नारी शिक्षाको महत्त्व

मनिता बस्नेत

 

नारी जातिलाई शिक्षाको न्यानो घामबाट वञ्चित गरिनु हुँदैन । जुन समाज र राष्ट्र समृद्धशाली बन्दछ, अनुशासित र लगनशील बन्दछ त्यो समाजमा शिक्षित नारीको अहम् भूमिका हुन्छ । यदि नारीलाई अपहेलना गरियो भने समाज र राष्ट्र नै दुर्बल बन्छ । समाज र राष्ट्रमा रहेका नागरिक स्वयं लगामविनाकोे घोडाजस्तै हुन्छन् । त्यसैले भनिन्छ एउटा घर परिवारमा पुरुष शिक्षित छ भने केवल एक व्यक्ति मात्र शिक्षित रहन्छ तर कुनै पनि घर परिवारमा यदि नारी शिक्षित छिन् भने त्यो सिङ्गो घर परिवार शिक्षित रहन्छ त्यो परिवार सभ्य कहलिन्छ । त्यसैले नारी शिक्षाको अतुलबीच महìव छ ।
नारी सिङ्गो राष्ट्रकी मुहान हुन् । आफूले नुनिला आँसुका ढिक्का पिएर संसारलाई सुस्वादु दुग्धामृत पिलाउने नारीले जीवनमा छोरी, दिदी, बहिनी, पत्नी, बुहारी र आमा बनेर आफ्नो परिवार चलाएकी हुन्छिन् भने आफ्नो सृष्टिलाई समेत बचाएकी हुन्छिन्, अनि पो संसारलाई सजाएकी हुन्छन् । जीवनका प्रत्येक क्षणका नैसर्गिक रूपमा आफ्ना त्याग, समर्पण स्नेह र पवित्र भाव देखाउने नारी युगौं युगकी श्रद्धा हुन् । नारीमा असीम शक्ति रहेको हुन्छ । नारीविना समाजमा व्यक्ति अधँुरो हुन्छ तर आज नारीजाति प्रतिको समाजिक पारिवारिक दृष्टिकोण सङकुचित एवम् सङकीर्ण बनेको छ । परिणामत नारीले पराइघर जाने भनेर जन्मघर र अर्काको घरबाट आएकी भन्दै कर्मघरमा समेत अपेक्षित र अपहेलित हुनु परेको छ । त्यसैले त उनलाई शिक्षाको उज्यालो घामबाट वञ्चित हुनुपरेको हो र चलो –चौकीको अँध्यारो चौधेराभित्र खुम्चिनु परेको हो । डोको, नाम्लोमा नै सीमित रहनुपरेको छ । जुन परिवार जुन राष्ट्र र जुन युगमा नारीहरू अशिक्षित हुन्छन्, त्यो परिवार असभ्य, त्यो राष्ट्र अविकसित एवम् त्यो युग कालो युगका रूपमा चिनिन्छ भने जुन परिवार राष्ट्र र युगमा नारी शिक्षित हुन्छिन् त्यो परिवार सभ्य, त्यो राष्ट्र समुन्नत एव््म त्यो युग स्वर्णयुगका नामले पुकारिन्छ । त्यसैले हरेक समाजमा रहेका नारीलाई उचित शिक्षा दीक्षाको व्यवस्था
गर्नु आवश्यक छ ।
फ्रान्सका सम्राट नेपोलियनले भनेका छन् । “तिमी मलाई असल आमा देऊ म संसारलाई असल राष्ट्र दिन्छु । ” यस भनाइमा असल राष्ट्र हुनका लागि असल वा सुशिक्षित आमाको आवश्यकता औँल्याइएको छ । हुन पनि हो । नारीका बहुविध रूपहरूमध्ये सबैभन्दा माथिल्लो र समादरणीय रूप जनकी रूप हो । नारीको मूल मर्म नै आफ्नो महìवमा अडिएको छ । नारी एक जननी हुन् । जसले दश महिनासम्म शिशुलाई गर्भमा लुकाउँछिन् । त्यसपछि आफ्नो कोखबाट जन्म दिन्छिन् अनि सहस्रधारा दूध दिलाएर बालक हुर्काउनुलाई नै आफ्नो सर्वस्व ठान्छिन् । नवजात शिशुले आमाको प्यारो काखलाई नै पहिलो पाठशाखा बनाउँछ र आमाले बालकलाई उमेर अनुरूप ताते गर्न र तोते बोल्न सिकाउँछिन् । यदि आमा अशिक्षित छिन् भने त्यसको प्रत्यक्ष असर ती बालबालिकामाथि पर्छ र त्यसले बालबालिका स्वास्थ्य, शिक्षा र पारिवारिक वातावरणमा समेत असर पार्न सक्छ । एउटी शिक्षित आमाले सन्तानलाई शिक्षाको समुचित परिवेश तयार पार्नका साथै उसलाई युगीन सभ्यता र संस्कारसँग पनि परिचित गराउँछिन् । प्रत्येक शिक्षित आमाका काँखबाट सुशिक्षित नागरिक जन्मन्छन्, सुयोग्य व्यक्ति पैदा हुन्छन् र त्यसबाट सिंगो राष्ट्र समुन्नतितर्फ अग्रसर हुन्छ । तसर्थ असल आमा भइन् भने असल राष्ट्र बन्न सक्ने हुँदा असल आमा बनाउनका लागि नारीलाई शिक्षा दिनु अत्यन्त आवश्यक छ । यसबाट नारी शिक्षाको सर्वोपरि महìव रहेको प्रष्ट हुन्छ ।
परापूर्वकालमा वैदिक युगमा नारी शिक्षित थिए र त्यो युग स्वर्ण युगका रूपमा चिनिन्थ्यो । त्यतिबेला नारी शिक्षाको प्रचार भएकाले नारी आजीवन शिक्षामा तल्लीन भएर आत्मा र परमात्माको खोजी गर्दथे भने कैयौँ नारी वैवाहिक जीवनमा प्रवेश गर्नुअघि आफूलाई सुशिक्षित तुल्याउथे । साथै अरूलाई शिक्षित हुन प्रेरित गर्थे । त्यसैले होला जुन मुलुकका नारी शिक्षित छन् । ती मुलुक सम्पन्न र समृद्धशील भएका छन् । जहाँ नारीहरू, अशिक्षित भएका छन् र ती मुलुक पछाडि परेका छन् । विशेषगरी हिन्दु समाजमा नारीप्रति अनेक भ्रान्ति फिजाइयो । नारी स्वतन्त्रतालाई कुण्ठित गरियो । प्राचिनकालका विद्वषीहरू गार्गी, मैत्रेयी सीता र सावित्रीजस्ता नारीहरू जन्मिएको पवित्र भूमिका आज तिनै नारीहरूले शिक्षा पाउनको लागि ठूलो सङ्घर्ष गर्नु परेको छ । अनि सङ्घर्ष गर्न नसकेर चुला र चौकामा अनि डोको र नाम्लोमा आफ्नो जीवनलाई बन्दी बनउँदै पाखा र पखेरामा विरहका भाकामा नानाथरिका वेदना पोख्दै हिँड्नु परेको छ ।
आज आधा आकाश ढाक्ने नारी वर्ग अशिक्षित हुँदा राष्ट्रको एउटा अङ्ग नै आशिक्षत हुँदा, सिङ्गो राष्ट्र नै अशिक्षाले अपाङ्ग बनेको छ । पश्चिमी मुलुकमा जे जति उन्नति र विकास भएको छ त्यो सबै नारी र पुरुषप्रतिको समान हेराइ र सोचाइ नै हो ।
नारीलाई अबला र कमजोर ठानिन्छ । नारीलाई केबल बच्चा जन्माउने यन्त्र मात्र ठान्ने अनि कुवाको भ्यागुतोजस्तो बनाएर सधैँ चुलो चौकोमा मात्र सीमित राख्ने प्रवत्ति अझै विद्यमान छ । एउटै घरपरिवारमा पनि दाजुभाइ झोला बोकेर विद्यालय जाने र दिदी बहिनी अँध्यारो मुख लाग्दै डोको र नाम्लोसित जङ्गलतर्फ जानुपर्ने पक्षपात पूर्णव्यवहार एउटै गर्भबाट जन्मिएका आमाबुबाका सन्तानका लागि भए गरेको देखिन्छ । जुन मानवका लागि अशोभनीय कुरा हो । अर्कोको घरमा जान, अर्कोको नासो भन्दै छोरीलाई विद्यालय नपठाएर नारी शिक्षाबाट विमुख बनाउँदा आमा बुबाको मुटु पनि चसक्क हुनुपर्ने हो । समाजमा व्याप्त यो विडम्बना हटाउन नारीलाई आत्मानिर्भर तुल्याउने शिक्षा दिनु आवश्यक छ ।

प्रकाशित मिति: २०७४/९/९

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना