निर्वाचनमा काँग्रेसको पराजय

Durga prasad gautamदुर्गाप्रसाद गौतम

 

भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ । प्रत्यक्षतर्फ र समानुपातिकतर्फको मत गणनाको हालसम्मको मत परिणामले वाम गठबन्धनको झण्डै दुईतिहाइ बहुमतको नजिक छ । यो निर्वाचन मत परिणामले नेपाली काँग्रेसलाई प्राविधिक हिसाबले एउटा सङ्कुचित घेराभित्र राखिदिएको देखिन्छ । नेपाली काँग्रेसको यो प्राविधिक सङ्कुचनलाई लिएर समाजका विभिन्न तह र तप्काबाट फरक–फरक टीकाटिप्पणी हुन थालेका छन् । नेपाली काँग्रेसका केही युवा नेताले अब नेपाली काँग्रेस पार्टीको पहिलो पङ्क्तिका नेताले महŒवपूर्ण जिम्मेवारीबाट विश्राम लिनुपर्ने तर्क पनि गरेका छन् । साथै अन्यथा नेपाली काँग्रेसका युवा नेतृत्वबीच छलफलका साथ विद्यमान पार्टी नेतृत्वमा हस्तक्षेप गरिने टिप्पणी समेत गर्न भ्याइसकेका छन् । काँग्रेसी वृत्त भित्र अन्य केन्द्रय स्तरका नेता पनि उक्त पराजयको एक मात्र कारण वर्तमान नेतृत्वको कार्यगत असक्षमतालाई औँल्याउन व्यस्त छन् ।
स्वाभाविक रूपमा कुनै पनि सङ्गठनको नेतृत्वकर्ताले सङ्गठनको सामथ्र्य बढ्दा जस र सङ्गठनको सामथ्र्य घट्दा, उपजसका भागिदार हुनु स्वाभाविक प्रक्रिया हो तर यसैलाई मात्र पराजयको एकमात्र कारणका रूपमा चित्रित गर्नु त्यति उपयुक्त हुँदैन । त्यसैले निर्वाचनमा काँग्रेसले प्राप्त गरेको मत परिणाम र त्यसैको सेरोफेरोको वस्तुनिष्ठ विश्लेषण गरिनु आवश्यक छ ।
प्रजातान्त्रिक परिपाटीमा निर्वाचन एक मात्र त्यस्तो प्रक्रिया हो, जसका माध्यमबाट दलहरूले जनताबीच आफ्नो विचार, मान्यता, दृष्टिकोणलाई स्थापित गर्छ । निर्वाचन व्यवहारमुखी नभई एजेन्डामुखी हुने गर्छ । लोकतन्त्रमा निर्वाचनमा जुन दलले वर्तमानको आवश्यकता, विगतको भोगाइ र भविष्यको सुनिश्चिततामा जनतालाई बढी आश्वस्त पार्न सक्छ, त्यही पार्टीलाई जनताले आफ्नो अभिमत प्रकट गर्छन्, जुन स्वाभाविक पनि हो । यस दृष्टिकोणबाट हेर्दा नेपाली काँग्रेस यो निर्वाचनमा चुकेको नै हो । यसैको एउटा परिणाम निर्वाचनको नतिजा हो तर यसलाई मात्र आधार मान्न सकिन्न । यो निर्वाचनमा नेपाली काँग्रेस पराजयका प्रमुख कारण औँल्याउनु पर्दा एजेन्डाविहीन चुनावी अभियान, अस्तव्यस्त काँग्रेसी सङ्गठन, अराजक कार्यकर्ता आदिलाई प्रमुख मान्न सकिन्छ । भलै निर्वाचन परिमाणाका लागि यी नै सम्पूर्ण कारण त नहोलान् तर महŒवपूर्ण कारण भने पक्कै रहे ।
नेपाली काँग्रेस विगत एक वर्ष अगाडिदेखि केही यस्ता जनसरोकारका मुद्दामा प्रत्यक्ष रूपले संलग्न रह्यो, जसलाई उसले जनताबीच सही वा बेठीक भनेर स्थापित गर्न असक्षम रह्यो । यस अर्थमा भन्नुपर्दा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा नेपाली काँग्रेसलाई आफूलाई उनीहरू सँगसँगै देखाउन सकेन । नेपाली काँग्रेसको वर्तमान हारलाई काँग्रेसले तात्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले पुनः प्रधानमन्त्री पदमा दिएको उम्मेदावरी दिने निर्णय, आइजीपी प्रकरण, महानियाधीशको महाअभियोग तथा नाकाबन्दी प्रकरण आदिसँग पनि जोडेरै हेर्नुपर्छ । यी र यस्तै विविध प्रकरणले नेपाली काँग्रेसको जनताको दृष्टिमा सकारात्मकभन्दा नकारात्मक पक्ष बढी देखिएकै हो । यस तथ्यमा काँग्रेसले आन्तरिक विश्लेषण तथा समीक्षा गर्ने नै छ । साथै निर्वाचनको मत परिणामपश्चात् हाल नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सामाजिक सञ्जालमा व्यक्त गरेको विचारलाई उनले भनेझैँ विशेष महाअधिवेशनको व्यवहारवादी प्रयोगलाई आत्मसात् गर्न सकिए भए पनि निर्वाचनको परिणाम काँग्रेसको पक्षमा आज जस्तो दयनीय हुने थिएन भनी भन्न सकिन्छ किनकि काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टी केन्द्रीय नेताहरूले भनेका कुरालाई गम्भीरता साथ लिइनु्पथ्र्यो ।
देशकै पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेस स्वयंभित्र यति धेरै अलोकतान्त्रिक अभ्यास भइरहँदा यसका फरक गुट चलाउने नेता मौन बसेको प्रसङ्ग पनि आफैँमा निरासजनक वातावरणको द्योतक हो । मौका मिल्दा दामासहिले बाँडी खाने र मौका पाउँदा ठूलो भाग आफूतिर आओस् भनी ‘मुसा ढुक्ने ढाडे बिरालो’ प्रवृत्तिले काँग्रेसको वर्तमान निर्वाचनको परिणामको समीक्षा कुनै पनि तरिकाबाट वस्तुपरक हुन सक्दैन । अतः निर्वाचनमा नेपाली काँग्रेसको हारको पछाडि स्वार्थरहित समीक्षा आवश्यक छ र यस्तो समीक्षाले मात्र वर्तमानको काँग्रेसलाई सही बाटोमा डोहो¥याइ भविष्यको काँग्रेसलाई सुरक्षित र सुनिश्चित गर्न सक्छ । अन्यथा हाल प्राविधिक रूपमा मात्र सङ्कुचित काँग्रेस यान्त्रिक रूपमा नै सङ्कुचित हुने निश्चित प्रायः छ ।
दिनानुदिन काँग्रेस पार्टीमा समस्या मौल्याउँदै गएको पाइन्छ । पछिल्लो समयको व्यवहारवादी प्रयोगले यसलाई जनतासामु प्रतिपक्षी दलले विचार शून्य पार्टीका रूपमा प्रस्तुत गरिरहँदा पनि काँग्रेसको सिङ्गो नेतृत्वले विरोधी पार्टीको प्रहारलाई जनताले बुझ्ने ढङ्गले प्रतिवाद गर्न नसक्नु नै जनताबीच काँग्रेसप्रतिको आकर्षण बढ्न नसक्नुको एक महŒवपूर्ण कारणका रूपमा लिन सकिन्छ । साथै विद्यमान नेपाली काँग्रेसको साङ्गठिक संरचना हेर्दा तलदेखि माथिसम्म केन्द्रीकृत नेतृत्व प्रणालीको अभ्यासका कारण सङ्गठनात्मक संरचना नै तल्लो निकायमा अस्तव्यस्त नै छन् । गाउँ, नगर, क्षेत्र गरी अधिराज्यभर सङ्गठन रहेको पार्टीको निर्वाचन अभियानलाई हेर्दा यसको विभिन्न भगिनी संस्थाको चुनावी क्रियाशीलतालाई हेर्दा यो केवल निरर्थक प्रायः देखिन्थ्यो । यसको प्रमुख कारणका रूपमा यी भगिनी सङ्गठनमा नेतृत्व विकास हुन नसकेको स्थितिका रूपमा लिन सकिन्छ । नेतृत्व तहमा दक्षता, क्षमता भएका व्यक्तिलाई आकर्षित गर्ने गुणात्मक प्रतिस्पर्धालाई बढाउनेतर्फ भन्दा आफू नजिकका भजन मण्डलीलाई नेतृत्वमा ल्याउने होडले नै आज काँग्रेस यस हविगतमा पुगेको हो । यो अभ्यास नेपाली काँग्रेसले केवल केन्द्रीय सङ्गठनमा मात्र हावी राखेन काँग्रेसका जिल्ला, गाउँ, क्षेत्र आदिमा पनि यो प्रक्रिया क्रियाशील रह्यो । यसको परिणाम आजको निर्वाचनको असफलता हो । काँग्रेसको विद्यमान संरचनागत त्रुटिलाई हौसला दिने माथिल्लोदेखि तल्लो निकायसम्मको नेता कार्यकर्ताले बुझ्न जरुरी छ । यदि काँग्रेस साँच्चिकै सचिने हो भने उसले आफ्नो पराजयमा एकअर्काप्रति हल्का टिप्पणी गर्नुभन्दा पनि किन काँग्रेस प्राविधिक रूपमा यति सङ्कुचित भयो भन्ने कारणको खोजीमा धनीभूत छलफल केन्द्रदेखि जिल्ला, क्षेत्र, गाउँसम्म चलाउन जरुरी छ । साथै अहिलेको सङ्गठनात्मक संरचनामा जिल्ला क्षेत्र गाउँ एकाईसम्मका सङ्गठनमा रही क्रियाशिल हुने व्यक्तिलाई कमसेकम एक कार्यकालसम्म लाभका पदमा जान वञ्चित गरिनुका साथै सङ्गठनात्मक संरचनाको सुधारमा क्रियाशीलताका आधारमा मूल्याङ्कन गर्ने परिपाटीको विकास जरुरी छ ।
अन्यथाः केवल निर्वाचन हारपश्चात् एक अर्कालाई गर्ने आन्तरिक गाली गलौचमा नै काँग्रेस रुमलिरहने छ । न त यसको संरचनात्मक स्वरूपले पुनःगठित हुन पाउँछ, न त यसमा पुनःजागरण नै आउँछ । जसको फलस्वरूप लामो समयसम्म आफ्नो अकरमण्यतामा अरूलाई दोष दिने होड चलिरहन्छ । यसको समाधानका लागि माथिदेखि तलसम्मका काँग्रेसी नेताका कार्यकर्ताले आफूभित्र नै सुधारको व्यापक थालनी समाजले बुझ्ने गरी थालनी गर्नु जरुरी छ । यदि यस्ता कुराको हेक्का नभए आउँदा दिनमा काँग्रेस अझै खुम्चिने निश्चित छ ।

 प्रकाशित मिति: २०७४/९/४

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना