उधारोमै उखु बिक्री गर्न बाध्य बाराका किसान

ukhuबारा, पुस ९ गते । एकमुष्ठ मोटो रकम आउने तथा बाढी उत्पादन हुने उद्देश्यले नगदे बालीका रूपमा उखु खेती गर्दैआएका बाराका किसान उधारो नै उखु बिक्री गर्न बाध्य भएका छन् । 

आम्दानीको मुख्य स्रोत मानिएको नगदे बालीका रूपमा रहेको उखु प्रत्येक वर्ष झै यसवर्ष पनि बाध्य भई गतवर्षकै मूल्य पाँच सय ३१ रुपियाँ २० पैसालाई आधार मानी उधारो मै उखु बेच्न किसान बाध्य भएको कलैया उपमहानगरपालिका १६, मझौलिया निवासी तथा उखु किसान सङ्घ बाराका अध्यक्ष वीरेन्द्र कुशवाहाले बताउनुभयो । अरु खेती गर्नुभन्दा सजिलैसँग उखु खेती गर्न सकिने तथा लगानीको अनुपातमा उत्पादनसमेत बढ्ने गरेकाले घर गृहस्थीलाई आवश्यक पर्ने मोटो रकमको जोहो तथा अन्य बालीभन्दा उखु सजिलैसँग उब्जनी हुने गरेकाले उखु खेतीप्रति किसान आकर्षित हुँदैआएका छन् ।
समयमै सरकार र उखु मिल सञ्चालकले उचित मूल्य नतोकेका कारण खेतमै उखु सुकाउनुको सट्टा उधारोमै बिक्री गर्नुपरेको हुनाले अब उखु खेती गर्नै नपर्ने अवस्था आएको प्रस्टोका गाउँपालिका–५ का कृषक असर्फीलाल साहले बताउनुभयो ।
उद्यारोमै बिक्री गरेको उखुको रकमसमेत दुई वा तीन महिना बढी समयपश्चात मात्र पाइने हो यकिनसमेत नभएको तथा मिल सञ्चालकले पैसा पनि समयमा उपलब्ध नगराएका कारण उखु खेतीतर्फ आफूहरू मर्माहत भएको साहले दुःखेसो पोख्नुभयो । उखु क्रसिङका लागि मिल तयारी अवस्थामा रहेको छ भने दोस्रो तथा तेस्रो वर्षको पुरानो (खुटी) उखु पुस मसान्त सम्ममा बिक्री गरिएन भने खेतमै उखु सुकी २० प्रतिशत तौलमा कमी आउने साहले दाबी गर्नुभयो । यत्ता बारा जिल्लामा कुल खेतीयोग्य जग्गामध्ये सात हजार तीन सय हेक्टर क्षेत्रफल जग्गामा यस वर्ष उखु खेती भएको जिल्ला कृषि विकास कार्यालय, बाराले जानकारी दिएको छ ।
बाराको मनहर्वा–५ स्थित रिलायन्स सुगर एन्ड केमिकल उद्योगले पुस २ गतेदेखि उखु क्रसिङ सुरु गरेको उद्योगका उखु महाप्रबन्धक ओमप्रकाश शुक्लाले बताउनुभयो । यस वर्ष बारा, पर्सा र रौतहटका कृषकबाट खरिद गरी करिब ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ ।
आव २०७३÷७४ मा ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेकोमा उखुको अभावले कुल १६ लाख ६४ हजार क्विन्टल क्रसिङबाट एक लाख ५३ हजार ४६७ क्विन्टल चिनी उत्पादन गरेको थियो । चिनी उत्पादक सङ्घ र उखु उत्पादक सङ्घ बीच पटक पटक भएको बैठकबाट उखु खेती गर्न प्रत्येक वर्ष लागत बढ्दै गएको हुनाले गत वर्षको तुलनामा यस वर्ष पनि उखुको मूल्य बढाउन माग गरिरहेका किसानले मिल सञ्चालकले मूल्य नबढाएका कारण बाध्य भई गतवर्ष कै मूल्य पाँचसय ३१ रुपियाँ २० पैसा प्रतिक्वीन्टल कायम गरी उखु खरीद गरिरहेको रिलायन्स सुगर मिल, कलैयाका प्रबन्धक मनोज फौज्दारले बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना