‘सरकार निर्माणमा अवरोध नगर’

भउचप्रसाद यादव

 

ललितपुर, पुस ८ गते । नेकपा (एमाले) ले सरकार निर्माणमा अवरोध नगर्न नेपाली काँग्रेसको ध्यानाकर्षण गराएको छ । एमाले उपाध्यक्ष वाम गौतमको भैँसीपाटीस्थित निवासमा शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकार निर्माण र राष्ट्रिय सभाको गठन फरक फरक विषय भएको तथा सरकार निर्माणसँग राष्ट्रिय सभा गठनको कुनै साइनो सम्बन्ध नरहेको ठहर गर्दै सरकार निर्माणमा अवरोध नगर्न सत्तारुढ नेपाली काँग्रेसलाई दबाबसमेत दिएको जानकारी एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले दिनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटीको ९२ औँ बैठकले काँग्रेसको अवरोधका कारण सरकार निर्माणमा समस्या आएको ठहर गर्दै लोकतान्त्रिक विधि प्रक्रिया र जनमतको कदर गर्न काँग्रेसलाई आग्रहसमेत गरेको छ । UML-Meeting
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलो पटक बसेको सो बैठकले निर्वाचनपश्चात् लामो सङ्क्रमणकाल अन्त्य भएको र मुलुक स्थिरता एवम् समृद्धिको दिशामा अगाडि बढ्न लागेको निष्कर्ष निकाल्दै निर्वाचनमार्फत प्रकट भएको जनआकाङ्क्षा पूरा गर्न पूर्ण निष्ठा र क्षमतासाथ लाग्ने अठोट गरेको एमाले सचिव प्रदीप ज्ञवालीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले ताजा जनादेशअनुरूप नयाँ सरकार गठनका लागि छिटोभन्दा छिटो उपयुक्त वातावरण निर्माण गर्न निर्वाचन आयोग र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुका साथै राष्ट्रिय सभाको गठन नेपालको संविधानको व्यवस्था र यससम्बन्धी विधेयक निर्माणका क्रममा राजनीतिक दलहरूबीच भएको पूर्वसमझदारी अनुरूप नै हुनुपर्ने ठहर समेत गरेको छ । सरकार गठनको तयारी र पार्टी एकीकरणसम्बन्धी कामलाई तीव्रता दिँदै यसलाई यथाशीघ्र छिटो निष्कर्षमा पु¥याउने निर्णय बैठकले गरेको जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकले हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वामपन्थी गठबन्धनका पक्षमा आफ्नो अमूल्य मत दिने सम्पूर्ण मतदाताप्रति आभार तथा धन्यवाद ज्ञापन गर्दै निर्वाचनमा विजयी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
निर्वाचन परिणामबाट राजनीतिक स्थिरता र समृद्धिका सङ्कल्प नेपाली जनताद्वारा अनुमोदित भएको निष्कर्ष निकाल्दै बैठकले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सफल भएकोमा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।
त्यसैगरी सरकार, निर्वाचन सम्पन्न गराउन खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा निर्वाचनका पक्षमा वातावरण निर्माण गर्न भूमिका खेल्ने सञ्चारमाध्यमहरूलाई बैठकले धन्यवाद दिँदै निर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा परी ज्यान गुमाउने सुरक्षाकर्मीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना