पर्यटक आगमन न्यून

शालिग्राम नेपाल

चितवन, पुस ६ गते । कला संस्कृति र पर्यटकीय दृष्टिले महìवपूर्ण क्षेत्र भए पनि चितवनको मेघौली प्रचारप्रसारको अभावमा पछाडि परेको छ । यस क्षेत्रमा कुमाल, थारू समुदायको कला संस्कृति हेर्न र अवलोकन गर्न पाइन्छ । योसँगै राप्ती र नारायणी नदीको सङ्गमस्थलबाट देखिन मनोरम सूर्यास्त, चितवन राष्ट्रिय निकुञ्जका लोपोन्मुख जनावरलगायतको सहजै अवलोकन गर्न सकिन्छ तर पनि यहाँ प्रशस्त पर्यटक आउन नसकेको यहाँका सरोकारवालाले बताएका छन् । मेघौली विमानस्थल, स्टार तहको होटल, रिसोर्टलगायतका सुविधाहरू यहाँ छन् । chitwan tourist

तेस्रो पर्यटकीय गन्तव्यका रूपमा चितवन विकसित भइरहँदा मेघौलीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न नसकेको पर्यटन विकास समिति चितवनका महासचिव विश्वराज सुवेदीले बताउनुहुन्छ । सौहारा आएका पर्यटक यहाँ १० प्रतिशत पनि आई पुग्दैनन् । यसका लागि यहाँको सडक मार्ग र मेघौली विमानस्थलको स्तरोन्नति गर्नु आवश्यक छ सुवेदीले भन्नुभयो । समग्र चितवनलाई पर्यटकीय हब बनाउन मेघौली–कसरा क्षेत्रलाई पनि सर्किटका रूपमा विकास गर्नुपर्दछ । पश्चिम चितवनका प्रमुख पर्यटकीय गन्तव्यहरूमा पटिहानी (सीतामाई), जगतपुर (वेलहठ्ठा सामुदायिक वन), कसरा–गोही प्रजनन केन्द्र) शुक्रनगर (किङफिसर) मेघौली, गोलाघाटलगायतका क्षेत्र पर्दछन् । यसलाई हुलाकी मार्ग ठोरीदेखि केरुङ मार्ग लुम्बिनी र पोखरा निर्माणाधीन विमानस्थल, मुग्लिनदेखि नारायणगढ बाटोको स्तरोन्नतिबाट सहज पहुँच भएमा पर्यटकको सङ्ख्यामा वृद्धि पर्यटन व्यवसायीको भनाइ छ ।
पर्यटन व्यवसायीहरूले पछिल्लो समयमा मेघौलीमा नियमित हवाई उडान गराउन प्रयत्न गरेका छन् । त्यसले पनि पर्यटक कमीका कारण निरन्तरता पाएको छैन । सोमबार, बुधबार र शनिबार नियमित उडाउन गराउने गरी मङ्सिर १३ गतेदेखि विमानस्थल सञ्चालनमा ल्याइएको थियो तर पर्यटक अभावका कारण नियमित उडान हुन नसकेको महासचिव सुवेदीले बताउनुभयो ।
काठमाडौँका लागि भरतपुर विमानस्थलभन्दा चार सय रुपियाँ कम हवाई भाडा भए पनि काठमाडौँ जाने मानिस न्यून छन् । अधिकांश मानिस भरतपुर विमानस्थलमा टिकट नपाएर छटपटाई रहन्छन् तर मेघौलीबाट उडान भर्ने एरलाइन्समा सिट भए पनि यहाँ कोही आउँदैनन् मेघौली पर्यटन विकास समितिका अध्यक्ष श्यामप्रसाद अधिकारीले भन्नुभयो । यसका लागि यहाँको सडक मार्गको विस्तार गर्न जरुरी देखिएको छ । भरतपुरदेखि काठमाडौँका हवाई भाडा तीन हजार पाँच सय रहेको छ भने मेघौलीदेखि काठमाडौँसम्मको हवाई भाडा तीन हजार एक सय रुपियाँ छ ।
मघौलीमा पर्यटनका लागि आकर्षणको रूपमा स्थानीय थारू समुदायको परम्परागत संस्कृति, एयरपोर्ट, आठवटा सामुदायिक वन तथा सिमसार क्षेत्र छन् । सो क्षेत्रमा दुर्लभ एकसिङ्गे गैँडा तथा खर मयुरजस्ता पशुपक्षीको समेत अवलोकन गर्न सजिलै सकिन्छ अधिकारीले भन्नुभयो । chitwan hatti
मेघौली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मेघौली पर्यटन विकास समितिले २०५७ सालदेखि ‘मेघौली महोत्सव’को आयोजना गर्दै आइरहेको छ । त्यसका अलवा स्थानीय तथा विज्ञहरूसँग अन्तक्र्रिया गर्ने, होटलका कर्मचारीलाई वेटर÷वेट्रेसको तालिम दिने, नेचर गाइडको तालिम दिने, प्रचारप्रसार तथा संरक्षणको पर्यटन व्यवसायीहरूले गरिरहेका छन् । मेघैलीमा ठूलो लगानीका होटलसमेत बनिसकेका छन् । सो क्षेत्रमा तीन ठूला, छ मझौला तथा १३ वटा साना गरी २२ वटा होटल छन् । चितवन क्षेत्र नम्बर तीनको प्रदेश १ बाट विजयी उम्मेदवार कृष्णप्रसाद भुर्तेलले पश्चिम चितवनको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुहुन्छ ।
नारायणी र राप्ती नदीमा तटबन्ध र वन्यजन्तु गाउँ प्रवेश गर्नमा रोकेर मानव वन्यजन्तु बीचको सुमधुर सम्बन्ध बनाउने योजना रहेको उहाँको भनाइ छ । करिब २३ बिघा क्षेत्रफलमा फैलिएको हवाई मैदान दुई सय मिटर अतिक्रमणमा परेको छ । अतिक्रमण जमिन हटाउन महानगरपालिकाले पहल गर्नुपर्ने जनप्रतिनिधिहरूले बताएका छन् । भरतपुरबाट २५ किलोमिटर पश्चिममा पर्ने मेघौली जाने मुख्य मार्ग कालोपत्रे गर्न वर्षौंदेखि ठेक्का लागे पनि यसले पूर्णता पाएको छैन ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना