मेलम्ची खोलाको उपयोगिता

बलराम चौलागाई

 

वि.सं. २०४६ को जन आन्दोलनपश्चात् काठमाडाँै उपत्यकाको जनसङ्ख्या दिन दुई गुणा रात चौगणका दरले वृद्धि भएर सानो ठाउँमा ठूलो चाप बढ्न थाल्यो त्यतिखेरबाटै शनै शनै काठमाडाँै, ललितपुर, भक्तपुर शहर र शहरोन्मुख ग्रामीण इलाकामा पानीको अभाव महसुस गर्न थालियो । वन जङ्गलको विनास, प्रकृतिमाथिको थिचोमिचो, अव्यस्थित शहरीकरण, मापदण्ड विपरीतका कलकारखाना आदिको स्थापना, चारैतिर घर, टहराको निर्माण, जताततै ढलान गरिएका बाटाको निर्माण कार्यले गर्दा पूरा उपत्यका कङ्क्रिटको जङ्गलमा रूपान्तरण हुन गएर आकाशबाट परेको वर्षात्को पानी जमीनमुनि गएर पुनर्भरण हुने कार्य बन्द भयो । यसको परिणम स्वरूप परम्परादेखिका ढुङ्गे धारा क्रमैसँग सुकेर हाल आएर सबैजसो धारा सुकिसकेका छन् ।
एक प्रारम्भिक सर्वेक्षणअनुसार काठमाडाँै उपत्यकाको वार्षिक जनसङ्ख्या वृद्धि दर चार प्रतिशतभन्दा माथि रहेको अनुमान गरिएको छ । एकातिर जनसङ्ख्याको चाप बढ्दै जानु अर्कोतिर पानीको मात्रा घट्दै जानुले गर्दा काठमाडाँै आसपासमा पानीको हाहाकार हुन थालेको धेरै भइसक्यो । अहिले काठमाडाँैका बासिन्दा भूमिगत जलभण्डार मासेर काम चलाउन बाध्य छन । कुनै दिन यो सञ्चित भण्डार रित्तियो भने के होला ? यी आदि गरिएका कारणले सरकारका सामु काकाकुल काठमाडौको तीर्खा मेट्न खानेपानीको विकल्प नखोजी सुखै छैन । काठमाडाँैको तीर्खा मेटनका लागि सिन्धुपाल्चोक स्थित मेलम्ची खोलाको पानी एकमात्र विकल्प हो भन्ने सोच काम सन् १९८८ अघि नै तत्कालीन सरकारले गरी सकेको थियो । त्यस पछिका सरकारले समय समयमा मैलम्चीको पानी काठमाडाँै ल्याउने कार्यमा निरन्तरता दिइरहेकै कारण अब भने छिट्टै नै मेलम्चीको पानी काठमाडाँै भित्रिने पक्का भइसकेको छ । सार्वजनिक भएका जानकारीअनुसार अब एक किलोमिटरभन्दा कम नै भूभाग सुरुङ खन्न बाँकी रहेको छ जसले काठमाडौँमा चाँडै नै मेलम्चीको खानेपानी आउने कुरामा विश्वस्त हुन सकिने आधार प्रदान गर्छ ।
२०४८ सालको संसदीय चुनावमा पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले त्यस बेलाको चुनावी वातावरणमा मेलम्चीको पानीको मुद्दालाई राम्रैसँग उठाउनु भएको थियो । मेलम्चीको पानीले सडक पखाल्ने उद्घोष गरेर उहाँले यस आयोजनाका लागि सकारात्मक सन्देश प्रवाह गर्नु भएको थियो र काठमाडौँवासीका लागि यो मिठो सपना थियो । काठमाडाँैको तीर्खा मेट्नका लागि मेलम्चीकै पानी चाहिन्छ भन्ने कुरा पञ्चायत कालकै हो । विभिन्न दातृ निकायको साथ सहयोग लिएर नेपाल सरकारले मेलम्चीको पानी काठमाडौँ भित्र्याउने योजना लगभग पूरा हुने क्रममा छ । मेलम्ची खोलाको पानी मुहानदेखि काठमाडौँको सुन्दरीजलसम्म २७ किलोमिटर सुरुङ मार्गद्वारा पानी ल्याउने योजना रहेकोमा अब सुरुङ खन्ने काम थारैमात्र रहेको कुरा सम्बन्धित निकायबाट सार्वजनिक भइसकेको छ । तर त्यो बाँकी काममा भने प्रतिकूल चट्टानका कारण केही ढिलो पो हुन्छ कि भन्ने आशङ्का उब्जिएको छ । सन् २००० बाट पूर्ण रूपमा काम थालनी भएको राष्ट्रिय गौरवको यो आयोजनाले धेरै साधन र स्रोतको खपत गरी सकेको छ । त्यस्तै किसिमले पानी भित्र्याउने वाचा कबोल पनि यस अघि पटकपटक भइसकेको छ । नयाँ वाचा तथा मेलम्चीको पानी एक अर्काका पर्यायझैँ लाग्न पनि थालेका छन्, काठमाडौँवासीलाई ।
मेलम्ची खानेपानीले चौथो पटक पानी आउने भाका गरेको छ, सन् २०१८ मार्च २६ अर्थात् वि.सं. २०७४ फागुन १४ गतेका दिन काठमाडौँका धारामा पानी ल्याउने । सुरुमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजलमा ल्याइने र यसबाट पछिल्ला कार्यकालमा पानी अपुग भएमा दोस्रो चरणमा सोही क्षेत्रको लार्के र याङ्ग्रीबाट क्रमश ः दैनिक १७÷१७ करोड लिटर पानी काठमाडाँै भित्र्याउन सकिने आधिकारिक भनाइ छ । यसरी सिन्धुपाल्चोकबाट काठमाडौँलाई दैनिक ५१ करोड लिटर पानी पठाउन सकिन्छ । अब यहाँ प्रश्न उठ्न सक्छ राजधानी र यसको सेरोफेरोलाई मेलम्ची क्षेत्रले आफ्नो प्राकृतिक स्रोत उपहार स्वरूप पठाएबापत यसले पाउने के ?
प्राकृतिक न्यायकै हिसाबबाट पनि सिन्धुपाल्चोक वा मेलम्ची क्षेत्रको प्राकृतिक साधनको दोहन गरिसकेपछि वा भनौँ काठमाडौँलाई तिर्खामुक्त पार्न गरेको महìवपूर्ण योगदानवापत केही पाउनु नै पर्छ । यसका विभिन्न विकल्प पनि छन्, जस्तो, योजना पूरा भइसकेपश्चात् राजधानीवासीले खानेपानी उपभोगवापत तिर्ने महशुलमध्ये केही प्रतिशत रकम रोयल्टीका रूपमा दिनुपर्छ जुन सिन्धुपाल्चोक तथा मेलम्चीको क्षेत्रको समग्र विकासमा खर्च गरिनुपर्छ । यसैगरी सिन्धुपाल्चोक क्षेत्र नं दुई अर्थात् मेलम्ची क्षेत्रका युवालाई हरेक किसिमका रोजगारीमा उच्च प्राथमिकतामा रखिनुपर्छ ।
एसियाली विकास बैङ्क, विश्व बैङ्क, नोराड, सिडा, जापान सरकार, आपेक आदि गरिएका दर्जनौँ दातृ निकायको सहयोगमा ठूलो धनराशि लगाएर बन्न लागेका यो योजना काठमाडौँवासीका निम्ति सञ्जीवनी बुुटी समान हो एकातिर मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रयत्न छिटो छिटो गरिदैछ भने अर्कोतिर यहाँ भित्र्याइएको पानीलाई उपत्यकाको विभिन्न ठाउँमा वितरण गर्ने कार्य पनि जाडतोडका साथ हँुदैछ । सुरुमा चक्रपथभित्र मात्र वितरण गर्ने योजना रहेको यस आयोजना कारण काठमाडाँै शहर आसपासमा बटुवालाई हिँड्नमा समेत कठिनाइ महसुस गरिएको छ । लामो र पट्ट्यार लादो पर्खाई पछि बल्ल आउन लागेको मेलम्चीको पानी पिउन काठमाडाँैवासी प्रतिक्षारत छन् । यो कार्य आफैँमा महान् भएर पनि जोखिमयुक्त पनि हो । एक पटक बडो परिश्रमका साथ बनेको संरचनाको उचित संरक्षण एवम् सम्भारको पछिसम्मको जिम्माका लागि पनि अहिले नै सोचिनुपर्छ । तर के पनि हो भने मेलम्चीको खानेपानी नै सबै समस्याको समाधान होइन र हामीले के चाहिँ भुल्न हुन्न भने जबसम्म उपलब्ध पानीको फारो गर्न सकिँदैन तबसम्म मेलम्ची त के समुन्द्रै थुनेर ल्याए पनि पुग्दैन ।
मेलम्ची खोलाको उपयोगिता खानेपानी आपूर्ति मात्र नभई यो आयोजनाको प्रारम्भमा नै खानेपानीका अतिरिक्त २५ मेघा वाट जलविद्युत् पनि सँगै ल्याउने योजना सार्वजनिक गरिएको थियो । जलविद्युत् योजनाबारे हाल केही कुरा सुनिँदैन तसर्थ यसबारेमा पनि सरकार तथा सम्बन्धित पक्षले योजना बनाउन सके मेलम्चीको पानीको बहुपयोग हुने थियो ।

 प्रकाशित मिति: २०७४/९/४ 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना