राष्ट्रिय प्राणी उद्यान निर्माण कार्यले गति लिन सकेन

काठमाडौँ, पुस ७ गते । भक्तपुरको सूर्यविनायकमा बन्न लागेको राष्ट्रिय प्राणी उद्यान निर्माणको काम तीव्र गतिमा हुन सकेको छैन ।

विसं २०७१ माघ २९ को मन्त्रिपरिषद्को बैठकले प्राणी उद्यान निर्माणका लागि निर्देशन दिएपनि निर्माण कार्य भने सुस्त गतिमा भएको हो । भक्तपुरको सूर्यविनायकस्थित २४५ हेक्टर सामुदायिक तथा सरकारी वनमा निर्माण हुन लागेको उद्यानको १६ किलोमिटरमध्ये अहिलेसम्म जम्मा १३ किलोमिटर बाहिरी घेरा तारजाली हाल्ने कार्य भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी एवं प्राणी उद्यानका उपनिर्देशक नारायण रुपाखेती उद्यान निर्माणको गुरुयोजना स्वीकृतिमा ढिलाइ भएका कारण काममा ढिलाई भएको बताउनुहुन्छ । “सरकारले उद्यान निर्माण गर्ने भने पनि उद्यानभित्र आवश्यक जनशक्ति नपठाएका कारण काम जुनगतिमा हुनुपर्ने हो हुन सकेको छैन,”– उहाँले भन्नुभयो ।

उद्यानभित्रको २४५ हेक्टरमध्ये १४ हेक्टरमा राष्ट्रिय प्रकृति संरक्षण कोषसँग मिलेर वन्यजन्तु उद्धार केन्द्र निर्माण गरिरहेको उपनिर्देशक रुपाखेतीले जानकारी दिनुभयो । यस्तै, उद्धार केन्द्रका वन्यजन्तुलाई आवश्यक पर्ने पानीका लागि डिपबोरीङ निर्माण गर्ने काम भइरहेको छ ।

उद्यानभित्र आवश्यक रहेका कार्यालय निर्माण गर्ने कार्य शुरु गर्नुका साथै वन्यजन्तु उद्धारका लागि आवश्यक पर्ने एम्बुलेन्ससमेत ल्याइसकिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना