पुरातात्त्विक सम्पदा संरक्षण गरौँ (सम्पादकीय)

 



काठमाडौँको मुटुमा रहेको रानीपोखरी पुनःनिर्माणमा पटकपटक विवाद हुँदै आएको छ । २०७२ साल वैशाखमा आएको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनःनिर्माणमा रोलर कम्प्याक्ट्ड कङ्क्रिट (आरसीसी) तथा सिमेन्ट, रड र कङ्क्रिट लगायतका सामग्री प्रयोग गर्न हुने र नहुने भन्नेबीच विवाद हुने गरेकाले पुनःनिर्माणको काममा ढिलाइ हुँदै आएको हो । २०७२ माघ २ गते भव्य समारोहका बीच राष्ट्रपतिद्वारा रानीपोखरी पुनःनिर्माणको काम सुरु भएकोे थियो । २०७३ साल वैशाखदेखि नै काठमाडौँ महानगरपालिकाले पुनःनिर्माणको काम सुरु गरेको थियो तर पोखरीको बीचमा रहेको मन्दिरको पुनःनिर्माणमा आरसीसी पिलर बनाउन थालेपछि स्थानीय र सम्पदा संरक्षणमा चासो राख्ने समूहले विरोध गरेको थियो । यो विरोधपछि पुरातìव विभागले पुरातात्त्विक मापदण्डविपरीत भएको भन्दै मादपदण्ड अनुसार पुनःनिर्माण गर्न निर्देशन दियो तर महानगरपालिकाले आफूसँग त्यस बमोजिमको जनशक्ति नभएको बताएपछि मन्दिरको पुनःनिर्माणको जिम्मा विभागले र पोखरीको पुनःनिर्माणको काम महानगरपालिकाले गर्ने भएको थियो । मन्दिर पुनःनिर्माणको काम त्यतिबेलादेखि नै रोकिएको छ भने अहिले महानगरपालिकाले पोखरीको वरिपरि रड, सिमेन्ट, कङ्क्रिटको प्रयोग गरेपछि पुनः विवाद चुलिएको छ ।
वि.सं. १७२७ मा राजा प्रताप मल्लले रानीपोखरीको निर्माण गराएको तथ्य भेटिन्छ । त्यसैले यसको पुरातात्त्विक महìव पनि छ । ऐतिहासिक र पुरातात्त्विक महìवको यो सम्पदा समयसमयमा अतिक्रमणको चपेटामा पर्दै आएको भए पनि संरक्षणको प्रयास पनि भएका छन् । करिव ५० रोपनी क्षेत्रफलमा फैलिएको रानीपोखरी १०–१५ वर्षअघि पोखरीको डिलसम्मै भवन, पसल र रेस्टुरेन्ट बनेका भए पनि त्यसलाई हटाउन सफलता प्राप्त भएको थियो । अहिले त्यस ठाउँमा शान्ति वाटिका निर्माण गरिएको छ । समयसमयमा यसको जीर्णाेद्धार पनि भयो । काठमाडौँमा सार्क सम्मलेन भएताका महानगरपालिकाले ‘वाटर फाउन्टेन’ राखेको थियो । भूकम्पबाट भएको क्षतिको पुनःनिर्माणका क्रममा महानगरपालिकाले यसलाई आकर्षक ‘म्युजिकल फाउन्टेन पार्क’का रूपमा विकास गर्ने र यो पार्क घुम्न आउनेबाट शुल्क उठाउने योजना बनाएको छ । महानगरपालिका निर्माण प्रविधिमा समसामयिक सुधार गर्दै रानीपोखरीलाई थप आकर्षक र आम्दानीको स्रोत बनाउने पक्षमा उभिएको देखिन्छ भने स्थानीयवासी र इतिहास, पुरातìवमा रुचि लिनेहरू भने पुरातात्त्विक र ऐतिहासिक पक्षको संरक्षणबाट पनि रानीपोखरीको संरक्षण र आकर्षक बनाउन सकिने तर्क गर्दै आएका छन् । पहिले इँटाको पर्खाल लगाइएको यो पोखरीमा अब आधुनिक निर्माण सामग्री प्रयोग गर्दा ऐतिहासिक रानीपोखरीको अस्तिìव समाप्त हुने आशङ्का विज्ञजनको छ ।
काठमाडौँ उपत्यकामा विभिन्न ठाउँमा रणनीतिक रूपमा पोखरी निर्माण भएका छन् । यस्ता केही पोखरी अतिक्रमणमा परिसके भने बाँकी रहेका थोर पोखरीको संरक्षण पनि राम्रोसँग हुनसकेको छैन । अन्यत्र पनि केही पोखरी परम्परागत प्रविधिबाटै पुनःनिर्माण भएका छन् र यसले ऐतिहासिक पक्षको संरक्षण गर्नुका साथै सुन्दरता बढाएका छन् । काठमाडौँ उपत्यकामा धेरै ऐतिहासिक र पुरातात्त्विक महìवका सम्पदा छन् । यिनको संरक्षण गर्नु अहिलेको पुस्ताको दायित्व हो । भूकम्पले क्षति पु¥याएका यी सम्पदाको पुनःनिर्माणका क्रममा यो पक्ष झन् प्रवल रूपमा अगाडि आएको छ । रानीपोखरी मात्र होइन, पुरातात्त्विक, ऐतिहासिक महìवका सबै सम्पदाको पुनःनिर्माणमा विशेष ध्यान दिनैपर्छ । धरहरा, वसन्तपुर दरबार, काष्ठमण्डप, सिंहदरबार लगायत विभिन्न सम्पदाको पुनःनिर्माणमा यी सवाल उठेका छन् । यी सम्पदाको पुनःनिर्माणलाई गति दिनुपर्ने त छँदैछ, पुनःनिर्माणमा ऐतिहासिक र पुरातात्त्विक महìव जोगाइ राख्नुपर्ने खाँचो पनि टड्कारो रूपमा अगाडि आएको छ । भोलिको पुस्ताका लागि सम्पदाको वास्तविक स्वरूप जोगाउन सम्बद्ध निकाय संवेदशील हुनैपर्छ । त्यसैले काठमाडौँ महानगरपालिका, पुरातìव विभाग लगायत सरोकारवाला निकाय, संस्था र व्यक्ति यसप्रति चनाखो रहनैपर्छ । नयाँ निर्माणमा नयाँ प्रविधि प्रयोग गर्न सबै स्वतन्त्र रहे पनि कम्तीमा पनि ऐतिहारिक र पुरातात्त्विक सम्पदाको पुनःनिर्माण र जीर्णाेद्धारमा भने ऐतिहासिक र पुरातात्त्विक पक्षलाई ध्यान दिनु हाम्रो पुस्ताको कर्तव्य हो ।

 

 प्रकाशित मिति: २०७४/९/१२

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना