काठमाडौँ–४ मा काँग्रेसका थापा विजयी

gagan thapaकाठमाडौँ, मंसिर २३ गते । काठमाडौँ क्षेत्र नं ४ मा नेपाली काँग्रेसका नेता गगनकुमार थापा विजयी हुनुभएको छ । आज बिहान घोषणा गरिएको मतपरिणामअनुसार पूर्वसांसद थापा नेकपा(एमाले) का पूर्वसांसद डा राजन भट्टराईलाई तीन हजार ४१८ मत अन्तरले पछाडि पार्दै विजयी हुनुभएको हो ।

काठमाडौँ क्षेत्र नं ४ का सहायक निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेका अनुसार युवा नेता थापाले २१ हजार ५५८, डा भट्टराईले १८ हजार १४० र विवेकशील साझा पार्टीकी सुबुना बस्नेतले तीन हजार ४० मत प्राप्त गर्नुभएको छ ।  (रासस)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना