बालबालिकामा सकारात्मक अन्तक्र्रिया

देविना प्रधानाङ्ग

 

हामी वयस्कहरू स–साना बालबालिकासँंग अन्तक्र्रिया गर्न लालायित हुन्छौँ र कुराकानी गर्छांै । तर, प्रायः हामी हाम्रै लागि र हाम्रो आवश्यकता पूरा गर्न कुराकानी गर्छाैं । उदाहरणका लागि बालबालिकाहरूसँग हामीले अपेक्षा राख्छौँ जस्तै यो गर यो नगर, यसो गर उसो नगर, बालबालिकासंग समय विताउन कुरा गर्छाैं जस्तैः नानीवावु के छ ? के
खायौँ ? के गर्दै छौँ ? इत्यादि कुनै हदसम्म यस्ता कुराकानी र अन्तक्र्रिया आवश्यक त पर्छ तर हामीले गरेका कुराकानीबाट बालबालिकालाई उत्तरदायीपूर्ण संलग्नताका लागि सहायकसिद्ध अन्तक्र्रियाप्रति कमै ध्यान दिन्छौँ । उत्तरदायीपूर्ण संलग्नता र गुणस्तरीय अन्तक्र्रिया भनेको के हो ? यो कसरी गर्ने ? भन्नेबारे स्पष्ट हुन आवश्यक छ ।
गुणस्तरीय अन्तक्र्रियाका लागि केही विशेषता हुनु आवश्यक छ । ती विशेषता भनेको सौहार्दपूर्ण र शान्त अन्तक्र्रिया जसमा वयस्क र बालबालिका पालैपालो कुराकानी गर्छन् । जुन विषयमा कुरा गर्छ, त्यस विषयमा केन्द्रित रहन्छ । बालबालिकाले त्यससम्बन्धमा दृढ र आत्मविश्वाससाथ कुराकानी गर्छ । आफ्ना विचार सोचलाई स्पष्टसँग राख्छ । विषयवस्तु सम्बन्ध अरूले विचार व्यक्त गर्दा ध्यानपूर्वक सुन्ने भनेका कुरालाई हाउभाउ र आँखाले स्वीकारयुक्त रूपले अभिव्यक्त गर्ने गर्छ । तर वयस्कले भने कुराकानीको दौरानमा नयाँ शब्दलाई प्रस्तुत गर्नुपर्छ । कुराकानी गर्दा प्रत्येकले आफ्नो पालो पर्खने र आफ्नो पालो आएपछि मात्र विचार व्यक्त गर्न अवसर दिने तरिकालाई नै गुणस्तरीय अन्तक्र्रिया भनिन्छ । यसरी अन्तक्र्रिया गर्दा बालबालिकाले संसारलाई कसरी बुझेको छ ? कसरी हेरेको छ ? थाहा पाउन सहज हुन्छ । किनभने जसरी हामीले संसार बुझ्छौँ बालबालिकाले त्यसरी बुझ्दैनन् । उनीहरूको आफ्नै नजरिया हुन्छ । त्यो ठीक पनि हुन सक्छ, बेठीक पनि तर बालबालिकाका लागि त्यो ठीक नै हुन्छ । यस्ता अन्तक्र्रियाले अभिभावकलाई बालबालिकाको क्षमता, उनीहरूमा पहिलो प्रस्ट भइसकेका ज्ञान र उनीहरूले के–के कुरा जानकारी राखेको छ, थाहा पाउन सहज हुन्छ । यी कुराको जानकारी प्राप्त भयो भने बालबालिकालाई रमाइलो तरिकाले सिकाइमा सहयोग पु¥याउन सक्छौँ । राम्रोसँग सिक्ने वातावरण दिन बालबालिकालाई अझ गहिरो सोच्ने, नयाँ विचार र सोच जन्माउन वातावरण दिने र तिनीलाई व्यक्त गर्न प्रोत्साहन गर्नेजस्ता क्रियाकलाप गर्न सक्यौँ भनेमात्र सिकाइका लागि सिक्ने परिपाटी बन्छ । बालबालिका र अभिभावकहरूबीच गुणस्तरीय अन्तक्र्रियाले बालबालिकालाई सिक्न सहज वातावरण हुन्छ, जुन सिकाइको क्रममा नितान्त आवश्यक छ ।
बालबालिकालाई गहिरिएर सोच्ने वातावरण र समस्या समाधानका लागि उनीहरूको स्तरअनुसारको चुनौती प्रदान गर्न सक्यौँ भने उनीहरू उत्तरदायी रूपले सिकाइमा संलग्नता रहन सक्छ । यस्तो वातावरण तयार गर्न खर्च त्यति लाग्दैन तर अभ्यास भने अवश्य जरुरी छ । बालबालिकासँग कुरा गर्दा बालबालिकाको स्तरको भाषा प्रयोग गर्ने, कुराकानी गर्दागर्दै छोटो विश्राम लिने, प्रश्नपछि केही समय विश्राम लिनेजस्ता कार्यले बालबालिकाको मस्तिष्कले सोच्न मौका पाउँछ । उनीहरूका प्रतिक्रियालाई राम्ररी सुन्ने, सोचेर, बुझेर विचार पु¥याई प्रतिक्रया दिने, प्रतिक्रिया दिइसकेपछि पनि बालबालिकालाई सोच्नका लागि समय दिन छोटो विश्राम लिने गर्नुपर्छ, जसले गर्दा उनीहरूले के सोचेको छ ? भन्ने कुरा हामीले सहजै चित्रण गर्न सकोस् । जब बालबालिकाले आफ्नो विचार र सोच राख्छ, तब अभिभावकले बालबालिकाको प्रतिक्रियालाई ग्रहण गर्ने र बालबालिकाले के बुझे जानकारी राखी थप आवश्यक जानकारी दिने र सही दिशामा दो¥याउनका लागि बालरुचिअनुरूपको क्रियाकलाप अघि बढाउनुपर्छ । यसप्रकारको क्रियाकलापले बालबालिकालाई सहज सिक्न र सिकाइ दिगो पार्न मद्दत गर्छ । यस्को लागि बालकेन्द्रित र बालमनोवैज्ञानिक अभ्यासबाट विकास गर्न सकिन्छ ।
सकारात्मक अन्तक्र्रियाले बालबालिकामा आत्मविश्वास बढाउँछ । बालबालिकाको सकारात्मक स्वअवधारणा र स्वस्थ आत्मविश्वास विकासले असल र प्रतिस्पर्धी नागरिक बनाउँछ, जुन प्रत्येक आमाबाबुको सपना हुन्छ । जोसुकै आमाबाबुको इच्छा आफ्ना बालबालिकाको राम्रो होस् भन्ने चाहना हो । महाभारतमा पनि उल्लेख छ, प्रत्येक आमाबाबुले छोराछोरीको सुख र सफलता चाहन्छन् । त्यसका लागि अभिभावकले दुईप्रकारका बाटो अपनाउँछन् । एक ः अभिभावक आफैँले प्रत्येक समस्यालाई समाधान गर्दै बालबालिकालाई सुखी बनाउने, दोस्रोे अभिभावकले बालबालिकालाई स–साना समस्या र चुनौतीसँग लड्नलाई प्रोत्साहित गराउँदै भावी जीवनमा आउने समस्यासँग लड्न सिकाउने । तर, यी दुई तरिकाबीच आकाश जमिनको भिन्नता छ । पहिलो अभिभावकले बालबालिकालाई सानो उमेरमा सुख त दिन्छन् तर भविष्यका लागि तयार गर्दैनन् भने दोस्रो अभिभावकले भविष्यका लागि क्षमतावान् बनाएर सफलता हासिल गर्न सक्ने तुल्याउँछ । बालबालिकाले विकास गर्ने क्षमता भनेकोे सकारात्मक धारणा र उनीहरूमा विकास हुने स्वस्थ आत्मविश्वास हो । यसका लागि अभिभावकले धेरै कुराको जानकारी राखेर अघि बढ्नुपर्ने हुन्छ । अभिभावकले बालबालिकालाई स्नेहयुक्त वातावरण, रमाइलो व्यवहार, प्रोत्साहनयुक्त र उत्सुक वातावरणको सृजनाका साथै सकारात्मक हौसला दिनुपर्छ, जसका लागि गुणस्तरीय अन्तक्र्रिया आवश्यक पर्छ । अनि मात्र बालबालिकामा आत्मविश्वासका साथै राम्रो व्यवहार र चुनौती सामना गर्ने क्षमता विकास हुन्छ ।
आत्मविश्वास र स्वअवधारणा विकासले बालबालिकाका बौद्धिक, मानसिक र संवेगात्मक विकासमा सहयोग गरी जीवनभरिमा सफलता प्राप्त गर्नमा प्रमुख देन दिएको हुन्छ । आत्मविश्वास भनेको आफ्नो क्षमता र सक्षमतामा विश्वास गर्नु हो । यही आत्मविश्वासले बालबालिकाले जीवनमा आउने चुनौती सामना गर्न सक्छ भने स्वअवधारणा राख्दै सिकाइलाई स्तरोन्नति गर्छ । आत्मविश्वासी बालबालिकाले सर्वमान्य व्यवहार विकास गर्न दत्तचित्त हुने गर्छ भने सामाजिक वातावरणलाई सकारात्मक रूपमा लिने, पालो पर्खने र आफ्नो अनुभव बाटेर आफूलाई समाजमा संलग्न बनाइराख्छ । तर, आत्मविश्वास र स्वअवधारणा त्यसै उत्पन्न हुँदैन यसका लागि अनुकूल वातावरण, प्रोत्साहन र मार्ग निर्देशको आवश्यक पर्छ ।
बच्चाहरू उसको आफ्नो छुट्टै पहिचान र अस्तित्व छ भन्ने बुझ्दैनन् तर बालबालिकामा हुने आत्मविश्वासले उसलाई समाजको अभिन्न अंगका रूपमा उभ्याउँछ । यसका लागि बालबालिकासँग गरिने अन्तक्र्रिया, उनीहरूले आफ्ना वरपरबाट प्राप्त गर्ने अनुभव र अभिभावकको मार्ग निर्देशनले ठूलो भूमिका खेल्छ । वास्तवमा भन्ने हो भने सुरुमा बालबालिकाको आत्मविश्वास अभिभावकको व्यवहारबाटै विकास गर्छ । घरको वातावरणबाट जे सिक्छ, त्यसैबाट बालबालिकाले संसारमा घुल्नमिल्न र बुझ्न सिक्छ । अभिभावकले बालबालिकालाई सुरक्षित गर्न नियन्त्रण गर्न र नियमन गर्न उनीहरूलाई तालिकाको व्यवस्था गरी कतिबेला सुत्ने, कतिबेला उठ्ने, कतिबेला सरसफाइ गर्ने कतिबेला खाने भन्ने कुरा जानकारी दिनुपर्छ र सोअनुरूप गराउनुपर्छ । यसप्रकारको तालिकाले बालबालिका हडबडाउने, अस्तव्यस्त हुनेबाट बचाउँछ र शान्तसँग वातावरण, समाज र संसार बुझ्नलाई समय प्रदान गर्छ । जुनसुकै परिस्थितिमा पनि अभिभावकले नमुनाको भूमिका खेल्नुपर्छ । अभिभावकले बालबालिकाको अगाडि चिच्याउने कराउने दोष दिने ग¥यो भने उनीहरूले पनि त्यही सिक्छ । त्यसैले अभिभावकले आफ्नो संवेगलाई सन्तुलित राख्ने, आवश्यक र परिस्थितिअनुसार अनुकूलन गर्ने, समस्या आउँदा शान्त भई समाधान गर्ने, चुनौती र पीडालाई समाधान गर्ने तरिका प्रदर्शन गर्ने काम गर्नुपर्छ । बालबालिकाले आफैँलाई चिन्न, अरूलाई र संसारलाई चिन्न अवसरका लागि बालबालिकालाई खेल्न, खोजी गर्न, अवलोकन गर्न र अरूसँग अन्तरक्रिया गर्ने प्रशस्त मौका दिनुपर्छ । आफ्नो इच्छामा रम्न दिने, समस्या समाधान गर्न र चुनौती सामना गर्र्न वातावरण दिने गर्दा बालबालिकामा आत्मविश्वास विकास गराउने जग बस्छ ।

प्रकाशित मिति: २०७४/९/३

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना