आचार्य प्रबन्ध सम्पादक नियुक्त

shreedharकाठमाडौँ, पुस १४ गते । गोरखापत्र दैनिकका कार्यकारी सम्पादक श्रीधर आचार्य प्रबन्ध सम्पादकमा नियुक्त हुनुभएको छ । पुस १३ देखि लागू हुने गरी उहाँलाई गोरखापत्र दैनिकको प्रबन्ध सम्पादकमा नियुक्त गरिएको हो । 

२०३९ सालमा गोरखापत्र संस्थानको सेवामा प्रवेश गर्नुभएका आचार्यले यसअघि गोरखापत्र संस्थानको पदपूर्ति समिति सदस्य तथा सञ्चालक समिति सदस्यको भूमिका निर्वाह गरिसक्नु भएको छ । २०२० सालमा अर्घाखाँचीको साबिक डिभर्ना गाविसमा जन्मनुभएका आचार्य विगत ३५ वर्षदेखि गोरखापत्र संस्थानमा कार्यरत हुनुहुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना