‘पार्टी एकीकरणमा समस्या छैन’

लक्की चौधरी

काठमाडौँ, पुस १४ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनमा आबद्ध दुई दलको पार्टी एकीकरणका विषयमा कुनै समस्या नरहेको बताउनुभएको छ । सञ्चारमाध्यममा आएका विषयमा सत्यता नरहेको दाबी समेत उहाँले गर्नुभयो । पार्टीको स्थायी कमिटी बैठकमा बिहीबार अध्यक्ष ओलीले पार्टी एकताका लागि दुई अध्यक्षबीच निरन्तर सम्पर्क भइरहेको र एकताको गृहकार्य तत्काल सुरु गर्ने कुरा भएको जानकारी दिनुभयो ।
स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले अध्यक्ष ओलीलाई उद्धृत गर्दै भन्नुभयो, ‘पार्टी एकतामा कुनै समस्या छैन, एकताको गृहकार्य तुरुन्त गर्ने कुरा भएको छ, बाहिर आएको हल्लामा सत्यता छैन । ’ सरकार गठनका विषयमा समेत दुवै नेताबीच सकारात्मक छलफल भइरहेको अध्यक्ष ओलीले बैठकलाई जानकारी दिनुभएको थियो । uml metting
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन परिणाम आएको लामो समय भइसक्दासमेत नयाँ सरकार गठनको मार्ग प्रशस्त नगरिएको विषयमा छलफल भएको सचिव प्रदीप ज्ञवालीले बताउनुभयो । ‘सरकारको नेतृत्वकर्ता दलले सहयोग गर्न छाडेर संविधानको अपव्याख्या गर्ने, संवैधानिक अङ्गलाई अनुुचित दबाब दिने, दूरगामी प्रभाव पार्ने निर्णय गर्नु दुःखद् विषय हो’, ज्ञवालीले भन्नुभयो ।
बैठकले प्रतिनिधिसभातर्फको समानुपातिक परिणाम अविलम्ब सार्वजनिक गर्न निर्वाचन आयोगसँग माग गरेको छ । सचिव ज्ञवालीका अनुसार बैठकले दुई पार्टीको एकता प्रक्रिया यथासक्य छिटो निष्कर्षमा पु¥याउने निर्णय गरेको जानकारी दिनुभयो । सोहीअनुसार एमालेले प्रदेशसभातर्फको समानुपातिक ७५ जना उम्मेदवारको नामको अन्तिम टुङ्गो लगाएको छ । यसैगरी बैठकले प्रदेशसभा समानुपातिकतर्फ मत परिणामअनुसार पार्टीको भागमा परेको ७५ जनाको नाममा निर्णय गरी सार्वजनिक गरेको छ । बैठकले उम्मेदवारको नाम प्रमाणीकरण गर्ने तथा राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने प्रयोजनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अख्तियारी दिने निर्णय गरेको सचिव ज्ञवालीले जानकारी दिनुभयो ।
प्रदेशसभाका लागि एमालेका ७५ नाम
प्रदेश १ (१५ जना)
विनादेवी राई
सावित्री जोशी
उषाकला राई
कृष्णकुमारी राई
पदमकुमारी गुरुङ
होककुमारी साँवा
आशारत्न जवेगु
यशोदा अधिकारी
अम्बिका थापा
सरिता थापा
सावित्रीकुमारी रेग्मी
सुनिताकुमारी चौधरी
जसमाया विश्वकर्मा
वसन्तीदेवी यादव
गुलेफुन मियाँ

प्रदेश २ (७ जना)
सीता गुरुङ
रवीन्द्र बैठा धोबी
मनोजकुमार सिंह
जकतारैन देवी साह
अनिताकुमारी यादव
मञ्जुकुमारी यादव
हसिमा खातुन

प्रदेश ३ (१६ जना)
बेलिमैया घले
जुनेलीमाया श्रेष्ठ
सरस्वती बाटी
शान्ति थिङ
देवकी श्रेष्ठ (वान्तवा)
इन्द्रमाया गुरुङ
सीता लामा
आशमाया तामाङ
उर्मिला कर्माचार्य
रचना खड्का
मुनु सिग्देल
सरस्वती बस्नेत
गोमा भुर्तेल
मीना ज्ञवाली (नेपाल)
पार्वती सिलवाल
मैना अछामी सार्की

प्रदेश ४ (१० जना)
चन्द्रमोहन गौचन
मित्रकुमारी गुरुङ
सावित्रा राना
मीना गुरुङ
मायानाथ अधिकारी
सिर्जना शर्मा
प्रभा कोइराला
पुष्पा केसी भण्डारी
लक्ष्मी सुनार
जुनादेवी नेपाली

प्रदेश ५ (१० जना)
रमा घर्ती
थानकुमारी थापा
विमला शर्मा पन्थी
सरस्वती गौतम
जालपा भुसाल
भगवतीदेवी भण्डारी
कृष्णी थारू
धमकली चौधरी
कमलादेवी विक
आशा स्वर्णकार
सुनिताकुमारी ठठेर
चिन्तावती कुर्मी
फौजिया नसिम

प्रदेश ६ (६ जना)
मिनासिंह रखाल
बदमी क्वारी बोहोरा
पद्मा खड्का
देवी ओली
कौशिलावती खत्री
राजु नेपाली

प्रदेश ७ (८ जना)
माया भट्ट
मनाकुमारी साउद
पूर्णा जोशी
माया तामाङ बोहरा
सुशीला बुढाथोकी
चुनकुमारी चौधरी
अर्चना गहतराज
दुर्गा विक

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना