आस्थामा बाँचेको न्यायशास्त्र

शीतल गिरी

 

प्रायःजसो पूर्वीय दर्शनले कल्पानापरकलाई प्राथमिकता दिने गरेको पाइन्छ । तिनीहरू संसारको विवेचना अखण्ड रूपमा गर्ने गर्छन् । त्यही न्याय र वैशेषिकले विश्लेषणात्मक अध्ययन गर्ने गरेको छ । साधारण ज्ञान अथवा विज्ञानको आश्रय लिएर न्याय र वैशेषिक हिँड्छ, त्यसको उपेक्षा गर्दैन । यी दुवै सम्प्रदायले जुन विधिको प्रयोग गर्ने गर्छन्, त्यसलाई यिनका अनुयायी वैज्ञानिक भन्छन् । यो विधि भनेको तार्किक जाँच र आलोचनात्मक विधि नै हो । यिनीहरूका अनुसार बौद्ध विचारक जुन परिणाममा पुग्छन्, त्यो अभिमत होइन । यिनीहरूका अनुसार तर्कले हामीलाई जीवनमा सदाका लागि नश्वर एवं क्षणक्षणमा परिवर्तन भएको मान्न बाध्य गर्दैन । यी दर्शनका मुख्य उद्देश्य संशयवाद बौद्धको प्रत्यक्ष ज्ञानवादबाट निस्कन्छ । यसले बाह्य यथार्थलाई मनको विचारमा मिलाइदिन्छ । यसको प्रयास परम्परागत निष्कर्षलाई अन्तर्जगत्मा जीवात्मा र प्रकृतिको विश्वासलाई दृढ गर्नु हो । यस्तो कार्य प्रकरणको आधारमा नभएर तर्कको आधारमा गर्छन् । न्याय र वैशेषिक दुवै नै परम्परागत सामान्य दार्शनिक पदार्थको विषयमा उचित अनुसन्धान गरेर विश्वको रचनालाई समाधान गर्ने गर्छन् । तर्कसम्मत तŒव–विभाग यस परम्पराको मुख्य विशेषता हो ।
यी दुवै दर्शन धेरै समयदेखि एक अर्काको पूरक मानिँदै आएका छन् । कसैले यी दुवै दर्शन एउटै उद्गमबाट निस्किएका दुईटा स्वतन्त्र विचारधारा हुन् । यिनीहरूले ज्ञात अज्ञात पदार्थ तथा ज्ञानका साधनको विवेचना गर्ने गर्छन् भनेर भनेका छन् तर यस विषयमा निश्चित रूपमा केही भन्नु गाह्रो छ । न्याय दर्शनलाई अत्यन्त प्राचीन कालदेखि नै धेरै प्रतिष्ठाको साथमा हेर्ने गरिन्छ । मनुले यसको समावेश श्रुतिभित्र गरेका थिए । याज्ञवल्क्यले पनि यसलाई वेदका चार अङ्गमध्ये एक मानेका थिए । पूर्वीय पाँच वटा प्राचीन पाठ्य–विषय–काव्य, नाटक, अलङ्कार, तर्क (न्यायदर्शन) र व्याकरणमा न्यायलाई गणना गरिएको थियो । विद्यार्थीले कुनै पनि विषयको विशेष अध्ययन गरे पनि प्रारम्भीक विषयमा तर्कशास्त्र भने पढ्नैपथ्र्यो । तर्कशास्त्रलाई सम्पूर्ण पाठ्य विषयको आधार मानिएको छ । प्रत्येक पूर्वीय दर्शनले न्यायद्वारा प्रतिपादित मौलिक सिद्वान्तलाई स्वीकार गर्छ ।
न्यायलाई कहिलेकाहीँ तर्क विद्या र वादविवादसम्बन्धी विज्ञानको नाम दिने गरिएको छ । बहस अथवा वादविवाद वौद्धिक जीवनको प्राण हो । सत्यको अन्वेषणका लागि यस विधिको आश्रय लिनु आवश्यक पर्छ । सत्य स्वयंमा एउटा अत्यन्त जटिल विषय हो । यसकारण धेरै मस्तिष्कको सम्मिलित सहयोगविना सत्यको अन्वेषणमा सफलता प्राप्त गर्न सकिन्न । जयन्तले अधिकारपूर्वक भनेका छन्, गौतमले न्यायदर्शन तर्कशास्त्रको विषयलाई एउटा सन्तोषजनक रूपमा उपस्थित गराएका छन् । गौतमभन्दा अघि पनि तर्कशास्त्र विद्यमान थियो । जसरी जैमिनिभन्दा पहिले मीमांसा र पाणिनिभन्दा पहिले पनि व्याकरण विद्यमान थियो । छाग्दोग्य उपनिषद्मा वाकोवाक्यको वर्णन पाइन्छ, यसैलाई शङ्करले तर्कशास्त्र भनेका छन् । महाभारतमा पनि तर्कशास्त्र र अन्विक्षिकीको उल्लेख छ । महाभारतअनुसार नारदमुनि न्यायशास्त्रको परार्थानुमान र वैशेषिकको युक्ति र न्यायसँग परिचित थिए ।
वात्स्यायनको न्यायभाष्य न्यायसूत्रको शास्त्रीय टीका हो । वात्स्यायनको ग्रन्थमा वार्तिकको सन्दर्भ पाइने गरेको छ । वार्तिकले गौतम सम्प्रदायमा हुने गरेका वादविवादबाट निस्किएको निष्कर्षलाई सार रूपमा राख्ने गर्थे । वात्स्यायनले केही सूत्रलाई प्रकारान्तरदेखि व्याख्या गरेका छन् । यसको अर्थ हो उनीभन्दा पहिलेका टीकाकारले गरेको सूत्र व्याख्याको विषयमा उनी एकमत थिएनन् । तिब्बती अनुवादमा सुरक्षित रहेको दिग्नागको ग्रन्थ प्रमाण समुच्चयमा ग्रन्थकारको आफ्नो निजी भाष्य न्याय प्रवेश, हेतु–चक्रहमरु, आलम्बन परीक्षा र प्रमाणशास्त्र प्रवेश रहेको छ । जापानमा दिग्नागको ग्रन्थ लोकप्रिय छ । दिग्नाग ईस्वीको पाचौँ शताब्दीका थिए । न्यायदर्शनको सिद्धान्तमा दिग्नागका कारण नै प्रशस्तपाद आवश्यक परिवर्तन गर्न बाध्य भएका थिए ।
धर्मकीर्तिको समय सातौँ शताब्दीको प्रारम्भ मान्न सकिन्छ । शताब्दीको पूर्वाद्र्धमा वाचस्पतिले आफ्नो न्यायवार्तिकतात्पर्य–टीकामा न्यायको प्राचीन सिद्धान्तलाई पुनःस्थापना गरेका छन् । उनले न्यायशास्त्रमा न्यायशुचिनिबन्ध र न्यायसूत्रोद्वार जस्ता साना साना ग्रन्थ पनि लेखे । वाचस्पति एक प्रतिभाशाली विद्वान् थिए । उनले अन्य दर्शनका पनि प्रामाणिक टिका लेखे– जस्तो अद्वैत वेदान्तमा भामती र सांख्यदर्शनमा सांख्यतŒवकौमुदी नामको टीका । यसकारण उनलाई सर्वतन्त्र स्वतन्त्र एवं षड्दर्शननीवल्लभको संज्ञा दिइएको छ । उदयनको तात्पर्यपरिशुद्वि नामक बहुमुल्य टीका वाचस्पतिको ग्रन्थमा पाइन्छ । उनको आत्मतŒवविवेक नामक ग्रन्थ आर्यकिर्ति आदि बौद्ध विचारकका आलोचना गर्दै आत्माको नियत्व सिद्धान्तको समर्थनमा लेखिएको हो । उनको कुसुमाञ्जलि ग्रन्थ न्यायशास्त्रको परमात्मसिद्धि विषयको प्रथम व्यवस्थित ग्रन्थ हो । उनको अन्य ग्रन्थमा किरणावलि र न्याय परिशिष्ट रहेका छन् ।
केशव मिश्रको तर्कभाषामा न्याय र वैशेषिकको विचारलाई सम्मिश्रण गरिएको छ । जैन दर्शनको प्रमुख तर्कग्रन्थ हो ः भद्रवाहुकृत दशवैकालिकनिर्युक्ति, सिद्वसेन दिवाकरको न्यायवतार, माणिक्यनन्दीको परीक्षा मुखसूत्र, देवसूरीको प्रमाण नयतŒवालोकोलङ्कार र प्रभाचन्द्रको प्रमेयकमलमार्तण्ड । गंगेशको तŒव चिन्तामणि नव्यशास्त्रको एउटा मान्य ग्रन्थ हो । गंगेशका पुत्र वर्धमानले आफ्नो ग्रन्थमा यस परम्परालाई कायम राखेका थिए । जयदेवले तŒव चिन्तामणिमा एउटा टीका लेखेका छन्, जसको नाम आलोक हो । वासुदेव सार्वभौमको तŒव चिन्तामणि व्याख्यालाई नवद्वीप सम्प्रदायको पहिलो ठूलो ग्रन्थ मान्न सकिन्छ ।
आर्य जगत्मा तर्कशास्त्रको अध्ययनको विकास अलग–अलग कोणबाट थाहा पाउन सकिन्छ । सबैभन्दा पहिले आन्विक्षिकीबारे बुझ्नुपर्छ । जसलाई महाभारतमा न्याय शास्त्रको साथमा अलग स्थान दिइएको छ । यो चाडै नै न्यायसँग मिलेर प्राचीन सम्प्रदायका सूत्रलाई केलाउन थाल्छ । अखण्ड विश्वको आध्यात्मिक दृष्टिकोण पनि यसको तार्किक सिद्धान्तको साथमा मिसिन पुग्छ । वात्स्यायनकोअनुसार जसले प्रकृतिको सत्य बुझ्न सक्छ, उसैलाई सर्वोच्च लाभ प्राप्ति हुन्छ । प्रकृतिको सत्य बुझ्नका लागि अहं त्यागी दिनुपर्छ । ज्ञान वा विधाबाट मात्र दुःखको नाश हुन्छ । दार्शनिकग्रन्थ त्यो साधन हो, जसले दुःख नाश गर्छ । यही नै सर्वोच्च लाभ हो । प्राचीन न्यायशास्त्र तार्किक प्रश्नमा बहस गर्छ । बहसको विचारले मात्र बहस गर्नुभनेको उचित होइन । जैन र बौद्ध दार्शनिकको यस विषयमा एउटा पृथक् दृष्टिकोण भने छ । न्यायशास्त्रले ज्ञान मात्रमा आफ्नो रुचि प्रकट गरेको हुँदा तर्क र यथार्थ बीचको घनिष्ठ सम्बन्धलाई बिर्सिदियो ।
न्याय शब्दको अर्थ त्यो प्रक्रिया हो जसद्वारा मस्तिष्क एउटा निष्कर्षसम्म पुग्न सकोस् । न्याय तर्कको पर्यायवाची शब्द हो । न्याय दर्शनले अन्य दर्शनको अपेक्षा धेरै पूर्णतासाथ तर्कको प्रतिपादन गर्छ । तर्क दुई किसिमको हुन्छ ः मान्य र अमान्य । न्याय शब्दको प्रयोग साधारण भाषामा सही या उचित अर्थमा हुन्छ । यसकारण सही या उचित तर्क विज्ञानको नाम नै न्याय रह्यो । सङ्कुचित अर्थमा न्यायको तात्पर्य परार्थानुमान तर्कसँग छ । यथार्थमा त प्रमाणद्वारा कुनै विषयको समीक्षा गर्ने नाम नै न्याय हो । यस दृष्टिकोणले विशुद्ध ज्ञानको विज्ञान हो । यसैलाई प्रमाणशास्त्र पनि भन्ने गरिन्छ ।
प्रमाता र प्रमेय यि अवयव प्रत्यक्ष अथवा अनुमान ज्ञानोपलब्धिमा एक समान हुन सक्छ तर ज्ञानको विशिष्ट रूप भने प्रमाणमा नै निर्भर गर्छ । मनमा हुने आत्माको साथको संयोग पनि प्रत्येक किसिमको ज्ञानमा संयोगका किसिम मात्र पृथक् हुन्छ । ज्ञानको विषयमा न्यायले प्रतिपाद गर्छ ।

प्रकाशित मिति: २०७४/९/३

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना