एक वडा एक पार्क नीति

park_1461697808काठमाडौँ,  पुस १४ गते । कागेश्वरी मनहरा नगरपालिकाले ‘एक वडा एक पार्क’ बनाउने नीति अगाडि सारेको छ । नगरसभाले नगरपालिकालाई आधुनिक र व्यवस्थित सहर निर्माण गर्न प्रत्येक वडामा एक÷एकवटा पार्क निर्माण गर्ने निर्णय गरेको हो । 

नौ वटा वडा रहेको यस नगरपालिकामा चालु आर्थिक वर्षमा दुईवटा वडामा र आगामी वर्षमा सातवटा वडामा मनोरञ्जन पार्क निर्माण गर्न लागिएको नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा वडा नं. ५ मा निर्माण गर्न लागिएको पार्कको बिस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार गरिएको छ । सार्वजनिक जग्गालाई उचित संरक्षण गरी नगरपालिकालाई व्यवस्थित सहर निर्माण गर्न क्रमिकरूपमा प्रत्येक वडामा पार्क निर्माण गर्दै जाने नीति नगरपालिकाको छ ।
पार्कभित्र खेल मैदान, हरियाली कायम गर्न वृक्षरोपण, बगैंचा, ठाउँ ठाउँमा पानीको धारा, निःशुल्क वाईफाईको व्यवस्था गरिनेछ । पार्क निर्माणका लागि नगरपालिकाले २५ लाख रुपियाँ विनियोजन गरिसकेको छ ।
नगरपालिकाले पार्क निर्माण गरी पार्कको संरक्षणका लागि स्थानीयलाई हस्तान्तरण गर्ने योजना रहेको प्रमुख थापाले बताउनुभयो । नगरपालिकाकाको सबै वडामा सार्वजनिक जग्गा रहेको र उक्त जग्गालाई सदुपयोग गरी पार्क निर्माण गर्न लागिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र गौतमले प्रतिवर्ष दुईवटा वडामा गरी पाँच वर्षभित्र सबै वडामा पार्क निर्माण गर्ने लक्ष्य नगरपालिकाले लिएको जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना