काठमाडौँ महानगरपालिकाको गन्तव्य

 basanta acharya_1वसन्त आचार्य  

 

स्थानीय तहको निर्वाचनपछि निर्वाचित महानगर नेतृत्वले विज्ञहरूको समूहबाट काठमाडौँका लागि कम्तीमा एक वर्षे, पाँच वर्षे र २० वर्षे विकासको सोच तय गर्ने कार्य ग¥यो ।  काठमाडौँको विषयगत क्षेत्रको अवस्था, सम्भावना र गन्तव्य तर्जुमा गर्न निकै लामो समय लगाएर अध्ययन विश्लेषण र अन्तक्रियापश्चात् काठमाडौँ महानगरपालिकाले राजधानीको २० वर्षे गन्तव्य यकिन गरेको छ ।  घोषित नीति र कार्ययोजना कार्यान्वयन गर्न आवश्यक संरचना गठन गर्ने र कार्यविधि जारी गर्ने कार्य क्रमशः हुँदैछन् ।  वर्तमान महानगर प्रमुख दिगो र भरपर्दो विकास सोचमा केन्द्रित भई अघि बढ्दै छन् ।  
‘समृद्ध, सुरक्षित र जीवन्त शहर, स्वच्छ र सुन्दर काठमाडौँ महानगर’ भन्ने काठमाडौँ महानगरपालिकाको नारा तय गरिएको छ ।  काठमाडौँलाई समृद्ध, सुरक्षित र जीवन्त शहर बनाउने लक्ष्य राखिएको छ भने स्वच्छता र सुन्दरतालाई जीवन्त शहरको आधारशीलाको रूपमा आत्मसात् गर्ने सोच निर्दिष्ट गरेको छ ।  
काठमाडौँ भौगोलिक रूपले मात्र विश्वमा अद्वितीय छैन ।  संस्कृति, सम्पदाले समेत विश्वमाझ अलग्यै पहिचान बनाउन सफल भएको छ ।  यहाँको मूर्त तथा अमूर्त सम्पदा, संस्कृति, जात्रा, पर्व, वास्तुकला, दरबार, वहाल, वही, मन्दिर, चैत्य, गुम्बासमेत संस्कृतिका बेजोड उपहार हुन् ।   मन्दिरै मन्दिरको शहर भनेर चिनिने काठमाडौँ शहरमा रहेको देशेमरुझ्या त झन् मौलिक र दुर्लभ वस्तु मानिन्छ ।  यस्तो सम्पदा, संस्कृति र परम्परा भएको काठमाडौँ शहरलाई किराँतकालीन, लिच्छविकालीन र मल्लकालीन मौलिक सम्पदा र संस्कृतिको संरक्षण सम्बर्दन र प्रवद्र्धन गरी जीवित शहर बनाउने सोच महानगरको रहेको छ ।  
दिगो विकास ः समृद्ध महानगर
काठमाडौँ महानगरपालिकाले निर्माण, विकास तथा सुधार गर्ने योजना तथा कार्यक्रम दिगो विकास, पारदर्शी पद्धति र सुशासनयुक्त हुनुपर्ने मापदण्ड निर्धारण गरेको छ ।  हचुवाको भरमा योजना छनोट तथा गुणस्तरहीन निर्माण संस्कारमा आयामिक परिवर्तन गर्ने दृढ निश्चय गरेको छ ।  महानगरपालिकाले बृहत् अध्ययन विश्लेषणपछि उपयुक्त र आवश्यक स्थान यकिन गरी वर्षात सकिएपछि दिगो र भरपर्दो हुने गरी सडक मर्मत तथा पुनःनिर्माण कार्य तीव्र रूपमा प्रारम्भ गरेको छ ।  हतारमा बजेट खर्च गर्ने नाममा आर्थिक वर्षको अन्तमा वा वर्षायाममा निर्माण गर्ने आम प्रचलनलाई पूर्णतः अस्वीकार गर्ने नीति अख्तियार गरेको छ ।  दिगो विकासको एजेन्डाले स्रोत साधनको सदुपयोग र भरपर्दो गुणस्तरीय निर्माण विकासलाई सुनिश्चित गर्छ ।  स्थानीय सरकार पूर्वाधार विकासको आधार भन्ने नारासमेत स्वीकृत गरेको छ ।  
काठमाडौँलाई अँध्यारोबाट मुक्ति दिलाई उज्यालो काठमाडौँ बनाउने योजना अनुसार सडक बत्ती, सार्वजनिक स्थलमा सौर्य उज्यालोमार्फत झिलीमिली बनाउने, काठमाडौँ महानगरपालिका क्षेत्रभित्र बिजुली बत्ती युटिलिटिलाई महानगरपालिकाको अधिकार क्षेत्रभित्र ल्याई स्मार्ट मिटर जडान गर्ने र निजी घर, जग्गा, चोक, गल्ली समेतमा बिजुली बत्ती, सोलार बत्तीमार्फत उज्यालो काठमाडौँलाई सार्थक बनाउने योजना रहेको छ ।  
निजी तथा साना सवारी साधनको प्रयोगलाई निरुत्साहित गरी सार्वजनिक यातायातको अधिकतम उपयोग गर्न सुविधात्मक ठूला बस, बस ¥यापिड ट्रान्जिट, मोनो रेल, सिटी केवल कार, ट्राम र मेट्रोजस्ता विकल्पको अध्ययन गरी बृहत्तर शहरीयातायातमा सबैको पहुँच बढाउने योजना बनेको छ ।  शहरी वातावरण संरक्षण गर्न विद्युतीय शहरी यातायातलाई प्रवद्र्धन गर्ने योजना बनेको छ ।  साइकल सिटीको गुरुयोजना तयार हँुदैछ, भित्रि शहरलाई सवारी साधन निषेध गर्ने, स्मार्ट पार्किङ, पैदलयात्रीमैत्री सडक निर्माणलाई प्राथमिकता, स्मार्ट स्ट्रिट साइन र ट्राफिक साइन सटल बसपार्क, स्मार्ट पेट्रोल पम्प निर्माण आदि सार्वजनिक यातायातलाई सुरक्षित, विश्वसनीय र सर्वसाधारणको पहुँचमा वृद्धि गर्ने योजना स्वीकृत गरेको छ ।  साझाको हाल ३० वटा बसमा लगानी भई सञ्चालित छ भने थप २१ वटा बस पुनः सञ्चालनमा ल्याउन लगानी भइसकेको छ ।  शहरी बसको रूपमा पहिलोपटक सेमी लो फ्लोरको बस केही दिनभित्रैमा काठमाडौँ छिर्दैछ ।   
काठमाडौँ महानगरपालिकाले भूकम्पबाट क्षति भएको मूर्त सम्पदाको पुनःनिर्माण बिल्ड ब्याक वेटर अवधारणाबाट पुनःजाग्रित र पुनःस्थापित गर्ने योजना बनाएको छ ।  काष्ठमण्डप, रानीपोखरी, धरहरालगायतका सम्पदा पुनःनिर्माणलाई आवश्यक नीतिगत व्यवस्था र योजना तय गरिँदैछ ।  
काठमाडौँको समृद्धि यहाँको प्राकृतिक दृश्य र सांस्कृतिक रहस्यको उद्घाटन गर्दै विदेशी पाहुनाको न्यानो आतित्थ्यताबाट मात्र सम्भव छ ।  त्यसैले काठमाडौँको पहिचान भएको पर्यटकीय क्षेत्रको थप विकास र सुधार गर्ने र पहिचान हुन बाँकी स्थलको पहिचान गरी पर्यटनलाई प्राथामिकताका साथ प्रवद्र्धन गर्ने दीर्घकालीन योजना बनाएको छ ।  
स्थानीय सरकारको रूपमा काठमाडौँ महानगरपालिकाले प्रवाह गर्ने सेवा सुविधा छिटोछरितो, प्रभावकारी, पहुँच योग्य, पारदर्शी, प्रविधिमैत्री, भ्रष्टाचारमुक्त र नतिजामूलक बनाई सुशासन कायम गर्ने निर्णय गरेको छ ।  विधुतीय शासन प्रणालीलाई संस्थागत गर्दै कागजरहित प्रविधिमा आधारित प्रशासन सञ्चालनमा ल्याउने कार्ययोजना अनुसार कार्यारम्भ भएको छ ।  ई–गर्भनेन्सका लागि मार्स, इविपिएस, स्मार्ट सिटीजन कार्ड, महानगरीय ब्रोडब्यान्ड नेटवर्क, इ–लाइबेरी, भौगोलिक सूचना प्रणाली, मेट्रिक ठेगाना प्रणाली, मोबाइल एप्लिकेशन, अत्याधुनिक सुचना केन्द्र, फ्री वाइफाइ सुविधा काठमाडौँ
मिडिया सेन्टर स्थापना, डिजिटल विज्ञापन प्रणाली, मेट्रो एफ एम, हाम्रो काठमाडौँ, काठमाडौँ अनलाइन, स्थानीय राजपत्र, महानगर बुलेटिनको प्रकाशन र स्तरवृद्धि गर्ने योजना पारित भइसकेको छ ।  स्मार्ट सर्भिस डेलिभरी, युजर फ्रेन्ड्ली ट्रान्सर्पोटेशन, स्मार्ट इन्भायरोमेन्टमार्फत रेजिलियन्ट सिटीको रूपमा काठमाडौँ विकास गर्ने दीर्घकालीन योजना तय गरेको छ ।
दैनिक र नियमित रूपमा सङ्कलन गर्ने फोहोरबाहेक नदी किनार, गल्लीचोक, सार्वजनिक स्थलमा रहेका फोहोर सङ्कलन गर्ने र हरियाली वृद्धि गर्ने योजना स्वीकृत भई हालसम्म करिब अठार सय मेट्रिक टन फोहोर व्यवस्थापन भएको छ ।  व्यापक जनसहभागितामा आफ्नो घरआँगन, टोल छिमेकमा आफैँ सफा सुग्घर राख्न उत्प्रेरित गर्ने यो अभियान निकै प्रभावकारी देखिएको छ ।  जैविक फोहोरलाई ऊर्जाको रूपमा प्रयोग गर्ने र फोहोरलाई स्रोतमै घटाउने महानगरको योजनाले दिशानिर्देश गरेको छ ।  
सडकको धुलो ब्रुमर मेसिनबाट तान्ने, बढार्ने, सफा गर्ने, पानीले पखाल्ने, फुटपाथ निर्माण गर्ने, सिटी सर्टिफिकेशन पद्धति अवलम्बन गर्ने, प्रदूषण मापनयन्त्र जडान गर्ने, ग्रिनसिटी अवधारणा लागू गर्ने, स्मार्ट ट्वाइलेट निर्माण, धुवाँ–धुलो नियन्त्रण, कौसी खेती प्रवद्र्धन, सफा टोल अभियान सञ्चालन, साना वन विकास कार्यक्रम, फोहोरबाट वायोग्यास उत्पादन आदिको निमार्ण तथा व्यवस्थापनमार्फत स्वच्छ वातावरण सुन्दर काठमाडौँ विकास गर्ने घोषणा भएको छ ।  
काठमाडौँ महानगरलाई सुरक्षित शहर निर्माण गर्ने अङ्ग र प्राथमिक जिम्मेवारी आफ्नो भएको कुरा काठमाडौँ महानगरले स्वीकारेको छ ।  विपद् जोखिम न्यूनीकरण गरी नागरिकको सुरक्षाको प्रत्याभूति गर्ने, आपतकालीन कार्य सञ्चालन गर्ने संयन्त्र बनाउने, सार्वजनिक तथा खुला क्षेत्रलाई विपद्मा प्रयोग गर्ने, प्रत्येक वडामा प्रकोप सुरक्षा योजना बनाई कार्यान्वयन गर्ने, महानगरका पाँच क्षेत्रमा दमकललगायत विपद् उपकरणको व्यवस्था गरी सेवा दिने, प्रत्येक वडामा फायर हाइडेन्टको व्यवस्था गर्ने योजना तय भएको छ ।  
छिटोछरितो, पहुँचयोग्य र प्रभावकारी न्याय प्रणालीको विकास गरी स्थानीय विवाद निरूपणमा वैकल्पिक र अनौपचारिक मेलमिलाप पद्धतिलाई आत्मसात् गरी न्यायलाई शासन प्रशासनको अन्तिम गन्तव्य मान्ने नीति पारित गरिएको छ ।  न्यायिक समिति र मेलमिलापमार्फत न्यायको सुनिश्चितता गर्ने लक्ष्य किटान गरिएको छ ।  
अन्य स्थानीय सरकार, स्वदेशी तथा विदेशी सरकार, सङ्घ संस्था, निकाय र नियोगसँग कार्यात्मक तथा गुणात्मक सम्बन्ध विस्तार, विकास र सुदृढ गरी काठमाडौँले संसारको ध्यान आकर्षण गर्ने सोच बनाएको छ ।  
राजस्व वृद्धि नभई आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने भएकाले करको दायरा बाहिर रहेका करदातालाई समेट्न र लगानीमैत्री कर नीति अवलम्बन गर्ने योजना रहेको छ ।  स्मार्ट कर प्रणालीमार्फत करदाताले तिरेका कर पूर्ण सदुपयोग हुने व्यवस्था गर्ने घोषणा गरी त्यसतर्फ कार्यक्रम निर्माण भइरहेको छ ।  प्रगतिशील कर प्रणालीबाट न्यायोचित समाज निर्माण गर्न सकिने दृष्टिकोण रहेको छ ।  
शहरी गरिबको पहिचान, परिचयपत्र वितरण र आर्थिक क्षमता विकासका कार्यक्रममार्फत प्रोत्साहन गरी समतामूलक समाज निर्माण गर्ने योजनाले लक्ष्य निर्धारण गरेको छ ।  सार्वजनिक, निजी साझेदारी कार्यक्रम, स्थानीय उद्यमशिलता, सीप विकास र स्थानीय स्रोत साधनको उपयोग महानगरको दुरदृष्टि बनेको छ ।  
काठमाडौँ ऐतिहासिक सांस्कृतिक शहर हो ।  यसको गरिमा इतिहासको विकासक्रमसंँग अभिन्न छ ।  इतिहासले वर्तमानलाई टिकाएको छ भने वर्तमान भविष्यद्रस्टा बन्ने र भोलिका माग र मुद्दालाई सम्बोधन गर्न तत्पर रहने प्रतिज्ञा काठमाडौँ महानगरले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनामार्फत गरेको छ ।  
मातृभाषा काठमाडौँको गौरव हो, यसको समुचित संरक्षण, प्रवद्र्धन र विकास गर्ने नीति योजनाको रहेको छ ।  नेपाल भाषा, रन्जना लिपिलगायत स्थानीय भाषा साहित्य र कला संरक्षण गर्ने सङ्कल्प योजनाले गरेको छ ।  महानगरपालिकाभित्र निर्माण हुने संरचना अपाङ्गतामैत्री, वातावरणमैत्री र लैङ्गिकमैत्री हुने घोषणा गरिएको छ ।  ज्येष्ठ नागरिक हामी सबैको अभिभावक हुन ।  उनीहरूको जीवन स्तरलाई बढीभन्दा बढी सहज, सरल र स्तरीय बनाउन सामाजिक सुरक्षा, मनोरञ्जनस्थल, भेटघाट स्थल, सार्वजनिक सेवा, निःशुल्क ज्येष्ठ नागरिक सेवा केन्द्र, सामाजिक समावेशीकरण आदिलाई योजना तथा कार्यक्रमले निर्दिष्ट गरेको छ ।  युवा, खेलकुद, रोजगारीलाई प्राथमिकतामा राखी बजेट, नीति तथा कार्यक्रम तर्जुमा भएको छ ।  जनउपयोगी शिक्षाबाट मात्र सक्षम नागरिक उत्पादन हुने कुरा योजनाले स्वीकार गरी त्यसतर्फ कार्यक्रम लक्षित छ ।  तीन वर्षभित्रमा महानगरपालिकाको केन्द्रीय कार्यालय र वडा कार्यालयका भवन निर्माण भइसक्ने छ भने फोहोरलाई ऊर्जाको स्रोत मानि व्यवस्थापन गर्ने लक्ष्य किटान गरिएको छ ।  राजधानी शहर काठमाडौँ महानगर तत्कालको तदर्थवादी र लोकप्रियताका निम्ति गरिने कृतिम कार्यभन्दा दीर्घकालसम्म खप्ने र माग पूरा गर्ने दिगो विकासको अवधारणाबाट नीति, योजना र कार्यक्रम तय गरी अघि बढ्दै छ ।  रातारात हुने विकास दिगो हुँदैन ।  


प्रकाशित मिति: २०७४/८/२९

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना