प्राधिकरण तेस्रो वर्ष प्रवेश: क्षेत्रगत रूपमा ९८ प्रतिशतसम्म प्रगति हासिल

काठमाडौँ, पुस १३ गते । भूकम्पपछिको पुनःनिर्माणका लागि गठन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दोस्रो वर्ष पूरा गरेको छ । पाँच वर्षभित्र पुनःनिर्माणका सम्पूर्ण काम सक्ने लक्ष्यसहित गठन भएको प्राधिकरणले तेस्रो वर्षमा प्रवेश गर्दासम्म क्षेत्रगत रूपमा ४६ देखि ९८ प्रतिशतसम्म प्रगति हासिल भएको दाबी गरिएको छ । 

प्राधिकरणमा कायममुकाय सचिवले पद बहाली गरेको दिनलाई औपचारिक रूपमा काम सुरुआत भएको दिन मानेर वार्षिक दिवस मनाइएको हो । प्राधिकरणका सहसचिव एवं प्रवक्ता यमलाल भुसालले हालसम्म भएका प्रगतिको विवरण र आइपरेका समस्याका बारेमा जानकारी गराउनुभयो ।
प्रवक्ता भुसालका अनुसार भूकम्पपछिको पुनःनिर्माणमा निजी आवास पुनःनिर्माणको कार्य सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको बताउनुभयो । उहाँले ८८ प्रतिशत लाभग्राहीसँग अनुदान सम्झौता भएको र अनुदान सम्झौता भएकामध्ये करिब ९८ प्रतिशतको बैङ्क खातामा पहिलो किस्ता रकम पुगिसकेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
उहाँले जोखिमयुक्त भनी ठहर भएका बस्तीमा बसोबास गर्दै आएका र विभिन्न कारणले आफ्नो नाउँमा जग्गा नभएका करिब १२ प्रतिशतसँग अनुदान सम्झौता गर्न बाँकी भएको पनि स्पष्ट पार्नुभयो । विद्यालय पुनःनिर्माणको क्षेत्रमा राम्रो प्रगति भइरहेको प्राधिकरणले बताएको छ । यो क्षेत्रमा करिब ५० प्रतिशत उपलब्धि हासिल भएको प्राधिकरणले जानकारी दिएको छ । भूकम्पका कारण सात हजार ५५३ सामुदायिक विद्यालय आंशिक वा पूर्ण क्षति भएको थियो । तीमध्ये दुई हजार ७४१ विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने एक हजार चार विद्यालय निर्माणाधीन छन् । NRA.jpg
अन्य एक हजारभन्दा २४८ विद्यालय पुनःनिर्माणका लागि सम्पूर्ण प्रक्रिया पूरा गरी सम्झौता गर्ने अवस्थामा रहेकोे पनि प्रवक्ता भुसालले जानकारी दिनुभयो । विद्यालय पुनःनिर्माणको लागि एसियाली विकास बैङ्क, जापान अन्तर्राष्ट्रिय सहयोय नियोग, अमेरिकी सहयोग नियोग लगायतले सहयोग गर्दै आएका छन् ।
त्यस्तै स्वास्थ क्षेत्रमा ५४४ भवन पुनःनिर्माण गर्नुपर्नेमा हालसम्म ३४७ वटाको निर्माण सम्पन्न भइसकेको छ भने ९३ वटा निर्माण भइरहेका छन् । अन्य ९५ वटा प्रिफ्याबबाट निर्माण भइरहेका छन् ।
प्राधिकरणले सुरक्षा निकायका भवन पनि ४८ प्रतिशत निर्माण सम्पन्न भइसकेको दाबी गरेको छ । सम्पदा क्षेत्रमा भएको क्षतिमध्ये ५२ प्रतिशत सम्पदाको पुनःनिर्माण भइसकेको तथ्याङ्क प्राधिकरणले प्रस्तुत गरेको छ ।
खानेपानीको क्षेत्रमा सबैभन्दा बढी प्रगति भएको तथ्याङ्क प्राधिकरणले प्रस्तुत गरेको छ । तीन हजार २१२ खानेपानीको स्रोत क्षति भएकामध्ये ९०४ वटाको पुनःनिर्माण भइसकेको छ भने ९६५ वटा निर्माणाधीन छन् ।
प्राधिकरणले आर्थिक वर्ष २०७२÷७३, २०७३÷७४ र २०७४÷७५ मङ्सिरसम्म ७१ अर्ब ५२ करोड रुपियाँ खर्च भइसकेको पनि प्राधिकरणका सहायक प्रवक्ता तथा आर्थिक प्रशासन प्रमुख डा. भीष्मकुमार भुसालले बताउनुभयो । उहाँले भारत सरकारले उपलब्ध गराउने भनेको रकम केही दिनभित्र प्राप्त हुने गरी प्रक्रिया अगाडि बढिरहेको पनि बताउनुभयो ।
कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनःनिर्माणको गति अबका दिनमा तीव्र हुने बताउनुभयो । उहाँले पुस मसान्तभित्र तालिम प्राप्त ५० हजार डकर्मी गाउँगाउँसम्म पठाएपछि पुनःनिर्माणले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले पुनःनिर्माणका लागि करिब साढे तीन अर्ब रुपियाँ अपुग हुने देखिएको बताउँदै आगामी आर्थिक वर्षमा एकपटक पुनः दातृ निकायहरू सम्मिलित सम्मेलन गर्नुपर्ने आफ्नो सोच रहेको पनि बताउनुभयो । उहाँले आगामी वर्षायामअघि ६० प्रतिशत निजी आवास पुनःनिर्माण भइसक्ने लक्ष्य दोहो¥याउनुभयो ।
प्राधिकरणका सचिव एवं कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माले जोखिमयुक्त बस्तीमा बसोबास गर्दै आएकालाई सुरक्षित स्थानमा जग्गा खरिदका लागि दुई लाख रुपियाँ उपलब्ध गराउन सुरु गरेपछि हालसम्म ९० जनाभन्दा बढीले यस्तो सुविधा लिइसकेको जानकारी दिुनभयो ।
उहाँले आवास निर्माणका लागि अन्य क्षेत्रका बासिन्दालाई समयसीमा तोकिए पनि जोखिमयुक्त क्षेत्रका बासिन्दाका लागि केही लचिलो नीति अवलम्बन गरिने बताउनुभयो । कार्यक्रममा प्राधिकरणका सचिव मधुसूदन अधिकारीले पुनःनिर्माणलाई सहयोग पु¥याउने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना