बडोे सुझबुझसहित काम गर्नुपर्ने बेला

Ram-Narayan-Bidari-300x270रामनारायण विडारी

नेपालमा संविधानसभाबाट संविधान बनाउने उद्देश्य पूरा गर्न धेरै मेहनत गर्नुप¥यो ।  यसको चर्चा पटक पटक भइसकेको छ ।  हजारौँ व्यक्तिको बलिदानका साथै करिब ७० वर्ष समय लाग्यो र अन्ततः संविधान  जारी भयो ।  यसको कार्यान्वयनका लागि पहिलोपटक नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सङ्घीय संसद् र प्रदेश संसद्को निर्वाचन सम्पन्न भयो ।  यसले नेपाली जनताको मनोभावना स्पष्ट पा¥यो ।  यसमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ठूलो योगदान छ ।  यो योगदानलाई मूर्तरूप दिन एमाले अध्यक्ष केपी ओलीको ठूलो योजना छ ।  नेपालमा पहिलोपटक वामपन्थी गठबन्धन ।  यो गठबन्धन पछिको एउटै कम्युनिस्ट पार्टीको गठन ।  यसको श्रेय ओलीले बडोे सुझबुझ सहित काम गर्नुपर्ने बेला आएको छ ।  पार्टी गठन गर्दा आन्दोलनमा सक्रियता र पृष्ठभूमि हेरेर गठन गर्नुपर्ने हुन्छ ।  छुट्टाछुट्टै पार्टीको हैसियतले मात्र होइन ।  सबै प्रकारका व्यक्तित्व अटाउने, योगदानलाई सम्मान गर्ने त्याग र तपस्या हेर्ने गरी पार्टी गठन गर्नुपर्छ ।  जनप्रिय, जनमुखी, जनमत समेत हेरेर व्यक्ति छानेर पार्टी गठन गर्दा उपयुक्त हुन्छ र  यही पार्टीले यो देशमा समाजवादको नीति लागू गर्नुपर्छ ।   
के हो त समाजवाद ? पुँजीवादको विकास समाजवाद हो ।  पुँजीवाद पछिको चरण समाजवाद हो ।  अहिले नेपालमा सामन्तवाद हारेर पुँजीवाद स्थापना भएको हो ।  अब यो जनमतले समाजवादतिर जान आग्रह गरेको छ ।  समाजवाद विस्तारै साम्यवादतिर जान्छ ।  किनकि समाजवाद साम्यवादको पहिलो चरण हो ।  समाजवादमा राज्यका उत्पादनका साधन बिस्तारै सामाजिक स्वामित्व हुन्छन् ।  श्रमिक वर्ग सम्मानित हुँदै जान्छन् ।  उत्पादनको न्यायपूर्ण वितरण हुन्छ ।  प्रत्येक व्यक्ति ज्यालादारी श्रमिक हुन्छन् ।  राज्यले निःशुल्क सेवा उपलब्ध गराउँछ ।  व्यक्तिगत सम्पत्ति भने रहिरहन्छ ।  जुनसुकै व्यवस्थापनमा श्रमिकको सहभागिता रहन्छ तर  तत्काल एक दलीय अधिनायकत्वको सट्टा प्रतिस्पर्धात्मक समाजवाद नै हुनेछ ।  यसका निम्ति समाजवाद विरोधीको पनि अस्तित्व रहन्छ ।  नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ ।  यसलाई लागू गर्ने अठोट वाम गठबन्धनले गरेको छ ।  अब यो अभिभारा एमाले अध्यक्ष केपी ओलीमाथि आइ परेको छ ।  धेरै सम्भावना  उहाँ नै प्रधानमन्त्री हुने अवस्था छ ।  माओवादी अध्यक्ष प्रचण्ड यो अभियानको सहकर्मी हुने परिस्थिति छ ।  कम्युनिस्ट पार्टी कसरी हाँक्ने यसको जिम्मेवारी प्रचण्डमा आइपर्नेछ ।  कम्युनिस्ट पार्टी हाँक्न ठीकसँग सकियो भने सरकार ठीकसँग चल्छ ।  सरकार ठीकसँग चल्यो भने समाजवादतिर देशको व्यवस्थापन हुन्छ ।  समाजवादतिर देश अगाडि बढ्यो भने समाज विकास समृद्धितर्फ दौडन्छ र केही वर्षमै नेपाल विकसित राष्ट्र हुन जान्छ ।  अनि यो देश बुद्धको देश, सगरमाथाको देश, पशुपतिनाथको देश भन्नेहरूले पनि बडो ठाडो शिरले गर्वसाथ नेपाली भनेको सुहाउँछ ।  यहाँको जलस्रोत, प्राकृतिक स्रोत, पर्यटन विकास, कृषिको आधुनिकीकरण अब सुरु हुन्छ ।  
१८४८ मा माक्र्सले प्रतिपादन गरेको समाजवादी क्रान्तिको सिद्धान्तलाई १९१७ लेनिनले मजदुर वर्गको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न गरेका थिए ।  यसलाई विकसित गर्दै चीनमा माओले किसानको नेतृत्वमा मजदुरको सहयोगमा नयाँ जनवाद हुँदै समाजवादतिर गएका थिए ।  नेपालमा अझै नयाँ युग आएको देखिन्छ ।  किसान, मजदुर, निम्न वर्गीय समाज मिलेर एकै चोटि पुँजीवादी क्रान्ति पूरा गरी समाजवादतिर जाने अठोट गरेको छ ।  यो राजनीतिक सैद्धान्तिक दृष्टिले सङ्क्रमणकाल नै हो ।  वर्तमान चुनावको नतिजाले पुँजीवादी विचार राख्नेलाई नराम्रो सङ्घ हार खुवाएको छ ।  यहाँ कस्ता उमेदवार थिए भन्ने कुरा मतदाताले होश गरेनन् ।  स्थायी सरकार, समाजवादी सिद्धान्तलाई हेर्दा वाम गठबन्धन नै उपयुक्त हो भन्ने ठहर गरे ।  
के हुन् त समाजवादको आधारभूत सिद्धान्त ? सार्वजनिक सम्पत्तिको अभिवृिद्ध गर्न सबै सदस्यको समान दायित्व ।  श्रमलाई प्रधानता र सबै सक्षमले अनिवार्य काम गर्नैपर्ने ।  जीवन निर्वाहका साधन प्राप्ति हक नै हुने ।  हरेकको क्षमता अनुसार काम, काम अनुसार क्षमता (मूल्य) प्राप्त गर्नु मुख्य सिद्धान्त हो ।  नेपाल पुँजीवादी व्यवस्थामा रहेको छ ।  अब यो गठबन्धन कम्युनिस्ट पार्टीमा रूपान्तरण भई देशलाई समाजवादतर्फ लैजानु यसको कर्तव्य हो ।  यसमा विचार गर्नुपर्ने कुरा के छ भने हाम्रो देशको अर्थ व्यवस्था निजी सार्वजनिक र सहकारी हो ।  यसको कारण निजी अर्थ व्यवस्थालाई निस्तेज पार्न भने तत्काल सकिँदैन ।  निजी अर्थ व्यवस्थालाई मान्यता दिँदै समाजवादतर्फ जाने नीति बनाउनु यो सरकारको पहिलो चुनौती हो ।  लामो समय नेपालले केन्द्रीकृत शासन खेपेको, सामन्तवादी संस्कार भोगेको, एक जातीय शासन चलेको अवस्थामा ओली र  प्रचण्डलाई यो समाजवादी समाज चलाउन स्थापना गर्न र नेपाललाई गणतान्त्रिक पद्धति बमोजिम चलाउन सहज भने छैन ।  तर यही काम गर्न अनिवार्य पनि छ ।  यस्तो चुनौती र अवसर देशका जनताले यो एक जोडी कम्युनिस्ट नेतालाई दिएको छ ।  के अब देशमा भ्रष्टाचार विस्तारै घट्छ ? अब औद्योगिक क्रान्ति हुन्छ ? के अब रेल चल्छ ? के अब विद्युत् निर्यात हुन्छ ? नेपाली युवा स्वरोजगार हुन्छन् ? वा मुलुकले रोजगारी दिलाउँछ ? हो अब यसरी नै मुलुक समृद्धितर्फ जान्छ ।  स्थानीय तहमा, प्रदेश स्तरमा साथै सङ्घीय सरकारमा बहुमत भएको छ ।  यसको सदुपयोग गर्नु पार्टीका आम कार्यकर्ता तथा नेताको काम हो ।  मलाई के भन्ने होइन ।  अब समाजलाई के भन्ने बेला आएको छ ।  समाज सप्रे म सप्रिने, समाज बिग्रे म पनि बिग्रने हुन्छ ।  सप्रे सबै, बिग्रे सबै समाजवाद ।  कानुन सबै नयाँ, संविधान नयाँ, नेता नयाँ अब काम पनि नयाँ ।  नयाँ काममा सबै जाने मेलो सुरु भएको छ ।  मुलुकले पुरानो थोत्रो व्यवस्था सदाका लागि फालेको छ ।  अब देशका सबै स्रोत, साधन समाजको हुनेछ ।  समाज सिङ्गै देशका लागि हुनेछ ।  दुवै छिमेकीको साझा साथी बन्नेगरी काम अगाडि बढाउनु पर्ने भएको छ ।  यसका लागि झापा विद्रोहबाट खारिएर आएका र जनयुद्धको कसीमा घोटिएका नायकहरूको सीप, क्षमता र सक्रियतामा देश प्रगतितर्फ लम्किन्छ ।  किसान बिग्रिएका छन् ।  मजदुर बिग्रिएका छन् ।  यी दुई वर्ग बिग्रेकै अवस्थामा देश सप्रिन मिल्दैन ।  यसका निम्ति कानुन बजेट आवश्यक छ ।  प्रतिपक्षले पनि देश मेरो हो भन्ने सोचेर सकारात्मक भूमिका निर्वाह गर्नु  आवश्यक छ ।  प्रायः सत्तामा बसेको काङ्ग्रेस अहिले प्रतिपक्षमा रहन पनि अभ्यास जरुरी छ ।  यसका लागि उसका कमी, कमजोरी जनताले पुनः सुधार गर्न आग्रह गरेको पनि हो यो जनमत ।  सबैको सद्बुद्धिले देश विकास होस्  यही  सारा नेपालीको शुभेच्छा छ ।  जितेका र पराजित भएका सबैलाई शुभकामना छ ।  सबै जित र सबै हार देशको जित मान्नु पर्छ लोकतन्त्रवादी सबैले जनमत स्वीकार्नुको विकल्प छैन ।  

प्रकाशित मिति: २०७४/८/२४

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना