छानविन टोली कालिकोटमा

गोरखापत्र समाचारदाता-
काठमाडौंँ, पुस १० गते । एक जना म्यादी प्रहरीको ज्यान जाने गरी भएको कालिकोट घटनाको सम्वन्धमा छानविन गर्न गृह मन्त्रालयका सहसचिव डा.मानवहादुर विकको संयोजकत्वमा गठित छानविन टोली सोमवार कालिकोट पुगेको छ ।
टोलीले मङगलवारबाट जिल्लास्थित सम्वद्ध अधिकारी तथा पीडितहरूसँंग भेटघाट गरी छानविन गर्ने जनाइएको छ । तलवभत्ताको विषयलाई लिएर आन्दोलनमा उत्रेका म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा एक म्यादी प्रहरीको मृत्यु भएको थियो ।
म्यादी प्रहरीले तलवभत्ताको सम्वन्धमा उठाएको विवादसँंगै हिंसात्मक आन्दोलन तथा आन्दोलनका क्रममा अकालमै ज्यान गुमाउने म्यादी प्रहरी विवेक ऐडी र अन्य घाइतेहरूको विषयमा समेत जानकारी लिने जनाइएको छ ।
टोलीमा छानविन समितिका सदस्य प्रहरी नायव महानिरीक्षक रमेश खरेल, सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रवीण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ समेत रहनुभएको छ ।
गृह मन्त्रालयले मृतक एडीको परिवारलाई क्षतिपूर्ति स्वरुप १० लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुका साथै अन्य घाइतेको निःशुल्क उपचारको व्यवस्था गरिएको जनाएको छ । म्यादी प्रहरीको तलव र भत्ताको सम्वन्धमा समयमै स्पष्ट जानकारी दिन नसक्दा यस्तो दुर्घटना भएको जनाइएको छ ।-देवबहादुर कुँवर

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना