पोखरामा पर्यटकको भीड


रमेश पौडेल

पोखरा, पुस ११ गते । अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमस मनाउन विदेशी पर्यटकको पोखरा भीड लागेको छ । यहाँका होटल भरिभराउ भएकका छन् । अफ सिजनमा पनि पर्यटक भिœयाउन पोखराका रेस्टुरेन्ट व्यवसायीले सडक महोत्सवको तयारी गरिरहेका छन् भने होटल व्यवसायीले पनि छुटसहितका आकर्षक प्याकेज बनाएर पर्यटकको बसाइ लम्ब्याएको होटल सङ्घका अध्यक्ष विकल तुलाचनले बताउनुभयो । उहाँले भन्नुभयो, क्रिसमस र सडक महोत्सवले पोखराको पर्यटन क्षेत्र चलायमान
भएको छ ।
आन्तरिकदेखि विदेशी पर्यटक क्रिसमस मनाउन पोखरामा भेला भएका छन् । क्रिसमस मनाउन आफ्नै देश फर्किने विदेशी पर्यटक पछिल्लो समय नेपालमै बसेर मनाउन थालेका छन् । पोखराको प्राकृतिक सुन्दरतासँगै यहाँको कला र संस्कृतिले आकर्षित गरेपछि पर्यटकको बसाइ लम्ब्याएर क्रिसमससँगै नयाँ वर्ष पछिल्लो समय पर्यटकको रोजाइ हुँदैगएको छ । pokhara tourist
अफ सिजनमा पनि पर्यटक भिœयाउन पछिल्लो समय रेस्टुरेन्ट एन्ड बार एसोसिएसन रेबान पोखराले अङ्ग्रेजी नयाँ वर्षमा सडक महोत्सवको आयोजना गर्दैआएको छ । सडक महोत्सवकै कारण क्रिसमससँगै अङ्ग्रेजी नयाँ वर्ष मनाउन विदेशी पर्यटक, नेपालमा कार्यरत विभिन्न कुटनीतिक निकायका कर्मचारी र आन्तरिक पर्यटकले पोखरा रोज्ने गरेका छन् । नयाँ वर्षका लागि पोखराका ठूला होटलको होटल बुकिङ भइसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्माले बताउनुभयो । नयाँ वर्षका स्वागतका लागि व्यवसायीले होटल तथा रेस्टुरेन्ट झकिझकाउ पार्ने र विभिन्न छुटसहितका प्याकेज बनाएर पर्यटकलाई दिइएको छ । पर्यटकीय क्षेत्रलाई रात्रिकाललाई पनि जीवन्त बनाउन व्यवसायीले पाहुनालाई विभिन्न सेवामा विशेष अफर दिएको व्यवसायी योगेश भट्टराईले बताउनुभयो । स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई लक्ष्यित गरी पर्यटकीय क्षेत्रमा खुलेका गजल, लाइभ ब्यान्ड, क्लब, लाउञ्ज रेस्टुराँ, डिस्कोमा पर्यटकको भीड लागेको छ । पोखरामा छ सयभन्दा बढी होटलमा दैनिक २२ हजार पाहुनालाई सेवा दिने क्षमता छ ।
धुलिखेलका होटल सुनसान
धुलिखेलमा रहेका विभिन्न होटल सोमबार क्रिसमसको दिन सुनसान जस्तै देखिएका छन् । अधिकांश बाह्य पर्यटक क्रिसमस मनाउन स्वदेश फर्केका कारण सुनसान भएको क्षेत्रीय होटल सङ्घ (हान) का अध्यक्ष प्रेमकण्ठ मकाजु, श्रेष्ठले जानकारी दिनुभयो । यहाँ आन्तरिक पर्यटकको चहलपहल भने देखिएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना