नेपाली खेलाडीलाई दुई स्वर्ण

सल्लेरी, सोलुखुम्बु, पुस ४ गते । वल्र्ड मार्सल आर्ट पिस कप—२०१७ मा सहभागी भएको नेपाली टोलीले दुई स्वर्ण पदकसहित तीन रजत पदक प्राप्त गर्न सफल भएको छ ।

मार्सल सेल्फ डिफेन्स इन्टरनेशनल एशोसिएसन पोर्चुगलको आयोजनामा मोरक्कोमा सम्पन्न प्रतियोगितामा सोलुखुम्बुका अर्जुन रोक्काले दुईवटा स्वर्ण पदक हात पार्नुभएको मोरक्कोबाट नेपाल मार्सल सेल्फ डिफेन्स संघ, नेपालका केन्द्रीय अध्यक्ष डिवी रानापालले जानकारी दिनुभयो ।

यस्तै, सञ्जु महर्जनले दुईवटा रजत पदक र ङवाङ केशाङ लामाले पनि एक रजत पदक प्राप्त गर्न सफल हुनुभएको छ ।

नेपाल मार्सल सेल्फ डिफेन्स संघ नेपालका केन्द्रीय अध्यक्ष डिवी रानापाल, प्रथम उपाध्यक्ष नुतन श्रेष्ठ, नेपालका शाखा प्रमुख वाङ्जु तामाङसहित सातजनाको टोली बुधबार स्वदेश फर्कंदैछ ।

खेलाडी टोली गत मंसिर २७ गते मोरक्कोतर्फ प्रस्थान गरेको थियो । टोलीलाई राखेपका सदस्य सचिव केशवकुमार विष्टले बिदाइ गर्नुभएको थियो ।  (रासस)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना