक दललाई राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदीप पाठकले आग्रह गर्नुभएको छ ।

निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाउने वातावरण सिर्जना गर्ने दायित्व राज्यको भएकाले सबै क्षेत्रमा मतदाताले शान्तिपूर्ण मतदान गर्न पाउनुपर्छ । उहाँले भन्नुभयो, “गर्भवती महिला, वृद्ध, अपांगजस्ता व्यक्तिलाई सहजरुपमा मतदान गर्ने वतावरण बनाउनुपर्छ ।” (रासस) 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds